काठमाडौँ / फ्रान्समा एकै दिन ठूलो सङ्ख्यामा कोरोना संक्रमित भेटिएका छन् । युरोपकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा १ लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको छ ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको संख्या दैनिक बढिरहेको छ ।फ्रान्स बाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रिस पोर्चुगल लगायतमा पनि अहिलेसम्मकै उच्च सङ्ख्यामा संक्रमित भेटिएका छन् । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानका अनुसार आगामी जनवरीदेखि फ्रान्समा दैनिक सङ्क्रमितको संख्या २ लाख ५० हजार नाघ्न सक्ने र अधिकांश अस्पताल कोभिडका बिरामीले भरिसक्ने बताएका छ
काठमाडौँ / कोभिड –१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भारतको राजधानी नयाँ दिल्लीमा सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाइएको छ । दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले सूचना जारी गरी स्कुल, कलेज, सिनेमा घर, जिम, स्पा बन्द गरिएको जनाएको छ ।रात्रिकालीन कर्फ्युको समय पनि एक घण्टा बढाइएको छ । अब राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका काममा हिँडडुलमा रोक लगाइएको छ । लगातार तेस्रो दिन संक्रमण दर शून्य दशमलव ५ प्रतिशत भन्दा बढी रहेपछि दिल्ली सरकारले ‘यलो अलर्ट’अन्तर्गत प्रतिबन्धहरू लगाएको जनाएको छ । नयाँ निर्देशिकाअनुसार मेट्रो, बस, रेस्टुराँ ५० प्रतिशत सिट क्षमतामा
झापा / सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ ।मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षमाथिका नेपाली नागरिकलाई सरकारको नियमानुसार कोभिड –१९ विरुद्धको खोप उपलब्ध गराउने मन्त्रालयको भनाइ छ । खोप उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आह्वान गरिएको सहप्रवक्ता डा अधिकारीले जानकारी दिएक
काठमाडौं / विश्वव्यापी रुपमा फैलिएको कोरोना को नयाँ भेरियनट ओमिक्रोनको संक्रमण भारतमा तीव्र गतिमा फैलिरहेको छ । एकैदिनमा १३५ संक्रमित बढेका छन् भने कुल सङ्क्रमितको संख्या बढेर ६७० पुगेको छ । गोवा र मणिपुर भारतकै दुई राज्यमा सोमबार दुई जना संक्रमित भेटिएका छन् । ओमिक्रोन हालसम्म भारतका २० राज्य र केन्द्र शासित प्रदेशमा फैलिसकेको छ ।दिल्लीमा ओमिक्रोनको सर्वाधिक संक्रमित ६३, महाराष्ट्रमा २६, गुजरातमा २४, तेलंगानामा १२, राजस्थानमा ३, उत्तराखण्डमा ३ र हरियाणामा २ नयाँ संक्रमित भेटिएका छन् । ओमिक्रोनको खतरालाई मध्यनजर गर्दै सोमबार संसारभरि २,१०० फ्लाइटहरु रद्द भएका छन् ।संसारभरि सोमबार करिब २१०
झापा / कोरोना सङ्क्रमणबाट आज देशभरमा थप एक जनाको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै, आज नेपालमा कोरोनाका २ सय ७१ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या ८ लाख २७ हजार ५ सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।त्यस्तै, आज २ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ११ हजार ५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १० हजार ८ सय ८६ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
चितवन / रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ ले आइतबार साँझ यहाँ आयोजना गरेको पोलियो अभियान सहयोग कार्यक्रममा ३२ लाख २३ हजार रुपैयाँ आर्थिक सङ्कलन गरेको छ । कार्यक्रममा नारायणी कला मन्दिरका कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए । सो अवसरमा सहभागी रोटरियनहरुले पोलियोमुक्त अभियानका लागि स्वतस्फूर्त आर्थिक सहयोग गरेका हुन ।विश्वबाट पोलियो उन्मूलनको लागि रोटरी क्लबले अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्दै आएको छ । रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलको संयोजकत्वमा यस क्षेत्रका १४ क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।सो अवसरमा डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, पूर्वडिष्ट्रिक्ट गभर्
झापा / आज देशभर थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा ९ हजार ६७७ जनाको नमुना परीक्षण गर्दा २१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ भने २८३ जना निको भएका छन् ।आइतबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख २३ हजार ४०२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ भने ८ लाख १० हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ४ हजार ९०६ जना रहेका छन् । जसमध्ये ४ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भन
झापा / देशभर थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार चार सय ४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा थप २२६ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख १० हजार ४९७ जना संक्रमणमुक्त भइसकेका छन्। कोरोनाका कारण देशभर आज थप १ जनाको मृत्यु भएको छ भने हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार पाँच सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दमक / झापाको दमक नगरपालिकास्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ ।अक्सिजन उत्पादनको परीक्षण सफल भएपछि निर्माण कम्पनीले अस्पताललाई शुक्रबार अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो । अक्सिजन प्लान्ट निर्माणको काम डेढ वर्ष अघिदेखि सुरु भएको थियो । विश्व बैंकको कार्यक्रम ‘कोभिड –१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालको अध्यक्षसमेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । अधिकारीका अनुसार सो प्लान्टले प्रतिघण्टा ४० घनमिटर अक्सिजन उत्पादन गर्छ । अस्पतालमा अक्सिजन प्लान्ट
झापा / पछिल्लो २४ घण्टामा २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३ सय ४९ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार हाल मुलुकमा ५ हजार ४८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ५ सय ८२ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।शुक्रबार ११ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ८ हजार ६० जनाको पी सी आर र ३ हजार ८ सय ३८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.