स्वास्थ्य

    Showing 491-500 of 2,504 items.
  • बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमाः भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव

    बाजुरा— भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभावमा बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने क्रम जिवित छ । आवश्यक स्वास्थ्य संस्था, भौगोलिक विकटता, प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा यहाँका आमाहरु बाटोमै बच्चा जन्माउन बाध्य छन् ।हरेक बर्ष बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेको समाचार आउँने गरेका छन् । घरपरिवारको स्वास्थ्य हेरचाह, असुरक्षित खानपान, भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव नै यहाँका आमाहरुको प्रमुख बाधक समस्या हो । बाजुरामा ४ वर्षको तथ्यांक मात्रै केलाउँदा दर्जनौ बढि आमाहरुको मुत्यु भएको छ भने कयौं आमाहरुले बाटोमै बच्चालाई जन्म दिएकी छन

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 616 पटक पढिएको
  • ५६ हजार ६७३ महानगरबासी स्वास्थ्य बिमामा आवद्ध, ९० करोड ५१ बजेट विनियोजन

    काठमाडौं—  हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौं महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । यसमा १३ हजार ५ सय ७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति रहेका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै यस सम्बन्धी जानकारी दिएको हो । यस वर्ष १ लाख ९४ हजार १ सय ९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । त्यसमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले गरेको वार्षिक समीक्षा अनुसार यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिए भने

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 607 पटक पढिएको
  • निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

    ढोरपाट। रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् । रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष ध्रुव सुवेदीका अनुसारशिविरमा पाठेघर खसेका, पाठेघरको मुख तथा स्तनसम्बन्धी समस्या भएका बिरामीको परीक्षण तथा उपचार गरिएको छ । शिविरान ३८४ जनाको पाठेघर परीक्षण तथा १४ जनाको पाठेघरको शल्यक्रिया गरिएको छ । स्वास्थ्य परीक्षणका निम्ति शिविरमा ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला, तमानखोला गाउँपालिकासहित छिमेकी जिल्ला गुल्मी र रुकुमबाट पनि बिरामी आएका थिए ।

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 445 पटक पढिएको
  • भाषण गर्दा ढलेका जिफन्टका उपाध्यक्ष गौतमको निधन

    बुटवल— नेकपा एमाले निकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ। विहिबार  केन्द्रीय कमिटी  सदस्य समेत रहेका गौतम भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए ।६५ वर्षीय गौतमलाई  तत्काल मणिग्रामस्थित क्रिमसन अस्पतालमा पुर्‍याइएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 668 पटक पढिएको
  • नर्सिङ पेशामा असन्तुष्टि, मोरङदेखि देशभर आन्दोलनको लहर

    विराटनगर— मोरङका विभिन्न अस्पतालमा कार्यरत नर्सहरू पारिश्रमिक र सेवा–सुविधासम्बन्धी माग राख्दै आन्दोलनमा उत्रिएका छन्।नेपाल नर्सिंग संघ मोरङले बुधबार विराटनगरस्थित कोशी अस्पतालमा पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको हो। संघकी अध्यक्ष लोजिता योञ्जनका अनुसार सरकारले तोकेको पारिश्रमिक नपाएको र सेवा–सुविधामा असमानता रहँदा आफूहरू आन्दोलनमा जान बाध्य भएका हुन्।योञ्जनले नर्सहरूको पेशागत अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिइन्।मोरङमा मात्र होइन, देशभरका विभिन्न अस्पतालमा कार्यरत नर्सहरू पनि समान माग राख्दै आन्दोलनरत रहेका छन्। केही अस्पतालले सरकारले तोकेको सुवि

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 618 पटक पढिएको
  • रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधनसँगै पार्टीभित्र आम एकता कायम गर्न महाधिवेशन आवश्यक छः नेता पौडेल

    काठमाडौं— नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधनसँगै पार्टीभित्र आम एकता कायम गर्न नियमित महाधिवेशन आवश्यक रहेको बताएका छन् । मंगलबार साँझ सामाजिक सन्जालमार्फत एक भिडियो वक्तव्य जारी गर्दै उनले जारी केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा सम्बोधन हुने गरेर नियमित महाधिवेशन गर्न विस्तृत प्रस्ताव प्रस्तुत गरेको बताए ।‘अहिले उठेका कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका तमाम मुद्दा सम्बोधनसँगै आम कार्यकर्ताहरुको मनोबल उच्च पारेर आम निर्वाचनमा पार्टीलाई अझ प्रभावकारी नतिजा दिन नियमित महाधिवेशन आवश्य

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 622 पटक पढिएको
  • किष्ट अस्पताल प्रकरणः स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार

    काठमाडौं— सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको  छ ।  सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको हो ।मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए । त्योसँगै अहिले अस्पतालमा तनाव भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सुत्केरीको मृत्यु कात्तिक ७ गते नै भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 647 पटक पढिएको
  • स्वास्थ्य मन्त्री शर्माले लिइन् जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

    काठमाडौं— नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को अवलोकन गरेकी छन् । उनले अवलोकनका क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।मन्त्री शर्मा गौतमले अस्पताल पुगेर तीन जना घाइते भेटेकी थिइन् । उनले भनिन्, ‘म टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न आएकी हुँ। जेनजी आन्दोलनमा घाइते भएका तीन जना यहाँ हुनुहुँदो रहेछ । उहाँहरूको उपचारमा कुनै कमी छैन, राम्रोसँग उपचार भइरहेको छ ।’उनका अनुसार तीन जना मध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको र प्लास्टि

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 592 पटक पढिएको
  • बाजुराको कोल्टी आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    बाजुरा— बाजुराको पुर्वि उत्तरी क्षेत्रको बुढिनन्दा नगरपालिका १ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पतालमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दुर्गमका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न लागिएको बुढिनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले बताए । उनका अनुसार,एक एक पाइला, गेटा आँखा अस्पताल र बुढीनन्दा नगरपालिका बीचको समन्वयमा शिविर सञ्चालन गर्न लागिएको हो ।शिविर सञ्चालनले दुर्गमका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास लगिएको शाहीले बताएका छन् । साथै माथिल्लो क्षेत्रका ४ वटा स्थानीय तहका नागरिक संगै छिमेकी जिल्ला हुम्ला,मुगु, कालिक

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 595 पटक पढिएको
  • अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझाव

    विराटनगर, ८ कात्तिक : विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकैको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिनुभयो । दुई दिनमै निको भयो । तर केही हप्ता नबित्दै जब त्यही लक्षण फेरि देखियो, फेरि त्यही औषधि फार्मेसीबाट ल्याएर खुवाउनुभयो, तर पनि असर गरेन । ज्वरो नघटेपछि बल्ल कोशी अस्पतालको बालरोग विभागमा जचाउन लानुभयो, चिकित्सकले नयाँ र अझ शक्तिशाली एन्टिबायोटिक लेखिदिए । तब मात्र छोराको ज्वरो निको हुँदै गयो । अस्पतालको बालरोग विभागको ओपिडीमा भेटिएकी सरिताले भन्नुभयो, “पहिलो पटक काम गरेको औषधि यसपालि काम नगरेपछि थाहा पाए, हामी कति गलत ढङ्गले औषधि खाइरहेका रहेछौ

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • 474 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.