स्वास्थ्य

    Showing 501-510 of 2,504 items.
  • ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

    काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ ।अस्पताललाई विश्व स्ट्रोक संगठन(डब्लुएसओ)ले ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ को रुपमा मान्यता प्रदान गरेको हो । नेपालमा यस्तो मान्यता प्राप्त गर्ने ग्राण्डी पहिलो अस्पताल बनेको हो ।डब्लुएसओले अस्पतालको गुणस्तर, पूर्वाधार, चिकित्सकीय सेवा, उपचार प्रक्रिया, र नतिजाको कडा मूल्याङ्कनपछि गत अक्टोबर १७ मा यो मान्यता प्रदान गरेको हो ।ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा न्यूरोलोजिस्ट तथा स्ट्रोक कार्यक्रम निर्देशक डा.राजु पौडेलले भने, ‘यो मान्यता हामीले नेपाली

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 311 पटक पढिएको
  • न्यूनतम् पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिए नर्स

    विराटनगर— न्यूनतम् पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै विराटनगरका दुई वटा अस्पतालका नर्स आन्दोलनमा उत्रिएका छन् । नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल र विराट शिक्षण अस्पतालका नर्सहरू आन्दोलित भएका हुन् ।विराट शिक्षण अस्पतालका नर्सहरू शनिबारदेखि आन्दोलनमा उत्रिएका थिए भने नोबेलका नर्सहरू आइतबारदेखि आन्दोलित भएका हुन् ।न्यूनतम् सेवा सुविधाको माग गर्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन् । श्रमशोषणविरुद्ध नर्सहरूले अस्पतालको प्रशासन घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।अस्पतालका सबै विभागमा कार्यरत नर्ससहितका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । 

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 564 पटक पढिएको
  • पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु

    काठमाडौं । पाकिस्तानी हवाई आक्रमणमाबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ ।खेलाडीको मृत्यु भएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानसहितको आगामी त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलामा आफ्नो देशले सहभागिता नजनाउने घोषणा गरेको छ ।शनिबार ‘एक्स’ मा विज्ञप्ति जारी गर्दै एसीबीले भनेको छ, ‘पक्तिका प्रान्तको उरगुन जिल्लाका साहसी क्रिकेट खेलाडीहरूलाई पाकिस्तानी शासनले कायरतापूर्ण आक्रमण गरी निशाना बनाएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड गहिरो शोक र दुःख व्यक्त गर्दछ ।’एसीबीका अनुसार उरगुन जिल्लामा भएको उक्त हवाई आक्रमणमा खेलाडी कबीर, सिबगातुल्

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 377 पटक पढिएको
  • स्काउटको जग्गामा अस्पताल निर्माण गर्ने काठमाडौं महानगरको योजना

    काठमाडौं— काठमाडौं महानगरपालिकाले नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर नयाँ 'महानगर अस्पताल' निर्माण गर्ने योजना अघि बढाएको छ। शुक्रबार बसेको बोर्ड बैठकमा यस विषयमा प्रस्ताव पेस गरिएको हो।बैठकमा नेपाल स्काउटले उक्त जग्गा भाडामा दिन सैद्धान्तिक सहमति जनाइसकेको जानकारी दिइएको छ। तर बैठकमा भाग लिएका केही सदस्यहरूले भने महानगरपालिका अहिले आफैँ भाडामा बसिरहेको अवस्थामा अर्को भाडाको जग्गामा लगानी गर्नु उपयुक्त नहुने तर्क गर्दै आपत्ति जनाएका थिए। साथै, स्काउटको जग्गालाई खुला क्षेत्रको रूपमा जोगाइराख्नु पर्ने सुझाव पनि बैठकमा उठेको थियो।नेपाल स्काउटको केन्द्रीय कार्यालयसँग रहेको यो जग्गा

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 615 पटक पढिएको
  • दोलखामा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु

    रामेछाप । दोलखाको वैतेश्वर गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार घर नजिकैको जङ्गलमा गएका ५९ वर्षीय टेकबहादुर तामाङलाई भालुले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।प्रहरीका अनुसार तामाङ घरबाट करिब २ सय मिटरको दूरीमा रहेको जङ्गलतर्फ गएका बेला जङ्गली भालुले आकस्मिक आक्रमण गरेको थियो । आक्रमणबाट उनको अनुहार र टाउकोमा गहिरो चोट लागेको र सोही चोटका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 312 पटक पढिएको
  • वायु सेवा निगमका चिकित्सकहरुलाई निरुत्साहित नगर्न आग्रह

