स्वास्थ्य

    Showing 241-250 of 2,504 items.
  • पैसा अभावले अस्पतालमै अलपत्र १७ वर्षीय युवक

    विराटनगर— सिन्धुलीको दुधौली नगरपालिका–७ का १७ वर्षीय शिव सदा विष सेवनपछि उपचार गराएर सामान्य अवस्थामा फर्किए पनि रकम अभावका कारण विराटनगरस्थित निजी अस्पतालबाट डिस्चार्ज हुन सकेका छैनन्।उपचार खर्च १ लाख ३० हजार रुपैयाँ तिर्न नसक्दा परिवार समस्यामा परेको छ। आर्थिक अभावबीच उनकी आमा पैसा जुटाउन गाउँतर्फ पैदल हिँडेकी छन् र हालसम्म सम्पर्कविहीन रहेकी छन्।अस्पतालले रकम तिर्न दबाब दिएको परिवारको गुनासो छ। यस घटनाले नेपालको स्वास्थ्य प्रणालीमा पहुँच र असमानताको समस्या उजागर गरेको छ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 479 पटक पढिएको
  • एघारौँ तहका अधिकृतको सरुवा तथा काज फिर्ता

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका अधिकृतहरूको सरुवा तथा पदस्थापन, सरुवा तथा काज फिर्ता गरेको छ । स्वास्थ्य मन्त्री निशा मेहताले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सरुवा, पदस्थापन तथा काज फिर्ता गर्ने निर्णय गरेकी हुन् ।स्रोतका अनुसार मन्त्रालयको तीन वटा महाशाखामा प्रमुखहरू फेरिएका छन् । मन्त्रालय भित्रिनेमा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रोशन न्यौपाने र भर्खरै एघारौँ तहमा बढुवा भएका डा गुणनिधि शर्मा छन् । यद्धपी उनीहरूलाई कुन कुन महाशाखाको जिम्मेवारी दिने भन्ने अझै टुंगो लागेको छैन ।मन्त्राल

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 499 पटक पढिएको
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई ६५ करोड ऋण दिन अदालतको आदेश

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड रुपैयाँ कर्जा दिन जिल्ला अदालत झापाले बैंकहरूलाई आदेश दिएको छ।न्यायाधीश लोकबहादुर हमालको इजलासले कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक र गुडविल फाइनान्सलाई सहवित्तीयकरण सम्झौता अनुसार ऋण उपलब्ध गराउन तथा अस्पताल पूर्ण सञ्चालन नभएसम्मको ब्याज पुँजीकरण गर्न निर्देशन दिएको हो।अस्पतालले सम्झौता अनुसार कर्जा नपाएको भन्दै दायर गरेको रिटमा अदालतले बैंकहरूको पूर्व प्रतिबद्धता र परियोजनाको आवश्यकतालाई आधार मानेर यस्तो आदेश दिएको हो।बैंकहरूले भने ऋणीले किस्ता नतिरेको, कर्जा भाखा नाघेको र जोखिम बढेको भन्दै थप लगानी

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 515 पटक पढिएको
  • रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा

    चितवन। जिल्लामा रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरुको सङ्ख्या भने बढ्न नसकेको हो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा रगतको माग दैनिक माग बढ्दो छ । उहाँका अनुसार जिल्लामा दैनिक एकसय १५० युनिट सम्म रगतको माग हुने गर्दछ ।  यस आर्थि वर्षको फागुनसम्ममा १६९ स्थानमा भएका रक्तदान कार्यक्रममा ११ हजार ५३२ युनिट र केन्द्रमा आएर दिएको सङ्ख्या तीन हजार १८१ छ । अघिल्लो आव २०८१/८२ मा २८७ स्थानमा भएका रक्तदानमा १८ हजार ५७७ युनिट र केन्द्रमा चार

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 290 पटक पढिएको
  • केएमसीमा मस्तिष्कको जटिल शल्यक्रिया सफल

    काठमाडौं— काठमाडौं मेडिकल कलेजमा मस्तिष्कको जटिल शल्यक्रिया सफल भएको छ। इटहरीकी ५२ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा जटिल शल्यक्रिया सम्पन्न भएको हो।अचानक दिमागमा रगत बग्ने गम्भीर समस्या लिएर आपतकालीन कक्षमा ल्याइएकी ती महिलाको मस्तिष्कमा तीन वटा एन्युरिज्म (नसा फुल्ने समस्या) देखिएको थियो भने एउटा फुटेर रगत बगेको थियो।यस्तो समस्याको उपचार टाउको नखोलिकन संभव भएको अस्पतालका न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडेलले बताए।‘चिकित्सक टोलीले छिटो निर्णय गर्दै अत्याधुनिक बाइप्लेन क्याथ ल्याबमा कोइलिङ विधि प्रयोग गरेर फुटेको एन्युरिज्मको उपचार गर्‍यो र रगत बग्न रोकेको थियो,’ डा.पौडेलले भने, 'बाँकी

