स्वास्थ्य

    Showing 251-260 of 2,137 items.
  • स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    चितवन— भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो।वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिए ।जसमध्ये चार हजार ३८३ जनाको सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जनाको शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ जनाको जटिल प्रसूति गराइएको थियो ।अस्पतालले स्तनपान गराउन र परामर्शका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको छ । हरेक वर्षको अगस्ट १ देखि ७ तारिखसम्म  व

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 540 पटक पढिएको
  • देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने

    काठमाडौं— अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यूआरमार्फत् डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो ।मन्त्री पौडेलले अस्पतालमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका थिए । मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीहरूलाई भनेका थिए ।यसअन्तर्गत डिजिटल पेमेन्टलाई समेत अघि

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 523 पटक पढिएको
  • हनुमानढोकाको जीर्ण प्रहरी भवन हटाउन मेयर बालेन र आइजिपी थापाबीच मौखिक सहमति

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापाबीच हनुमानढोकास्थित जीर्ण प्रहरी भवन हटाउने विषयमा मौखिक सहमति भएको छ।साँस्कृतिक दृष्टिले महत्वपूर्ण दरबार स्क्वायर क्षेत्रभित्र रहेको सो भवन २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो। त्यही भवनमा लामो समयसम्म जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय सञ्चालन हुँदै आएको थियो। यद्यपि हाल ती कार्यालयहरू अन्यत्र सरेका छन् र भवन पनि प्रायः खाली छ, तर केही प्रहरी सुरक्षाका लागि त्यहाँ अझै बस्दै आएका छन्।स्थानीय बासिन्दा र संरक्षणविद्हरूले विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रलाई सु

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 589 पटक पढिएको
  • भारत लगेर रोजगारीको प्रलोभनमा मृगौला चोरी, दुधौलीका युवक पीडित

    सिन्धुली— रोजगारीको प्रलोभनमा भारत पुर्‍याइएका सिन्धुली दुधौली नगरपालिका–१ निवासी ३४ वर्षीय खिलबहादुर भुजेलको एक मृगौला चोरी भएको खुलासा भएको छ। कामको खोजीमा पोखरा पुगेका भुजेललाई भारत लगेर मृगौला चोरी गरिएको हो।भुजेल केही समयदेखि पोखराको पृथ्वीचोकमा ज्यालादारी कामको आशमा बसेका थिए। यही क्रममा २०८२ जेठ ३१ गते अपराह्न ४ बजे उनी बसेकै ठाउँमा आएको कालो रंगको गाडीबाट एक अपरिचित व्यक्ति झरेर होटलमा काम लगाइदिने भन्दै रोजगारीको प्रस्ताव गरेका थिए। सोही प्रस्तावमा सहमत भइ उनी गाडीमा चढेका थिए।उनी भारतको एक स्थानमा पुर्‍याइएपछि खाना वा औषधिको माध्यमबाट बेहोस बनाइएर अप्राकृतिक शल्यक्रिया गरी एक थान मृग

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 716 पटक पढिएको
  • ४९ जिल्लामा कोभिड फैलियो, वाग्मतीमा सबैभन्दा बढी संक्रमित, सतर्क रहन मन्त्रालयको आग्रह

    काठमाडौं— नेपालमा थप जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड–१९ संक्रमण थप जिल्लामा पुष्टि भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।०८१ पुस १७ गतेदेखि ०८२ साउन १९ गतेसम्म ४२६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, पुस १७ यता तीन जनाको कोभिडका कारण मृत्यु भएको छ ।पछिल्लो तथ्यांकअनुसार, ४९ जिल्लामा कोभिड संक्रमण फैलिएको छ । सबैभन्दा बढी वाग्मती प्रदेशमा २९४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 565 पटक पढिएको
  • मेयर भट्टराईको जीवनरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

     काठमाडौं— राष्ट्रिय मानवअधिकार आयोगले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आग्रह गरेको छ।भट्टराई जैविक विविधता र रैथाने संस्कृति संरक्षणमा नीति निर्माणको लागि पहलकदमी गर्न, बाँसको प्रवर्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न, गिटी क्रसर उद्योग मापदण्डअनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्न, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउन तथा बाँदर तथा अन्य जंगली जनावर नियन्त्रणका लागि नीति बनाउन भन्ने लगायतका माग राखी साउन ११ गतेदेखि माइतीघरमा अनशन बसेका छन्। उनको स्वास्थ्य अवस्

