काठमाडौं— स्वास्थ्य बिमा बोर्डले बिमामार्फतको सेवा दिन सूचीकृत देशभरका ४०० वटा स्वास्थ्य संस्थालाई ४ अर्ब ३८ करोड रुपैयाँ पेश्की उपलव्ध गराएको छ। गत साउनदेखि चैतसम्म माग दावी पेश गरेका ती अस्पताललाई कुल दावी रकमको २५ देखि ८० प्रतिशतसम्म पेश्की उपलब्ध गराएको हो।चालू आर्थिक वर्षको तेस्रो चौमासिकसम्म सेवाप्रदायक स्वास्थ्य संस्थालाई दावी भुक्तानी गर्न नसकेपछि स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बिमाअन्तर्गतका सेवा नै रोक्न थालेपछि बोर्डले हाल आएर पेश्की स्वरूप रकम दिन लागेको बिमा बोर्डले जनाएको हो। बिमाकै १५ अर्ब तिर्न नसक्दा अस्तव्यस्त बन्दै गएको थियो । स्वास्थ्य बिमा बोर्डले पूरै भुक्तानी गर्न
महोत्तरी– महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ । सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या हो ।दश नगरपालिका र पाँच गाउँपालिका भएको उक्त अस्पतालमा दुई महिनादेखि औषधि अभाव भएको गुनासो गर्दै अस्पताल प्रमुख डा. विकास साहले समस्या समाधानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराए । अस्पतालमा दैनिक ३०० जना बिरामी आउने गरेका साहले जानकारी दिए ।मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग पनि औषधिको लागि निरन्तर अनुरोध भएको प्रमुख साहले बताए । आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै
दमौली— प्रदेश अस्पताल दमौलीमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौं पुर्याउनुपर्ने रेफर गर्नुपर्ने बाध्यता रहेको छ । प्रदेश अस्पताल दमौलीका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालका अनुसार स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा साढे दुई महिनाअघिदेखि प्रभावित भएको छ । अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सञ्चालनमा रहे पनि शल्यक्रिया (अप्रेशन) गर्नुपर्ने महिलालाई रेफर गर्नुपर्ने बाध्यता रहेको उनले बताए। गाइनोलोजिष्ट कुमार विष्ट सरुवा भएर भक्तपुरस्थित क्यान्सर अस्पताल जानुभए
सर्लाही— बागमती नगरपालिका वडा नंं ११ घर भएका विनय बि.क. लाई ५०,००० नगद सहयोग गरेका छन् । विगत १ बर्ष देखि क्यानसर सँग लड्दै आए विकलाई नगद उपलब्ध गराएका हुन् ।सर्लाही हरिवन नगरपालिकाकी निकिता लाखे परियारले सहयोग सङकलन गरि ५०,००० रुपैयाँ नगद विनयको परिवारलाइ हस्तानतरण गरेकी हुन । न्युन आर्थिक अवस्था भएकाले क्यान्सर पीडितलाई सो रकम उपलब्ध हस्तान्तर गरेको हुन् ।
काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । पूर्वप्रधानमन्त्री नेपालको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार नेपालको एन्जिओप्लास्टी सर्जरी गरिएको जनाइएको छ ।एन्जिओप्लास्टी सर्जरी नसाबाट तार पठाएर मुटुको ब्लकेड खोलिन्छ ।
काठमाडौं— चर्को गर्मीमा चिसो पानी पिउन कसलाई पो मन नलाग्ला ? आधुनिक समयसंगै हरेक मान्छेका घर–घरमा फ्रिज राखेको चिसो पानीको प्यास मेटाउन नै होला । तर, फ्रिजको पानीभन्दा कयौं गुणा लाभदायक हुन्छ, माटाको भाँडामा राखेको पानी ।फ्रिजको चलनचल्ती व्यापक बन्दा माटाको भाँडा घरमा राख्ने क्रेज समाप्त भएको छैन। माटाको भाँडाले पानीलाई प्राकृतिक रूपमा ठण्डा राख्छ र त्यो स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ।पूर्वीय सभ्यतामा उच्च स्थानमा रहेको आयुर्वेदले पनि माटाको भाँडामा राखिएको पानी पिउन सल्लाह दिएको छ। खासगरी, हालको दक्षिण एसियामा शताब्दीयौंदेखि माटाको भाँडामा राखेको पानी पिउने प्रचलन छ। आयुर्वेदले मात्र होइ
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको दर्ता नविकरण रोक्ने बताएका छन् । सरकारी अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अधिकार नभएकाले सो कार्य रोक्ने बताएका हुन् ।सरकारी अस्पतालले बीमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए । कार्यक्रम बापतको दाबी भुक्तानी बीमा बोर्डले छिट्टै फरफारक गर्ने जानकारी मन्त्री पौडेलले दिए । उनले थपे, 'हिजो मात्र रु चार अर्ब भुक्तानी भइसकेको छ, बाँकी रकम चालू आर्थिक वर्षभित्र पठाउने तयारीमा लागेका छौं ।'सरकारले बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेक
काठमाडौं— नीजि मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई कलेज प्रवेशमा रोक लगाएका छन् । आफुहरू विरुद्धमा आन्दोलन गरेको भन्दै नीजि मेडिकल कलेज सञ्चालकहरूले आवासीय चिकित्सकहरूलाई प्रवेशमै रोक लगाएका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डाक्टर शेषराज घिमिरेले अहिले नीजि मेडिकल कलेजहरूले प्रवेश नै नदिएको बताए ।त्यसरी आवासीय चिकित्सकहरूलाई प्रवेशमा रोक लगाउनेहरूमा काठमाडौं मेडिकल कलेज (केएमसी), नोबेल मेडिकल कलेज, सीएमसी मेडिकल कलेज लगायतले प्रवेशमा रोक लगाएका हुन् । आन्दोलनपछि कलेज गएका उनीहरूलाई पैसा पनि नदिने, पढ्न पनि नआउन भन्दै प्रवेश नदिएको उनको भनाइ छ ।&nb
काठमाण्डौ । अब स्वास्थ्य बिमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।यसअघि मन्त्री पौडेलले स्वास्थ्य बिमामा सहजताका लागि बिमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको थियो । सोही अनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानक
काठमाडौं — चिकित्साशास्त्र स्नातकोत्तर (पीजी) तहमा अध्ययनरत आवासीय चिकित्सकहरू २६ दिनदेखि आन्दोलनमा छन्। सरकारले दुई महिनाअघि निर्णय गरे पनि उनीहरूले अझैसम्म पनि तोकिएको निर्वाह भत्ता पाएका छैनन्।सोमबार चिकित्सा शिक्षा आयोगको १९औं बैठकमा निजी मेडिकल कलेज सञ्चालकहरूले भत्ता दिने प्रतिबद्धता जनाए पनि त्यसको समयसीमा तोकिएन। स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार सरकारले पटक–पटक मिति माग्दा पनि निजी क्षेत्रबाट ठोस जवाफ आएको छैन।आवासीय चिकित्सकहरूले सरकारको निर्णय अनुसार मासिक ४८ हजार ७ सय रुपैयाँ दरले भत्ता खातामा नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। तर, निजी मेडिकल सञ्चालकहरू भने आन्दोलन छ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.