स्वास्थ्य

    Showing 541-550 of 2,504 items.
  • तुलसीपुर उपमहानगरपालिकामा आगजनीपछि त्रिपालमार्फत सेवा सुरु

    काठमाडौं— जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेपछि तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सञ्चालन गरिएको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए ।उनका अनुसार विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टमार्फत क्यान्सर, मिर्गौला लगायतका गम्भीर रोगका बिरामीलाई उपचार सिफारिस गर्ने र तत्काल गर्नुपर्ने सेवा सुरु गरिएको हो ।आगजनी र तोडफोडले क्षतिग्रस्त भएका दुईवटै पालिका भवन सफाइ गरिएको भए पनि प्राविधिक परीक्षण पूरा नभएकाले तत्काल प्रयोगमा ल्याउन नसकिने जनाइएको छ । नगरप्रमुख खड्काले प्राविधिक मूल्याङ्कन सकारात्मक आ

    • प्रकाशित मितिः असोज १, २०८२
    • 676 पटक पढिएको
  • नारायणी अस्पतालमा विद्युत् बोर्डमा सर्टसर्किट हुँदा आगलागी

    वीरगन्ज— वीरगन्जस्थित नारायणी अस्पतालमा आज बिहान आगलागी भएको छ । अस्पतालको बाल सघन कक्ष (एनआईसियु) सँग जोडिएको सामान भण्डारण कक्ष (स्टोर रुम) मा बिहान ४ बजे आगलागी सुरु भएको हो ।स्टोरमा रहेको विद्युत् बोर्डमा सर्टसर्किट हुँदा आगलागी भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् । उनका अनुसार बिहान ४ बजे सुरु भएको आगलागीलाई अस्पतालका कर्मचारी, सुरक्षाकर्मी तथा वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको हो ।आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको डा. सिंहले जानकारी दिए । यद्यपि स्टोरमा राखिएका केही अस्पतालका उपकरणमा क्ष

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 781 पटक पढिएको
  • वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या बढ्दै

    वीरगन्ज— वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या पुनः बढ्दै गएको छ ।तीन दिनयता परेको अविरल वर्षापछि झाडा–पखालाबाट संक्रमित भई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना हुने विरामीको संख्या तीन गुणाले वृद्धि भएको हो ।गत भदौ २४ र २५ गतेसम्म प्रतिदिन औसतमा ४–५ जना नयाँ झाडा–पखालाका विरामी अस्पतालमा भर्ना भइरहेका थिए । तर पछिल्ला तीन दिनयता उक्त संख्या बढेर १५ देखि १८ जनासम्म पुगेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् । उनका अनुसार झाडा–पखालाबाट बच्न अपनाउनु पर्ने सावधानी नागरिकले पालना नगरेको कारण पछिल्लो समय विरामीको संख्या बढ्दै गएको हो ।अविरल वर्षाका क

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 709 पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

    चितवन— जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा पाँच जनाको मृत्यु भएको छ। सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो। जनस्वास्थ्य कार्यालय चितवनका आनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो।कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन्। जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए। उनीहरुको साउनयता मृत्यु भएको हो। गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना सङ्क्रमितमध्

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 774 पटक पढिएको
  • जुम्लामा एउटै कुकुरले १४ लाई टोक्यो, भ्याक्सिनको अभाव

    मुग— जुम्लाको तातोपानी गाउँपालिका वडा नं. २,४ र ६ का १४ जना स्थानीयलाई आइतबार एकै कुकुरले क्रमश आक्रमण गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।कुकुरको आक्रमणबाट घाइते भएका १४ जना मध्य वडा नंं. २ का ५ जना (नरेन्द्र केसी,सर्केनी बुढा, धने रोकाया, मयालु रोकाया, गोरे सार्की) घाईते भएका छन् ।त्यस्तै वडा नं. ४ का ७ जना (सभ्यता हमाल, बिजकन्या न्यौपाने, लटे कामी, मन्नु न्यौपाने, संगिता समिक्षा विक र सुर्दशन विक) घाइते छन् भने वडा नं. ५ की मेनका नेपाली र वडा नंं ६ की सरिता कामी गरी चार वडाका १४ जना घाइते भएको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईले बताए ।र

