विचार

    Showing 351-360 of 372 items.
  • भ्रष्टाचार र कमिसनको जालो तोडिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीसँग आज भएको भेटमा उनले भ्रष्टाचारको जालो भताभुङ्ग पार्न आफू निरन्तर लागिपरेको र यसमा नेपाली ‘डायस्पोरा’को पनि साथ चाहिएको बताए।उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने दृढता व्यक्त गरे। “प्रमाण पुग्ने दोषी जोसुकै भए पनि

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 381 पटक पढिएको
  • भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढे

    काठमाडौं -भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । गत सोमबार बिहान ७।८ म्याग्निच्युडको भूकम्प जाँदा टर्की र सिरियामा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ । यो पीडाका बीच लुटपाटका घटनाले थप चिन्ता बढाएको छ ।समाचार एजेन्सी अनादोलुका अनुसार लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको छ । कमिटीको अनुसन्धानपछि आठ अलग(अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको छ । यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए । भूकम्पपछि र

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 325 पटक पढिएको
  • पाँच तले आवासीय भवन भत्किँदा १० को मृत्यु

    एजेन्सी / सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ ।अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको जनाएको छ ।एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ । घटनापछि अधिकारीहरूले नजिकका भवनहरू खाली गर्न लगाइएको बताइएको छ ।भत्किएको भवन गैर कानूनी तरिकाबाट निर्माण भएको अलेप्पोका अधिकारीहरूलाई उद्धृत गर्दै सानाले जानकारी दिएको छ । सिरियामा वर्षौँदेखि जारी युद्धका कारण एलेप्पो सहर ध्वस्त भएको छ । यस

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 284 पटक पढिएको
  • सामाजिक सञ्जालमा नेताको आलोचना गर्ने महिलालाई ४५ वर्ष जेल सजाय

    एजेन्सी / साउदी अरेबियाले सामाजिक सञ्जालमा गरेको पोस्टको विषयलाई लिएर एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ ।जानकारहरूका अनुसार साउदी अरेबियामा यस्तो प्रकृतिको यो दोस्रो मुद्दा हो । साउदी अरेबियाको एक आतंकवाद अदालतले नूरा बिन् सइद अल कहतानीलाई सामाजिक सञ्जालको माध्यमबाट सामाजिक संरचना बिगार्ने प्रयास गरेको र सरकारी आदेशको उल्लंघन गरेको मुद्दामा दोषी ठहर गरेको हो ।स्थानीय सञ्चार माध्यमहरुका अनुसार महिलाले साउदी अरेबियाका नेताको आलोचना गरेकी थिइन् । यद्यपि सामाजिक सञ्जालमा गरिएको पोस्टको विषयमा भने अहिलेसम्म कुनै पनि जानकारी दिइएको छैन ।यसअघि अगस्ट ९ मा अर्की महिलालाई पनि ट्विटरमा उनको गतिविध

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 312 पटक पढिएको
  • १२ हजार टन तौल भएको ९ जना रुसी सैनिक सवार पानीजहाज समुद्रमा डुब्यो

    एजेन्सी  / १२ हजार टन तौल भएको  ९ जना रुसी सैनिक सवार पानीजहाज समुद्रमा डुबेको छ । रुस र युक्रेनको युद्धका क्रममा विस्फोटबाट क्षतिग्रस्त बनेको एउटा रुसी पानीजहाज समुद्रमा डुबेको हो । ब्ल्याक सीमामा क्षतिग्रस्त भएको उक्त जहाज समुद्रको किनारातर्फ तानेर लैजाँदै गर्दा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको बीबीसीमा उल्लेख छ । युक्रेनले ‘मस्क्भा’ नामक लडाकु पानीजहाज माथि आफूले क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।  उक्त जहाज सन् १९८० को दशकमा युक्रेनको दक्षिणी सहर मेकलोएभमा निर्माण गरिएको थियो । रुसले आक्रमणबारे केही नखुलाए पनि रुसी रक्षा मन्त्रालयले भने आगलागी र विस्फोटका कार

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 315 पटक पढिएको
  • रुस–युक्रेन युद्धमा १८ पत्रकार मारिए

    एजेन्सी / युक्रेनमा एक महिनाभन्दा लामो समयदेखि जारी रुसी आक्रमणमा १८ जना पत्रकार मारिएका छन् । गत फेब्रुअरी २४ मा रुसले सुरु गरेको आक्रमणको रिपोर्टिङका क्रममा हालसम्म १८ जना पत्रकार मारिएको युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले जनाएको छ । मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकार मारिएका हुन् । रिपोर्टिङका क्रममा अन्य १३ पत्रकार घाइते भएका छन् । ८ पत्रकार अपहरणमा परेको र ३ पत्रकार बेपत्ता भएको मन्त्रालयको तथ्यांक छ ।विश्वभरका पत्रकारहरूको बारेमा जानकारी राख्ने रिपोर्टर्स विदआउट बोर्डर्सले भने रुस–युक्रेन युद्धमा मारिएका ७ पत्रकारको तथ्यांक राखेको छ

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 367 पटक पढिएको
  • ‘मिसन जर्नालिज्म’ कि ‘मिसन अफ जर्नालिज्म’ ?