    काठमाडौं— न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका चिकित्सकहरुलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ ।राष्ट्रिय ध्वजाबाहकप्रति सेवा भाव राखी सहयोग गरिरहनु भएका चिकित्सकहरुको बारेमा पेशागत मनोबल गिर्ने गरि गलत प्रचार नगरिदिनुहुन पनि निगमले आग्रह गरेको छ ।निगममामा आंशिक समय पालै पालो सेवा दिनेगरी ९ जना चिकित्सकहरु रहेको निगमका प्रवक्तद्धय सुवास डाँगी र मनोज कुमार साहद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।निगमले डा.अस्मिता अर्याललाई कसैको दवाब र प्रभावमा नभई कानुन बमोजिम नै सेवाका लागि नियुक्त गरिएको स्पष्ट पारेको छ ।उनलाई गलत तरिकाले नियुक्त गरिएको

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 780 पटक पढिएको
  • काठमाडौं महानगरद्वारा साना होटेल रेष्टुरेण्ट व्यवसायमा अनुगमन, सुधारका लागि निर्देशन

    काठमाडौं— काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले नयाँ वानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुरेण्ट व्यवसायमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश व्यवसाय मापदण्ड विपरीत सञ्चालनमा रहेका थिए । अनुगमन व्यवसायीलाई तर्साउने उद्देश्यले नभई, स्वच्छ र जिम्मेवार व्यवसाय सञ्चालनका लागि हौसला दिने उद्देश्यले गरिएको बताइएको छ । अटेर गरेमा भने कानुनबमोजिम कारवाही गर्ने महानगरले चेतावनी दिएको छ । विशेषगरी भान्छाको सरसफाइमा पूर्ण बेवास्ता गरिएको पाइएको छ ।काठमाडौं महानगरपालिका कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेका अनुसार संक्र

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 787 पटक पढिएको
  • रामेछापमा मानसिक समस्याबाट पीडित युवकको उद्धार, उपचारका लागि काठमाडौं पठाइयो

    रामेछाप । मानसिक समस्याका कारण एक महिनादेखि कोठामा थुनिएका रामेछापको खाँडादेवी गाउँपालिका–२, चुल्ठेपानीका २३ वर्षीय दिनेश बुढाथोकीको मङ्गलबार उद्धार गरिएको छ ।मानव सेवा आश्रम, काठमाडौंबाट आएको टोलीले स्थानीय पालिका र वडा कार्यालयको सहयोगमा बुढाथोकीलाई उद्धार गरी उपचारका लागि काठमाडौँ लगेको हो । बुढाथोकीको मानसिक समस्या नियन्त्रण भन्दा बाहिर पुगेपछि परिवारले सुरक्षाका दृष्टिले उनलाई फलामको बार लगाइएको कोठामा थुनेर राख्न बाध्य भएको थियो ।खाँडादेवी गाउँपालिका–२ का वडा अध्यक्ष केशवकुमार प्रधानका अनुसार दिनेश विगत एक महिनादेखि त्यही कोठामा बन्द अवस्थामा थिए । ‘उनी मानसिक समस्याबाट पीडित थिए र परिवा

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 444 पटक पढिएको
  • मन्थलीमा हरेक सोमबार निःशुल्क पूर्ण शरीर स्वास्थ्य परीक्षण सेवा सञ्चालन

    रामेछाप । रामेछापको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा हरेक सोमबार निःशुल्क होलबडी चेकअप (पूर्ण शरीर स्वास्थ्य परीक्षण) कार्यक्रम सञ्चालन हुने गरेको छ । वाग्मती प्रदेश सरकारको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्तर्गत सञ्चालित यो सेवा प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा परेको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए ।उनका अनुसार सोमबारको निःशुल्क स्वास्थ्य परीक्षणमा ल्याब सेवा, चिकित्सक परामर्श र आवश्यक औषधि वितरणसम्मका सबै सेवा निःशुल्क पाउने व्यवस्था गरिएको छ । ‘प्रत्येक सोमबार बिहान स्वास्थ्यकर्मीहरूको टोलीले सम्पूर्ण शरीरको जाँच गर्छ

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 267 पटक पढिएको
  • लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका

    काठमाडौं । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ् विषय अध्ययन गरेका ३ जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ ।त्यस कक्षबाट महानगरपालिकाको फ्री हेल्थ डट काठमाडौं डट जीओभी डट एनपी अनलाइ

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 447 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.