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 445 पटक पढिएको
  • बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

    काठमाडौ— काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले उद्योगमा गम्भीर लापरबाही भेटेपछि यस्तो कदम चालेको हो ।आकस्मिक अनुगमनका क्रममा उक्त मिठाई उद्योगको सरसफाइ र गुणस्तरमा गम्भीर समस्याहरू फेला परेका छन् । विभागका अनुसार अनुगमनका क्रममा ड्राइफ्रुट्स प्याकिङका लागि तयारी अवस्थामा राखिएको बदाममा कीरा परेको भेटिएको छ । टोलीले कीरा लागेको करिब ५ किलो बदाम तत्काल जफत गरी नष्ट गरेको छ । खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको सरसफाइ अत्यन्तै न्यून र

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 459 पटक पढिएको
  • पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता

    काठमाडौँ। सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा विसं २०८८ सम्म आठ प्रतिशत पु¥याइने प्रतिबद्धता जनाएको छ ।  सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा आठ प्रतिशत बजेट पुर्याउने उल्लेख गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ । प्रतिबद्धतामा स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय तथा प्रत्येक नागरिकको पहुँच पुग्ने गरी विस्तार गरिने उल्लेख छ । ‘एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिनाका साथै छरिएर रहेका स्वास्थ्यसम्बन्धी सुविधा र सहुलितयलाई

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 283 पटक पढिएको
  • मानसिक यातनाबाट प्रभावितहरुको संख्या बढी: एकद्वार संकट व्यवस्थापन केन्द्र

    जनकपुर— धनुषास्थित प्रादेशिक अस्पताल जनकपुरमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रले दोस्रो चौमासिक समन्वय बैठक सम्पन्न गरेको छ । सो बैठकमा अन्तिम ९ महिनामा उक्त केन्द्रमा आएका बिरामी(पिडितहरुको) तथ्याङ्क प्रस्तुत गरिएको छ भने विद्यमान समस्याहरुको बारेमा छलफल गरिएको छ ।सोमबार प्रादेशिक अस्पताल जनकपुरधामको बैठक कक्षमा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार ९ महिनामा एकद्वार संकट व्यवस्थापन केन्द्रमा आएका बिरामी (पिडित)हरु मध्ये ५० प्रतिसत जति मानसिक यातनाबाट पिडित भएकाहरु रहेका छन् । एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा २०८२ साउन महिना देखि चैतसम्ममा जम्मा ८८१ जना पिडितहरुको आएका छन् । जसमध्य

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 361 पटक पढिएको
  • ज्येष्ठ नागरिक स्वास्थ्य सेवा शिविरबाट ३७० बढी लाभान्वित

    बाजुरा— बाजुरा जिल्लाका ४ वटा स्थानीय तहका ४ वटा स्थानमा सञ्चालन गरिएको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा शिविरमा करिब ३७० जना भन्दा बढी लाभान्वित भएका छन् ।जिल्ला अस्पताल बाजुरा, स्वास्थ्य कार्यालय बाजुरा र स्थानीय तहका स्वास्थ्य शाखाको पहलमा स्वास्थ्य कार्यालय बाजुराद्वारा आयोजित उक्त शिविरबाट ३७० बढी ज्येष्ठ नागरिकले सेवा लिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।शिविर त्रिवेणी,बुढीगंगा,खप्तड छेडेदह र गौमुल गाउँपालिकामा सञ्चालन गरिएको हो । चैत्र २६ देखि २९ गते सम्म सञ्चालित शिविरमा मधुमेह, रक्तचाप,पल्सको जाँच गरिएको हो । साथै लक्षणको आधारमा अन्य रोगको अवस्था पहिचान गरी औषधि वितरण र परामर्श से

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 487 पटक पढिएको
  • स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

    काठमाडौं—  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा पनि स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।मन्त्रालयका सह–प्रवक्ता डा। समिरकुमार अधिकारी द्वारा जारी प्रेस विज्ञप्तिमा अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्तिका आधारमा आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गर

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 479 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.