काठमाडौं— पछिल्लो एक सातामा १ सय ३७ जनामा डेंगुको संक्रमण देखिएसँगै नेपालमा डेंगी संक्रमितको संख्या ३ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा इडिसिडीको तथ्यांक अनुसार देशभरीका ७४ जिल्लामा फैलिएको डेंगुबाट गत पुसदेखि हालसम्म ३ हजार २५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।
सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ८८ जनामा संक्रमण देखिएको इडिसिडीद्वारा जारी तथ्यांकमा उल्लेख छ । त्यस्तै बागमतीमा ६ सय ३६ जना, कोशीमा ५ सय ३२ जना, लुम्बिनीमा ४ सय ७७ जना, सुदूरपश्चिममा ३ सय ५५ जना, कर्णालीमा ८४ जना र मधेश प्रदेशमा ५३ जनामा डेंगुको संक्रमण देखिएको इडिसिडीले जनाएको छ ।
अझै २ महिना डेंगु संक्रमणको जोखिम रहेकाले सतर्कता अपनाउन चिकित्सक सुझाउँछन् ।