स्वास्थ्य

    Showing 491-500 of 2,048 items.
  • बर्खायाम लागेसँगै डेंगु फैलिदै, हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा संक्रमण

    काठमाडौं- बर्खायाम लागेसँगै देशभर डेंगु रोगको संक्रमण पनि तीव्र रुपमा बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरका ७५ वटा जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकणर्प्रसाद दाहालले बताए । ७५ जिल्लामा पाँच हजार एक सय १९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । जसमध्ये तीन जना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । काठमाडौँ जिल्लामा चार सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा  डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानीका संकलन गरेर राख्ने

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 257 पटक पढिएको
  • ११ दिनपछि सरकारी अस्पतालको हड्ताल फिर्ता

    काठमाडौं— सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय डाक्टरहरूले सरकारी अस्पतालमा गरेका हड्ताल ११ दिनपछि बिहीबार फिर्ता लिएका छन् ।यही अगस्ट ९ मा भारतको पूर्वी शहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया डाक्टरको शव फेला परेपछि विभिन्न ठाउँका सरकारी अस्पतालका चिकित्सक सङ्घहरूले अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरेका थिए । कोलकातामा भने अझै विरोध प्रदर्शन भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।महिला डाक्टरको बलात्कार पछि हत्या भएको घटनालाई लिएर देशव्यापी आक्रोश बढेको हो । यो घटनामा दोषीलाई कडा कारबाहीसँगै कार्यस्थलमा सुरक्षित रुपमा काम गर्ने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग गर्दै स्वास

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 559 पटक पढिएको
  • मंकीपक्स जोखिम न्यूनीकरण गर्न सरकारले थाल्यो तयारी

    काठमाडौं-विश्वव्यापी महामारीका रुपमा फैलिदै गएको मंकीपक्सको जोखिम न्यूनीकरण गर्न सरकारले तयारी थालेको छ । अफ्रिकाको कंगोमा मंकीपक्स भाइरसका अधिक घातक संस्करण क्लेड १ बीका बिरामीहरू बढेपछि नेपालमा पनि यसको जोखिम हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले जोखिम न्यूनीकरणको तयारी थालेको हो ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मंकीपक्सको विषयमा विज्ञसँग सुझाव लिइसकेको र जानकारीका लागि कल सेन्टर १११५ सञ्चालनमा रहेको जानकारी दिए । साथै, हवाई तथा स्थल नाकाहरुमा रहेका हेल्थ डेस्क र सरुवा रोगहरुको निगरानी (सर्बिलेन्स) गर्ने तीनै तहका निकायहरुलाई सतर्क गराएको उनको भनाइ छ ।अफ्रिकाको कं

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 446 पटक पढिएको
  • हवाइ उद्धारले ज्यान जोगिएपछि सुत्केरी खुसी

    संखुवासभा— राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्दारबाट धेरै महिलाको ज्यान जोगिएको छ । एक वर्षको अवधिमा संखुवासभा जिल्लाका १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दार गरिएको छ ।आर्थिक बर्ष २०८०–०८१ मा १४ जना गर्भवती तथा सुत्केरीको हवाई उद्दार गरिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाकी पब्लिक हेल्थ नर्स अधिकृत भवानी तिम्सिनाले बताइन् ।एक बर्षको अवधिमा ज्यान जोखिममा परेका १४ जना गर्भवती,प्रसुती,सुत्केरी तथा नवजात शिशुहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्दार गरिएको पब्लिक हेल्थ नर्स अधिकृत

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 414 पटक पढिएको
  • झाडापखालाले लियो चार वर्षे बालकको ज्यान

    खोटाङ— झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खाका चार वर्षीय दीपशनको मृत्यु भएको छ ।तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आज साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो ।अस्पताल प्रमुख डा रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताए ।बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो ।भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिए ।बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 480 पटक पढिएको
  • कोरियामा फेरि बढ्यो कोरोना कहर, एक हप्तामा दोब्बर भए संक्रमित

