अछाम— अछामको पञ्चदेवल विनायकमा भएको जीप दुर्घटनामा घाइते भएका एक जनालाई उद्धार गरिएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक १ स्थित लाछेखोलामा चैत २४ गते भएको जीप दुर्घटनामा परी गम्भीर घाइते उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

उनलाई उद्धार गरेर सुर्खेत पुर्‍याइएको सेनाले जनाएको छ ।