स्वास्थ्य

    Showing ३३१-३४० of २,५०८ items.
  • सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौं— भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।बिहीबार साँझ अज्ञात व्यक्तिको आक्रमणबाट सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पु¥याउने क्रममा बाटोमा मृत्यु भएको हो ।आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः माघ २३, २०८२
    • ३४४ पटक पढिएको
  • गोरटो एजुकेशनल कन्सल्टेन्सीको साधारणसभा: पारदर्शी, जिम्मेवार र भरोसायोग्य सेवामा प्रतिवद्ध

    काठमाडौं— गोरटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।रिफाईन, रिफ्रेश र रिचार्ज भन्ने मूल नारासहित सम्पन्न साधारणसभाले संस्थाको दीगो सेवा, सामाजिक उत्तरदायित्व र विद्यार्थी–केन्द्रित परामर्श संस्कृतिलाई थप मजबुत बनाउने उद्देश्य लिएको आयोजकले जनाएको छ ।नेपाल तथा क्यानाडाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त साधारणसभा बैठकमा मात्र सीमित नभई सिकाइ, आत्मसमीक्षा, टीम–बिल्डिङ र संस्थागत सुधारमा केन्द्रित रहेको आयोजकको दाबी रहेको छ ।आगामी वर्षका लागि स्पष्ट कार्यदिशा तय गर्दै विद्यार्थी सेवा गुणस्तर सुधार र आन्तरिक टीमवर्क सुदृढ बनाउने

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ५६५ पटक पढिएको
  • तीस वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

    धुलिखेल। जिल्लाको महाभारत गाउँपालिकाले यहाँका ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार औषधि वितरण अभियान सुरु गरेको छ ।  आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ‘महाभारत बन्दै छ, बाआमालाई सन्चै छ ?’ भन्ने कार्यक्रमअन्तर्गत आजदेखि बुधबारदेखि अभियान सुरु गरिएको हो ।गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वडा नं ६ बनखुको मगर गाउँमा रहेको बनखु मगरगाउँ स्वास्थ्य चौकीबाट अभियानको शुभारम्भ गर्दै आगामी २८ गतेसम्म ४१ वटा केन्द्रबाट समुदायस्तरमा स्वास्थ्य परीक्षण एवं स्वास्थ्य शिक्षा परामर्श सेवा सञ्चालन गरिने बताउनुभयो । “समुदायमा लुकेर रहेका र स्

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ३८४ पटक पढिएको
  • देशको अवस्थाले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छः मन्त्री शर्मा

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताएकी छन् ।बुधबार लगनखेलस्थित मानसिक अस्पतालको अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले आफूले सपथ ग्रहण गरेकै दिनदेखि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको बताइन् । उनले अहिलेको राष्ट्रिय परिस्थितिका कारण समाजमा विभिन्न किसिमका विचलनहरू देखापरेको र त्यसको प्रत्यक्ष प्रभाव मानसिक स्वास्थ्यमा परेको उल्लेख गरिन् ।“मानसिक स्वास्थ्यलाई मैले सपथ ग्रहणकै दिनदेखि प्राथमिकतामा राखेको थिएँ । देश जुन परिस्थितिब

    • प्रकाशित मितिः माघ २१, २०८२
    • ५९८ पटक पढिएको
  • पाठेघरको मुखको क्यान्सर रोकथामका लागि पाँच हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने

    कञ्चनपुर— पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी माघ २७ गतेदेखि फागुन १ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य कार्यालयले जिल्लाका पाँच हजार ५०० छात्रा तथा किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ।स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनकबहादुर कुवँरका अनुसार यस वर्षको अभियानमा कक्षा ६ मा पढदै आएका छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप लगाउने तयारी गरिएको छ।गत वर्षको अभिायनमा खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालयरका कोल्डचे

    • प्रकाशित मितिः माघ २१, २०८२
    • ५८० पटक पढिएको
  • देउराली–जनता फर्मास्यूटिकल्सले चितवनमा ४७५ करोडको नयाँ औषधि उद्योग स्थापना गर्ने

