स्वास्थ्य

    Showing 591-600 of 2,504 items.
  • मधेश प्रदेश सरकारद्वारा जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण माग

    जनकपुर— मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे दुई मेडिकल अधिकृत सहित चारजना स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण माग गरेको छ ।मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिका कुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकर

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 794 पटक पढिएको
  • स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन मन्त्री र सचिवहरूबिच कार्यसम्पादन सम्झौता

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मन्त्रालयका सचिवहरूबीच कार्यसम्पादन करारमा हस्ताक्षर भएको छ। बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटा र प्रशासन सचिव डिल्लीराम शर्मासँग एक वर्षे कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नीतिगत सुधारले मात्र पर्याप्त नहुने, त्यसको कार्यान्वयन तल्लो तहसम्म पुगेर नागरिकले अनुभूति गर्न पाउनुपर्नेमा जोड दिए। उनले जनताको सन्तुष्टिलाई केन

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 758 पटक पढिएको
  • थापाथली प्रसूति गृहमा करारमा स्टाफ नर्स आवश्यकता

     काठमाडौं— काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पताल आज सूचना प्रकाशन गर्दै स्वास्थ्य सेवातर्फ पाँचौँ तहमा केही संख्यामा स्टाफ नर्स माग परिएको हो। तर, अस्पतालले संख्या भने खुलाएको छैन।आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ। १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका योग्यता पुगेका इच्छुक उम्मेदवारले अबको १५ दिनभित्र निवेदन दिन सक्नेछन्।

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 578 पटक पढिएको
  • बाजुरामा एमडीजीपी डाक्टरको रुपमा कार्की

    बाजुरा— बाजुरामा एमडिजीपी डाक्टरको रुपमा आशिष कार्की आएका छन् ।किस्ट मेडिकल कलेज ललितपुरमा अध्ययन सकेर निक साइमन संस्थाको सहयोगमा एमडीजिपीको डाक्टरको रुपमा उनी बाजुरा आएका हुन् । ३ वर्षदेखि एमडिजीपी डाक्टर विहिन रहेको अस्पताल बाजुराले ३ वर्षको अन्तराल पछि एमडिजीपी डाक्टरको पद पाएको हो । यस अघि २०७९ पुस १४ मा तेह्रथुमबाट सरुवा भएर एमडिजिपी डाक्टरको रुपमा प्रेरित देवकोटा आएका थिए । बाजुरा आएको तीन महिना नपुग्दै फागुन २५ गते उनको बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको थियो । त्यस यता एमडिजिपी डाक्टर विहिन बनेको अस्पताल बाजुराले डाक्टर कार्कीलाई एमडिजिपीको रुपमा पाएको हो ।भर्ख

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 710 पटक पढिएको
  • रवी लामिछानेलाई भिटामिन ‘डि’को कमी

    काठमाडौं – राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवी लामिछानेलाई भिटामिन ‘डि’ को कमी देखिएको छ । लामिछानेको रगत परीक्षणको रिपोर्ट वारे डा.जितेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार उनको शरीरमा भिटामिन ‘डि’ को कमी देखिएको हो । रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ । केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर जितेन्द्र प्रसाद यादवले सभापतिलाई भेट्न नख्खु कारागार पुगेका छन् ।  

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 643 पटक पढिएको
  • डेंगु संक्रमण तीव्र, संक्रमित ३ हजार नाघे: २ जनाको मृत्यु

    काठमाडौं— पछिल्लो एक सातामा १ सय ३७ जनामा डेंगुको संक्रमण देखिएसँगै नेपालमा डेंगी संक्रमितको संख्या ३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा इडिसिडीको तथ्यांक अनुसार देशभरीका ७४ जिल्लामा फैलिएको डेंगुबाट गत पुसदेखि हालसम्म ३ हजार २५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ८८ जनामा संक्रमण देखिएको इडिसिडीद्वारा जारी तथ्यांकमा उल्लेख छ । त्यस्तै बागमतीमा ६ सय ३६ जना, कोशीमा ५ सय ३२ जना, लुम्बिनीमा ४ सय ७७ जना, सुदूरपश्चिममा ३ सय ५५ जना, कर्णालीमा ८४ जना र मधेश प्रदेशमा ५३ जनामा डेंगुको संक्रमण देखिएको इडिसिडीले जनाएको छ ।&nbs

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 833 पटक पढिएको
  • सुत्केरी अवस्थाका महिलालाई लक्षित घर-घर औषधि अभियान

    बर्दिया— बर्दियाको बारबर्दिया नगरपालिकाले घर घरमा सुत्केरी चेकजाँचको सुविधा दिएको छ । गत आर्थिक बर्ष २०८१/८२ मा सुत्केरी भएका ८७३ जना सुत्केरी आमालाई चेकजाँच र औषधी उपचार सेवा लिएका छन् ।सुत्केरी भइसकेपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट कम्तीमा दुई पटक सुत्केरी आमा र बच्चाको चेकजाँच गरिन्छ । सुत्केरी भएर घर गई सकेपछि सुत्केरी भएको तीन दिनमा र सात देखि १४ दिनमा चेकजाँच गरिन्छ । आमा र बच्चाको स्वास्थ्यमा समस्या देखिएमा सामान्य उपचार घरमै गरिन्छ भने थप उपचारका लागि नगर अस्पतालमा पठाउने गरिएको छ ।सुत्केरी हुँदा घरमा नै सेवा पाउँदा सहज भएको बारबर्दिया नगरपालिका

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 762 पटक पढिएको
  • काठमाडौं महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई ५ सय जरिवाना

    काठमाडौं— काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूमाथि कारबाही सुरु गरेको छ। सार्वजनिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने भन्दै महानगरले धुम्रपान नियन्त्रणमा कडाइ थालेको हो।आइतबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गरिने महानगर प्रहरीले जनाएको छ।नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार जनगुनासो र सार्वजनिक स्थानमा अत्यधिक धुम्रपानको अवस्था बढेपछि कडाइ गर्न यो कदम चालिएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को महानगरको आर्थिक ऐनमार्फत यो प्रावधान लागू गरिएको उनले जानकारी दिए।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 868 पटक पढिएको
  • स्वास्थ्य मन्त्रालयले ल्यायो आईभीएफ सेवा सुधारको कडा मापदण्ड

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन्। मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित् क्षेत्रका सरोकारवाला विज्ञहरूसँगको गहन छलफलपछि यो मापदण्ड तयार पारेको हो। यो मापदण्ड स्वीकृत भएसंगै नेपालमा पहिलोपटक ‘निःसन्तान उपचार (आईभीएफ)’ सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकीट तथा अण्डा दान (डोनर)

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 732 पटक पढिएको
  • मःमःमा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरीलाई दुई लाख जरिवाना

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो ।काठमाडौं महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी मःमःले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताएका छन् । ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 475 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.