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 628 पटक पढिएको
  • डडेल्धुराको परशुराममा सुत्केरी महिलाको निधन

    डडेल्धुरा— डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीकी २७ वर्षीया भुवनी पाण्डेय (भट्ट) को सुत्केरी पछिको जटिलताका कारण निधन भएको छ।साउन १३ गते साँझ सुत्केरी ब्यथा लागेपछि उनलाई साँदनी स्वास्थ्य चौकी ल्याइएको थियो। उनले साउन १४ गते विहान ७ः१८ बजे तेस्रो सन्तानका रूपमा एक छोरालाई जन्म दिएकी थिइन्। सुत्केरीपछि समयमै सालनाल नआएको र अत्यधिक रक्तश्राव भएपछि उनलाई जोगबुढा अस्पताल रिफर गरिएको थियो।जोगबुढा अस्पतालमा पनि अवस्था जटिल भएपछि थप उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको थियो। आइसीयूमा राखेर उपचार भइरहेको अवस्थामा आज विहान करिब ११ बजे उनको मृत्यु भएको वडा नम्बर ७ का वडाध्यक्ष

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 494 पटक पढिएको
  • बर्खा याममा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेकाले उपभोक्तालाई पानी उमालेर मात्र पिउन कामपाको आग्रह

    काठमाडौं— काठमाडौं महानगरपालिकाले बर्खा याममा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहने भएकाले उपभोक्तालाई उमालेको पानी मात्र पिउन आग्रह गरेको छ। कामपाका कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेका अनुसार बर्खाको समयमा विभिन्न स्थानबाट पानी भित्रिने भएकाले मापदण्डविपरीतको पानी बिक्री हुने सम्भावना अधिक हुन्छ। यसै कारणले महानगरपालिकाले उपभोक्ताहरूलाई सावधानी अपनाउन अनुरोध गरेको हो। उनले पिउने पानीको उत्पादन, ढुवानी र वितरण प्रणालीमा नियमित अनुगमन भइरहेको जानकारी दिए।गत असार महिनामा मात्रै कामपाले मापदण्ड नपुगेका १५९ वटा पानी जार नष्ट गरेको थियो। सहरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 672 पटक पढिएको
  • रेबिज नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको अभियान, ५१ हजार भायल खोप सातै प्रदेशमा

    काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले रेबिज र सर्पदंशविरुद्ध प्रयोग हुने खोप तथा औषधि देशका सातै प्रदेशमा आपूर्ति गरेको छ।विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा। पवनजंग रायमाझीका अनुसार यसअघि खरिद गरिएका औषधिहरू प्रदेश स्वास्थ्य संस्थामा वितरणका लागि सम्बन्धित आपूर्ति केन्द्रमा पठाइसकिएको छ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खोप र औषधिको अभाव नहोस् भनेर मातहतका निकायलाई तत्काल आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएका थिए।विभागका अनुसार हालसम्म ५१ हजार १८० भायल रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ। तीमध्ये सबैभन्दा धेरै १० हजार

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 329 पटक पढिएको
  • बर्दिवासमा कार्यरत चिकित्सक जबर्जस्ती करणी र गैरकानुनी गर्भपतनको आरोपमा पक्राउ

    महोत्तरी – बर्दिवासस्थित डी एण्ड बी मेडिकेयर अस्पतालका चिकित्सक डा. प्रविण मिश्रलाई जबर्जस्ती करणी र गैरकानुनी गर्भपतनको आरोपमा प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टका अनुसार इलाका प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले डा. मिश्रलाई पक्राउ गरेको हो।सर्लाहीको बलरा घर भई हाल बर्दिवासमा कार्यरत डा. मिश्रले १६ वर्षीया किशोरीको १० हप्ताको गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव भएर उनी अचेत भएपछि अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएका थिए।प्रहरीका अनुसार डा. मिश्रले किशोरीमाथिको जबर्जस्ती करणी लुकाउन कानुनी प्रक्रिया नअपनाई अवैधानिक रूपमा गर्भपतन

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 438 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा