स्वास्थ्य

    Showing ४८१-४९० of २,५०८ items.
  • बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

    काठमाडौ। स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ । शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने छ  । दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ । यो कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् ।  बालबालिकामा कुपोषणको जोखिम हुननदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • ५४१ पटक पढिएको
  • आँखा शिविरबाट २४२ जना लाभान्वित

    जुम्ल। सिन्जा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घको समन्वय र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँ सञ्चालन भएको निःशुल्क आँखा शिविरमा २४२ जना लाभान्वित भएका छन् । बिहीबार सम्पन्न दुईदिने निःशुल्क शिविरमा ४८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको सिन्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिनुभयो ।  शिविरमा १२६ महिला र ११६ जना पुरुषले सेवा लिएका थिए । बिरामीको आवतजावतदेखि आवाससम्मको  खर्च गाउँपालिकाले व्यवस्थापन गरेको हो । नागरिकको इच्छाअनुसार स्थानीय सरकारले स्वास्थ्य सेवालाई गाउँकेन्द्रित गरेको सिन्जा गाउँपालिका अध्यक्

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • ५२२ पटक पढिएको
  • मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु

    जनकपुर— मधेश प्रदेशमा आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०८२ सुरु भएको छ ।जनकपुरधाममा बिहीबार (आज) आयोजित भिटामिन ‘ए’ खुवाउने कार्यक्रममा मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय सपही, धनुषाका निर्देशक सरोज चन्द्र न्यौपानेले आज र भोली क्यापुसल खुवाउने कार्यक्रमको सुरुवात गरेका छन् । उनले उपस्थित बालबालिकालाई भिटामिन ‘ए’ को क्यापसुल खुवाएर दुई दिने कार्यक्रम सुरु भएको घोषणा गरे । सो क्रममा निर्देशक न्यौपानेले मधेश प्रदेशभरका ४,७९,७२२ बालबालिकालाई भिटामिन ’ए’ को क्यापुल खुवाउने लक्ष्य रहेको जानकारी दिए ।कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धन

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ७३२ पटक पढिएको
  • स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या

    चितव। स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् । सो प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी अस्पतालबाट फर्किनु परेको छ । भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलले गएराति ११ बजेसम्म काम गर्दासमेत दिउँसोको दाबी पेस गर्न कठिन भएको बताउनुभयो । उहाँका अनुसार दुईदिनदेखि बिरामी र आफन्तले गुनासो गरिरहेका छन् ।‘बिलिङ काउन्टर’मा पटकपटक झगडा पर्ने गरेको छ । पौडेलले भन्नुभयो, “बुधबार मात्रै ५०० भन्दाबढी बिरामी टिकट काट्न नसकेर फर्किएका छन् ।” दिनभर लगाएर एक हजार ६२६ जनाको टिकट काटिएको उहाँले बताउनुभयो । प्रणालीले सहजै क

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ४५२ पटक पढिएको
  • अस्पतालकै भवनबाट गाउँपालिकाको सेवा

    सिरह। गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ । कार्यालय सञ्चालनका लागि अर्को विकल्प नहुँदा गाउँपालिकाले अस्पतालको माथिल्लो तला प्रयोग गरेर सेवा प्रवाह भइरहेको गाउँपालिका अध्यक्ष शिवजी यादवले बताउनुभयो । उहाँका अनुसार नयाँ भवन निर्माणाधीन रहेकाले तत्कालका लागि अस्पतालमा नै कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता आएको हो । अध्यक्ष यादवले भन्नुभयो, “पुरानो भवन कामै नलाग्ने गरी ध्यस्त

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ४९७ पटक पढिएको
  • स्वास्थ्यमन्त्री डा.शर्माद्वारा महाशाखा प्रमुख हेरफेर

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिइसिडी) व्यवस्थापन महाशाखाका प्रमुखको जिम्मेवार हेरफेर भएको छ ।  मन्त्रिस्तरीय निर्णयबाट परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकु

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ६३४ पटक पढिएको
  • बालबालिकालाई दिन तयारी परिएको खोप म्याद नाघेको भेटियो

    रौतहट—  रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ को डुमरिया स्वास्थ्य केन्द्रमा जापनिज इन्सेफ्लाइटिसको खोपको भ्याक्सीन म्याद नाघेको भेटिएको छ । कार्तिक महिनाको १७, १८ र १९ गते १२ महिनादेखी २३ महिना भित्रका बालबालिकाहरुको लागि दिन तयारी परिएको भ्याक्सीन म्याद नाघेको भेटिएको हो । चन्द्रपुर अस्पतालबाट ल्याइएको  भ्याक्सीन म्याद गुज्रिएको भेटिएकाले तत्काल सो खोप दिन रोकिएको चन्द्रपुर नगरपालिकका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले बताए । उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गरे । ‘यस्तो लापरवाही गर्नु हुँदैन उनले भने, ‘यस विषयमा छानबिन हुन्छ । अस्पतालमा म्याद भएको भ्याक्सीन हुँ

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ५०४ पटक पढिएको
  • विवादास्पद अभिव्यक्ति प्रकरणमा निकोलस भूसाल पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका निकोलस भूसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८ सरस्वती आश्रम क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो।कार्यालयका अनुसार, भूसाललाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। उनले सामाजिक सञ्जालमार्फत दिएका केही अभिव्यक्तिहरूका कारण हालैदेखि प्रहरीको निगरानीमा रहेका थिए।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • ७१२ पटक पढिएको
  • सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द

    काठमाडौं— काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ ।अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि सात दिनका लागि बन्द गरिएको हो ।हेल्दी बाइट्स सर्भिसेज् प्रालि.द्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए । अनुगमन टोलीका फुड टेक्नोलोजि

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • ७२५ पटक पढिएको
  • आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा

    लुम्बिन। बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक दशकमा झण्डै नौ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले १० वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा तर्फ, अस्पतालमा भर्ना(इन्डोर) तर्फ र प्रसूति सेवा लिने गरी नौ लाख २६ हजार ४६२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।अस्पतालमा १० वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपिडी) तर्फ तीन लाख ९५ हजार ६८२, आकस्मिक सेवा तर्फ दुई लाख ६३ हजार ६९५ जना, अस्पतालमा भर्ना(इन्डोर) तर्फ दुई लाख दुई हजार ८४७ जना, प्रसूति गराउने ४६ हजार दुई सय ३८ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।गुणस्तरीय मातृ शिशु सेवा प्रदान गर्ने उद्देश्यका साथ

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ४७४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.