    काठमाडौं— दक्षिण कोरियाको रोग नियन्त्रण विभागले आइतबार गर्मीको मौसममा फोहोर पानीमा कोभिड–१९ विषाणुको स्तर एक हप्तामा लगभग दोब्बर वृद्धि भएसँगै भाइरस संक्रमितको सङ्ख्या बढेको बताएको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभाग (केडिसिए) द्वारा अगस्टको दोस्रो हप्तामा सञ्चालित कोरिया फोहोर पानी निगरानी कार्यक्रमका अनुसार स्थानीय ढल प्रशोधन प्लान्टमा कोभिड भाइरसको औसत एकाग्रता प्रति मिलिलिटर पानीमा ४७ हजार ६४० पुगेको योन्हप समाचार समितिले जनाएको छ । यो सङ्ख्या अघिल्लो हप्ता रेकर्ड गरिएको २४ हजार ६०२ प्रति मिलिलिटरबाट लगभग दोब्बर वृद्धि हो । समुदायभित्र कोभिड–१९ संक्रमणको सङ्ख्या मूल्याङ्कन

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 452 पटक पढिएको
  • अमेरिकामा नेपाली नर्स दुई हप्तादेखि वेपत्ता

    काठमाडौं-  दुई हप्तादेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली मुलकी नर्स ममता काफ्ले अझै सम्पर्कविहीन छन्। मनसास पार्क प्रहरी विभागले खोजी कार्य तीव्र पारिएपनि अझै सम्पर्कमा नआएको  जनाएको छ। भर्जनियाको मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीका लागि सर्वसाधारणसँग  समेत सहयोगका लागि अपिल गरेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी पुलिस एजेन्सीहरूलाई समेत जानकारी गराएको जनाएको छ। प्रहरीको अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेर बुझेको प्रहरीले उल्लेख गरेको छ। उनी २७ जुलाइमा युभी

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 279 पटक पढिएको
  • पाकिस्तानमा पनि देखियो एमपक्स संक्रमण

    काठमाडौँ- पाकिस्तानमा पनि एमपक्स संक्रमण देखापरेको छ। पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा पहिलोपटक एमपक्सको संक्रमित फेला परेका हुन्। संक्रमित व्यक्ति खैबर–पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन्। उनी खाडी देशबाट स्वदेश फर्किएका थिए। संक्रमित व्यक्ति ककसको सम्पर्कमा आएका थिए भन्ने पत्ता लगाउन नमुना संकलन भइरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्। पाकिस्तानी स्वास्थ्य मन्त्रालयले बिहीबार सूचना जारी गरी विमानस्थल र त्यस्ता सबै ट्रान्जिट पोइन्टमा कडा स्क्रिनिङ भइरहेको बताएको थियो। यसैबीच पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक डा मुख्तार

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 361 पटक पढिएको
  • मंकीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

    काठमाडौं— विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकाका केही भागहरूमा मङ्कीपक्स (एमपक्स) प्रकोप फैलिएपछि यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।प्रजातान्त्रिक गणतन्त्र कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको छ भने अब मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरुमा फैलिरहेको जनाइएको छ।यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्यु दर उच्च रहेको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए। बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै एमपक्सको

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 572 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेशमा बढ्न थाल्यो डेंगु

    धनगढी— सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ। बर्सातका बेला यो रोगको सङ्क्रमण बढ्ने गरेको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार, हालसम्म २२९ जनालाई डेङ्गु सङ्क्रमण भएको छ। सबैभन्दा बढी डोटीमा ५३ जनालाई डेङ्गु लागेको जनाइएको छ। कैलालीमा ४७, अछाममा ४५, कञ्चनपुरमा ३४, दार्चुलामा १८, बाजुरामा १६, डडेलधुरामा आठ, बैतडी र बझाङमा चार/चार जना डेङ्गु सङ्क्रमित भएका छन्। गर्मी र बर्सातको सिजनमा लामखुट्टेको वृत्तिविकास बढ्ने गरेकाले डेङ्गुको सङ्क्रमण बढ्ने गरेको छ। डेङ्गु सङ्क्रमणको जोखिम बढी रहने बेला भएको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । एडिज

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 428 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा