काठमाडौं— मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमा समेत तेलको मुल्य बढेको छ । 

इजरायली सेना र विद्रोही समूह हमासबीच युद्ध शुरु भएको एक वर्ष पुगेको बेलामा ठूलो आक्रमणको सम्भावना र मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको हो। 

OM Sai Pathibhara Hospital

लन्डनमा तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव एक शून्य डलर पुगेको थियो । यस्तै अमेरिकामा दुई दशमलव ८५ प्रतिशतले बढेर तेलको मूल्य ७६ दशमलव ५१ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था  एएफपीले जनाएको छ। 

मध्यपूर्वमा तीव्र आक्रमण र युद्धका कारण गएको हप्ता तेलको मूल्य  १० प्रतिशतसम्म बढेको थियो । इजरायलले गएको हप्ता इरानले गरेको  क्षेप्यास्त्र आक्रमणको बदला लिने तयारी गरिरहेको छ । यसले गर्दा क्षेत्रीय युद्धको डरसँगै  तेल प्रशोधन केन्द्रहरूमा आक्रमण र विस्फोटका घटना हुनसक्ने धेरैको अनुमान रहेको खबरमा उल्लेख छ।