सिलगढी । सिलगढी मेट्रोपोलिटनको भक्तिनगर थाना पुलिसले चोरीको आशंकामा ३० वटा ग्यास सिलिन्डर रहेको पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ। सो क्रममा वाहन चालकलाई समेत पक्राउ गरिएको छ। पक्राउ परेका आरोपीको पहिचान सिक्किम निवासी सुशील शाह रूपमा भएको छ।प्राप्त जानकारी अनुसार, सोमबार गोप्य सूचनाका आधारमा सिलगढीबाट एक पिकअप भ्यानमा राखेर ग्यास सिलिन्डरहरु सिक्किम तर्फ लैजादै गरेको सूचना भक्तिनगर थानालाई जानकारीमा आयो। त्यसपछि भक्तिनगर थाना पुलिसले चेकपोस्ट इलाकामा अभियान चलाएर सालुगढाबाट आउँदै गरेको पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ। पिकअप भ्यानमा ३०
एजेन्सी । हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलसँगको युद्धविराम सम्झौतालाई विजयको संज्ञा दिएका छन् ।लेबनानमा सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका प्रमुख कासिमले इजरायलसँगको युद्धविरामबारे पहिलो सार्वजनिक वक्तव्य दिँदै यो सम्झौतालाई हिजबुल्लाहका लागि ‘ठूलो विजय’ को संज्ञा दिएका हुन् । उनले लेबनानी जनताको धैर्यताको प्रशंसा पनि गरे ।ममङ्गलबार इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएको थियो, जुन बुधबारबाट लागू भएको हो । यद्यपि, दुवै पक्षबाट युद्धविराम उल्लङ्घनको आरोप लागेको छ । यो सम्झौता संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको थियो । सम्झौताको सर्तमा ६
काठमाडौं— भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन सुरु गरिएको हो ।केही दिनदेखि सहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ । सहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन् । सहरका दुई ठुला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् ।
एजेन्सी— रूसले अमेरिकामा युरेनियम निर्यातमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार सम्झौताअन्तर्गत लागू हुने रूसी सरकारले जनाएको छ । प्राविधिक र निर्यात नियन्त्रणको लागि संघीय सेवाले जारी गरेको इजाजतपत्रअन्तर्गत वितरण गर्न अनुमति दिइने छ ।प्रतिबन्धले युरेनियमको लागि रूसमा निर्भर अमेरिकाको आणविक उर्जा आपूर्तिमा अभाव खडा गर्ने अनुमान् रहेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।अमेरिकी तथ्याङ्क अनुसार यस वर्ष रुसी युरेनियमको कुल खरिद पाँच सय ७४ मिलियन डलर पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा लगभग ३२ प्रतिश
एजेन्सी— भारतको उत्तर प्रदेशस्थित एक मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ।उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा गएराति आगलागी भएको हो। झाँसी जिल्ला मजिस्ट्रेट अविनाश कुमारले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरे।एनआईसीयू भित्रको युनिटमा सट सर्किटका कारण राति पौने ११ बजे आगलागी भएको थियो। बीबीसीका अनुसार समयमै उद्धार भएकाले अन्य धेरै बालबालिकाको सकुशल उद्धार भएको छ। सेनाको टोलीले अस्पतालको वार्डको सिसा फुटाएर ३६ शिशुको उद्धार गरेको बताइएको छ।