    भानुभक्त आचार्य ३० वर्षे पञ्चायतकालीन ‘मिसन पत्रकारिता’ लोकतन्त्र प्राप्तिका लागि एउटा अभियान थियो। तर, ३१ वर्षे बहुदलकालीन मिसन पत्रकारितामा दलगत, गुटगत र व्यक्तिगत प्रोपगन्डा गरेर कस्तो पत्रकारिता गरिएको हो ?‘मिसन पत्रकारिता’ शब्दावली पञ्चायतकालदेखि चल्तीमा छ। अङ्ग्रेजी शब्द ‘मिसन’ र नेपाली ‘पत्रकारिता’ को संयोजनबाट बनेको यस वर्णसङ्कर शब्दले राजनीतिक अभीष्ट सिद्धिका लागि गरिने पत्रकारिता भन्ने अर्थ दिन्छ। वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतको पुस्तक पत्रकारिताका आयाममा ‘मिसन जर्नालिज्म’ को नेपाली रूपान्तर ‘निर्दिष्ट लक्ष्यमुखी पत्रकारिता’ लेखिएको छ।तर, यो शब्दावलीलाई अङ्ग्रेजी शब्दकोशले च

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 432 पटक पढिएको
  • युट्युबर उर्फ ‘पापाराजी’

    गाेपाल काफ्लेपछिल्लो समय नेपालमा व्यक्तिका निजी जीवनमा आधारित विषयहरू सामाजिक सञ्जाल विशेष गरी युट्युबमा प्रवाह गर्ने कार्यले तीव्रता पाएको छ । प्रेम जीवन, बिछोड, आत्महत्या अनि यौनसँग जोडिएका सामग्रीहरू युट्युबमा बग्रेल्ती पोस्ट गरेको पाइन्छ ।‘पत्रकार’को परिचय दिँदै समाजका विभिन्न पक्षसँग पुगेर तिनका निजी जीवनका अनेकन पाटोहरू खोतलेर युट्युबमा भिडियो अपलोड गर्दा सयौँको घरपरिवारमा विखण्डन आइरहेकामा हामी अनभिज्ञ छैनौँ । ‘युट्युबर’हरूले आफ्नो साइटमा टीआरपी बढाउन र डलर कमाउन गरिरहेका यस्ता हर्कतले व्यावसायिक पत्रकारको गरिमामा गम्भीर आँच पुगिरहेको छ । उल्लिखित घटनाहरूले समाजलाई पारिरहेको प्रभाव

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 313 पटक पढिएको
  • महिला हिंसा भएन कम!! स्वतन्त्रता र सुरक्षा हर छोरी-चेलीको भ्रम।

    रविना मैनालीसरकार म पनि खुलेआम हिँड्न चाहन्छु। आफ्नो पंखा फैलाएर त्यो चरी जस्तै स्वतन्त्र यो धर्तीमा उड्न चाहन्छु। मेरो क्षमता र विवेकले मेरो घर, गाउँ अनि यो देशलाई कमेरोले दैलो पोते भन्दा राम्ररी सिँगारेर देखाउने छु। म लुकेर घरको दैलो पछाडि रोएर  होइन   घरको आँगनमा  स्वतन्त्रताका साथ निस्केर नाच्न अनि उड्न चाहन्छु। एक पटक मलाई स्वतन्त्र भएर उड्न सक्ने सुरक्षा त देउ सरकार म तिम्रो म माथि लगाएको गुुण बिर्सिने छैन त्यो गुणमा दाग लाग्न दिने छैन। म माथि गरेको बिश्वासलाई टुट्न दिने छैन। एक पटक मलाई पनि सुनिदे, मलाई पनि सुरक्षा दे सरकार!!महिला सुरक्षा र स्वतन्त्रताको बो

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 666 पटक पढिएको
  • संविधान दिवस : सत्तापक्ष र प्रतिपक्षबाट नै बहिष्कार

    बिर्तामोड / संघीय सरकारको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले नै संविधान दिवसको अवसरमा सरकारले आयोजना गरेको विषेश कार्यक्रम बहिष्कार गरेका छन् । सत्तारुढ दल जसपा र प्रमुख प्रतिपक्षी दल एमाले सहित अर्को मधेशवादी दल लोसपाले सरकारले आयोजना गरेको विषेश कार्यक्रम बहिष्कार गरेका हुन् ।सरकारले काठमाण्डौको टुँडिखेलमा संविधान दिवसको अवसर पारेर विषेश समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति , प्रधानमन्त्री , प्रधानन्यायाधीश , सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहित सहभागि बनेका छन् ।तर समारोहमा सत्तारुढ पाँच दलीय गठबन्धनको जसपा , प्रमुख प्रतिपक्षी एमाले र लोसपाका नेताहरू अनुपस्थित भएका छन् । आफ्नो प

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 524 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.