    काठमाडौं— स्वदेशमै अत्यावश्यक औषधि उत्पादन गर्दै आएको अग्रणी औषधि उद्योग देउराली–जनता फर्मास्यूटिकल्स प्रा. लि. ले चितवनको भरतपुरमा अत्याधुनिक नयाँ औषधि कारखाना निर्माण गर्ने निर्णय गरेको छ ।कम्पनीले उक्त परियोजनामा ४७५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । कम्पनीको ३५ औं वार्षिकउत्सवको अवसरमा मंगलबार जारी गरिएको प्रेस वक्तव्य मार्फत कम्पनीले यस्तो जानकारी दिएको हो । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने यो नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजना पूरा भएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने बताइएको छ । नयाँ उद्योग सञ्चालनमा आ

    • प्रकाशित मितिः माघ २१, २०८२
    • ५२७ पटक पढिएको
  • बाजुराको कोल्टी अस्पतालमा नियमित सिजेरियन शल्यक्रिया प्रभावकारी बन्दै

    बाजुरा— बाजुराको बुढीनन्दा नगरपालिका–१ मा रहेको कोल्टी आधारभूत अस्पतालमा हाल नियमित रूपमा सिजेरियन शल्यक्रिया (सी–सेक्शन) हुँदै आएको छ । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी प्रदान गरिएको यो सेवा प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ ।दुर्गम क्षेत्रका गर्भवती महिलालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको कोल्टी अस्पतालमा नियमित सिजेरियन शल्यक्रिया सफलतापूर्वक हुन थालेपछि यहाँका आमाहरूले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता हट्दै गएको छ ।पहिले सामान्य उपचारसमेत सहज रूपमा नहुने यस अस्पतालमा अहिले भने गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । अस्पताल दुर्गम क्षेत्रका नागरिकको

    • प्रकाशित मितिः माघ २१, २०८२
    • ५२० पटक पढिएको
  • आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरि मनाइँदै

    काठमाडौं— आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष फेब्रुअरी ४ मा विश्वभर विश्व क्यान्सर दिवस मनाइन्छ।क्यान्सरका कारण हुने लाखौँ मानिसको मृत्यु न्यूनीकरण गर्ने, समयमै पहिचान र उपचारमार्फत जीवन जोगाउने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदै आएको हो ।क्यान्सरका विभिन्न प्रकारका कारण हामीमध्ये धेरैले आफन्त, साथीभाइ तथा छिमेकी गुमाइसकेका छन् । खर्चिलो उपचार, शारीरिक तथा मानसिक पीडा र दीर्घकालीन सङ्घर्षका कारण क्यान्सर आज पनि मानव जीवनका लागि ठूलो चुनौती बनेको छ ।हाल पनि विश्वभर लाखौँ मानिस क्यान्सरसँग जुधिरहेका छन् । अध्ययनअनुसार

    • प्रकाशित मितिः माघ २१, २०८२
    • ५२९ पटक पढिएको
  • मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा

    जनकपुर— मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २१ गत्ते (भोलि) मनाउन लागिएको आठौं वार्षिकोत्सव कार्यक्रमका निम्ती मधेश प्रदेश सभाका सम्पूर्ण कर्मचारीहरु व्यस्त देखिएका छन् ।यस तीन दिन विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाउने तय भएको मा हिजो (सोमबार) मधेश प्रदेश सभा परिसरको सरसफाई एवम वृक्षारोपन कार्यक्रम गरिएको थियो ।त्यस्तै आज प्रदेश सभाका सांसद र कर्मचारीहरुबीच चेस, ब्याडमिन्टन र म्युजिकल चेयर लगायतका खेलहरुको प्रतिस्पर्धा हुने प्रदेश सभाद्वारा जारी तालिकामा उल्लेख रहेको छ । त्यस्तै आजै प्रदेश सभाको तर्फबाट जनकपुरधामस्थित मानव सेवा आश्रम, वृद्धा आश्रम र क

    • प्रकाशित मितिः माघ २०, २०८२
    • ५५२ पटक पढिएको
  • बाजुरामा एक हजार आठ सय किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

    बाजुरा। पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७ देखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा पाठेघर मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुने छ ।  स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काले यस वर्ष जिल्लामा कक्षा ६ मा अध्ययनरत एक हजार  ७८१ र विद्यालय बाहिर रहेका २५ गरी एक हजार ८०६ जना किशोरीलाई उक्त खोप दिइने जानकारी दिनुभयो । विद्यालय बाहिर  बुढीगङ्गामा १६, बडीमालिकामा छ र त्रिवेणी नगरपालिकामा एक गरी २५ किशोरी रहेका छन् । 

    • प्रकाशित मितिः माघ २०, २०८२
    • ३३२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.