काठमाडौं–डच प्रधानमन्त्री डिक स्कफले एम्स्टर्डममा इजरायली फुटबल प्रशंसकहरूमाथि भएको आक्रमणलाई नेदरल्याण्डमा "बढ्दो सेमिटिज्म" को संकेत भएको भन्दै दुःख व्यक्त गरेका छन्। उनले यो घटना निकै लज्जास्पद भएको बताए र नेदरल्याण्डमा बसेका इजरायली नागरिकले सुरक्षित महसुस गर्ने आशा व्यक्त गरे।प्रधानमन्त्री स्कफ युरोपेली संघका नेताहरुको बैठकमा सहभागी हुन हंगेरीको बुडापेस्ट पुगेका थिए। बुडापेस्टमा पत्रकारहरूसँगको कुराकानीमा उनले एम्स्टर्डमको घटना एक भयानक रात भएको बताए। उनले बैठक सकिनुअघि नै एम्स्टर्डम जाने योजना पनि व्यक्त गरे।यस घटनाको क्रममा, एम्स्टर्डमबाट इजरायली नागरिकहरूलाई लिएर तेल अवीभ जाने पहिलो उड
काठमाडौं- जम्मु-कश्मिर विधानसभामा पक्ष र विपक्षी सांसदहरुबीच धक्कामुक्की भएपछि संसद केहीबेर प्रभावित भएको छ । जम्मु-कश्मिरलाई विशेष राज्यको रुपमा पुनर्बहाली गर्नुपर्ने विषयमा विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन मार्शल लगाउनु परेको थियो ।पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)ले नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले खारेज गरेको संविधानको धारा ३७० र अनुच्छेद ५ पुनर्बहालीको माग गर्दै जम्मु-कश्मिर विधानसभामा प्रस्ताव पेस गरेको थियो ।यस प्रस्तावमा पाँच वर्षअघि केन्द्र सरकारबाट खारेज गरिएको जम्मु-कश्मिरको विशेष राज्यको दर्जालाई पुनर्बहाली गर्न संवैधानिक व्यवस्था गर्नुपर्ने माग छ ।सन् २०१९ को ५ अग
काठमाडौं–अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावमा जित हासिल गरेको बताउँदै विभिन्न देशका नेताहरूले उनलाई बधाई दिएका छन्। औपचारिक घोषणा नभए पनि धेरै नेताहरूले ट्रम्पलाई बधाई दिन थालेका छन्।नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई पुनः अमेरिकी राष्ट्रपति बनेकोमा बधाई दिएका छन् र नेपाल-अमेरिका सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले पनि ट्रम्पलाई बधाई दिँदै अमेरिका र युरोपबीच बलियो साझेदारीको अपेक्षा गरेकी छन्।त्यसैगरी, नाटो प्रमुख मार्क रुटले ट्रम्पको पुनरागमनले गठबन्धनलाई बलियो बनाउने बताउँदै बधाई
काठमाडौं–आज अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि मतदान शुरू हुँदैछ, जसमा सारा विश्वको ध्यान छ। प्रतिस्पर्धा निकै निकट हुने अनुमान गरिएको छ, जहाँ पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसबीच प्रतिस्पर्धा हुनेछ। कमला ह्यारिस हालको उपराष्ट्रपति हुन्।ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् भने ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई उम्मेदवारको रूपमा चयन गरेकी छन्।मतदान मंगलबार साँझ करिब ४:४५ बजेदेखि शुरू हुनेछ र बुधबार बिहान ६: १५ बजेसम्म चल्नेछ। यस वर्षको निर्वाचनमा नतिजा केही दिनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ, किनभने प्रतिस्पर्धा कडा छ।
काठमाडौं–भारतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को अध्यक्षता प्राप्त गरेको छ। नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ आइएसए सम्मेलनमा भारतको नेतृत्वमा फ्रान्स सहअध्यक्ष र आशिष खन्ना महानिर्देशक बनेका छन्।सन् २०१५ को पेरिस जलवायु परिवर्तन सम्मेलनमा गठन गरिएको आइएसामा सौर्य ऊर्जा प्रविधिको उपयोग र विकासका लागि छलफल गरिएको छ। नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सम्मेलनमा सौर्य ऊर्जाको सही सदुपयोगका लागि आइएसएको सहयोग आवश्यक रहेको बताएका छन्।खड्काले जलविद्युत र सौर्य ऊर्जाबाट जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र स्वच्छ ऊर्जाको विकासमा सहकार्यको महत्त्व जोड दिएका छन्। सम्म
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.