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 739 पटक पढिएको
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले पत्रकारलाई उपचार निःशुल्क सेवा दिने

    रामेछाप— आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाका पत्रकारहरूलाई निःशुल्क उपचार सेवा दिने भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पत्रकारलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने निर्णय गरेको हो । चिकित्सालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा बसेको बैठकले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले दिने सशुल्क औषधि बाहेक पत्रकारलाई अन्य सबै उपचार निःशुल्क गर्ने निर्णय गरेको चिकित्सालयको निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले वाग्मती प्रदेशका पत्रकारहरूलाई

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 705 पटक पढिएको
  • बाजुराको दुर्गम गाउँपालिकामा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा सुरु

    बाजुरा— बाजुराको दुर्गम हिमाली गाउँपालिकाका गर्भवती महिलाहरुले भिडियो एक्सरे सेवा गाउँमै पाउँदा खुसी भएका छन् ।गाउँपालिकाले गर्भवती महिलाहरुको सहजताका लागी सुरू गरेको भिडियो एक्सरे सेवाले यहाँका महिलाहरुलाई निकै सहजता प्रदान गरेको हो । गाउँपालिकाको वडा नम्बर ६ को पाँडी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गर्भवती महिलालाई भिडियो एक्सरे र इमपालान्ट राख्ने सेवा सुबिधा गाउँमा पाउँदा त्यहाँका महिला खुसी भएका छन ।सेवा सुरू भए पश्चात अहिले स्वास्थ्य सेवा केन्द्रमा गर्भवती महिलाहरु नियमित चेकजाँचको लागी आउँने गरेको धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र इन्चार्ज सबिना मल्लले बताएकी छन् ।अहिले ‎गर्भवती मह

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 531 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका घाइते भेटिन्

    काठमाडौं—  प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ। उनले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए।प्रमुख डा.रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको बताए।त्यसैगरी म

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 538 पटक पढिएको
  • जेनजी आन्दोलन प्रकरणः मृत्यु हुनेको संख्या ३० पुग्यो भने १ हजारभन्दा बढी घाइते

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । देशका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको हो । हालसम्मको पछिल्लो अपडेट अनुसार ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट हस्पिटल र फ्रन्टलाइन हस्पिटलमा ३–३ जना, केएमसी आस्पताल २ जना र टिचिङ अस्पतालमा एकको उपचारको क्रममा मृत्यु भएको छ । मन्त्रालयका अनुसार उपत्यकाका बाहिर बाँकेको भेरी अस्पतालमा ५ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना गरी ७ जनाको मृत्यु भएको छ । बाँकेमा मृत्यु भएका ५ जना भने नौबस्तामा रहेको क्षेत्री

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 796 पटक पढिएको
  • जेनजीहरुको आन्दोलनमा ट्रमाका डाक्टहरुको समर्थन

    काठमाडौं— राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरहरुले जेनजीहरुको आन्दोलनमा ऐक्यबद्धता एवम समर्थन जनाएका छन् ।मंगलबार भ्रष्टाचारविरुद्ध आन्दोलन गरिरहेको जेनजीहरुलाई साथ दिनको लागि डाक्टरहरुले पनि ऐक्यबद्धता जनाएका हुन् ।सोही क्रममा डाक्टरहरुले नेपाली जनतालाई बचाउनको लागि पाएको बन्दुक नेपालीमाथि नै तेर्साएको भन्दै यस्तो प्रशासन र प्रहरी नचाहिने दाबी गरेका छन् । उनीहरुले भने, ‘नेपाली जनतालाई बचाउनको लागि पाएको बन्दुक नेपालीमाथि नै तेर्साउनु भयो र टाउमा ताकि ताकि हान्नुभयो । तपाईहरु जस्तो प्रशासन र प्रहरी हामीलाई चाहिदैँन् ।’जेनजी आन्दोलनमा सरकारले निर्दोष जनतामाथि दमन गरेको भन्दै उनीहरु पनि आन्दोलन

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 800 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.