स्वास्थ्य

    Showing 2,251-2,260 of 2,454 items.
  • शववाहन नहुँदा अन्त्येष्टि समस्या

    गलकोट / धवलागिरि अस्पतालमा बिहीबार मात्रै दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु भयो । उनीहरुलाई बिरामी बोक्ने एम्बुलेन्समा राखेर कालीगण्डकी किनारामा लगेर शव व्यवस्थापन गरियो । शवबाहन नहुँदा एम्बुलेन्समा शव बोक्नुपर्ने बाध्यता रहेको छ । एम्बुलेन्समा शव र बिरामी बोक्न नहुने स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । अहिले सङ्क्रमित बोक्ने एम्बुलेन्सकै अभाव भइरहेको सन्दर्भमा शव व्यवस्थापनमा शवबाहनकै खाँचो देखिएको छ ।एम्बुलेन्ससमेत पर्याप्त नभएको बागलुङमा हालसम्म शवबाहन छैन । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । उपचारतपछि सङ्क्रमणबाट मृत्यु भएकालाई अन्तिम संस्कारका लागि लैजान शवबाहन आवश्यक भ

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 115 पटक पढिएको
  • हालसम्म आइसियू र अक्सिजनको अभाव छैन : बिएण्डसी

    बिर्तामोड / झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का  बिरामीलाई उपचार गर्न  हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको  अभाव नरहेको जनाएको छ । बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल सञ्चालनमा रहेका ६५ भेन्टिलेटर सहित आइसियू श्यया मध्ये २५ कोभिडका बिरामीलाई छुट्याइएको छ। अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दै अगामी दशदिनभित्र प्लान्ट सुचारु हुने जनाएको छ । ती दुवै अस्पतालका तर्फबाट कार्यकारी निर्देशक दूर्गा प्रसाईद्वारा जारी विज्ञप्तिमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति तथा प्रयोगश

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 728 पटक पढिएको
  • झापामा अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन

    बिर्तामोड / लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ ।मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताए ।कोभिड–१९ महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर सङ्कलन गरी डिलरमा पु¥याएको छ ।दमकको मातृका ट्रेडर्स र विर्तामोडको कपुरी ब्रदर्स तथा जलकन्या ट्रेड

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 322 पटक पढिएको
  • नेपालमा प्रयोग गरिएको चिनियाँ खोपलाई डब्ल्यूएचओको मान्यता

    बिर्तामोड / कोरोनाको दोस्रो लहर तिव्र रुपमा बढेपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ।डब्ल्यूएचओले स्वीकृति दिएको यो पहिलो युरोप बाहिर बनेको कोभिड खोप हो। चिनियाँ सरकारले आठ लाख मात्रा सहयोग उपलब्ध गराएको सिनोफार्मको भेरो सेल खोप नेपालमा पनि दिइएको छ। नेपाल र चीन सहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ।अफ्रिका, दक्षिण अमेरिका र एशियाका विभिन्न देशका स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिइसकेका छन्। चिनियाँ कम्पनीले थोरै मात्र तथ्याङ्क सार्वजनिक गरेको कारण यो ख

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 115 पटक पढिएको
  • दाङमा चौध पत्रकारमा संक्रमण पुष्टि, एकको मृत्यु

    दाङ / दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर रहेका छन् । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । अन्य १२ जना पत्रकार अहिले होमआइसोलेसनमा बसेको पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिएका छन् ।साथै जिल्लामा रहेका पत्रकारहरुको अवस्थाको स्वास्थ्यको बारेमा जानकारी लिइरहेको र उनीहरुको अवस्था सुधारान्मुख रहेको केसीले बताए । कतिपय पत्रकारको परिवार नै संक्रमित भएको उनको भनाइ छ । संक्रमित सञ्चारकर्मीहरु घरमै बस्दा परिवारलाई नै संक्रमण फैलने सम्भावना अत्यधिक भएकोले पत्रकार महासंघको हलमा ६ बेडको आइसोलेसनको स्थापना गरेक

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 107 पटक पढिएको
  • बाँके र रुपन्देहीमा थप सात सङ्क्रमितको मृत्यु

    रुपन्देही / कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । उपचारका लागि वैशाख २२ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका बुटवल– १ का ४८ वर्षका पुरुषको गएराति ११ बजे मृत्यु भएको हो भने गत २२ गते नै भर्ना भएकी बुटवल –११ कालिकानगरकी ३० वर्षीया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । योसँगै रुपन्देहीमा हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५५ पुगेको छ ।यसैगरी बाँकेम

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 109 पटक पढिएको
  • तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग

    फुङ्लिङ / कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग आज सहयोग माग गरेको छ ।  तीव्र रुपमा कोभिड–१९ फैलँदै गएपछि नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग माग गरिएको हो । ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग डिस्पोजेबल मेडिकल मास्क २९ हजार थान, एन्टिना टेस्ट किट पाँच हजार थान,  एन–९५ मास्क एक हजार थान, पिपीई सेट दुई हजार थान, थर्मल गन २०० थान, अक्सिजन सिलिन्डर १०० लगायत ११ प्रकारका अतिआवश्यक स्वास्थ्य सामग्री सहयोग माग गरिएको मागपत्रमा उल्लेख गरिएको छ । दैनिक रुपमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि अतिआवश्यक स्वास्थ्य सामग

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 118 पटक पढिएको
  • घरघरै औषधि र अक्सिजन पुरयाउँदै मेचीनगर

    मेचिनगर / मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ ।वडा नं. ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।“होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन”, ओझाले भने, “जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौं ।” नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ । नगरभित्रका एम्बुले

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 150 पटक पढिएको
  • विर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा प्रारम्भ

    बिर्तामोड / झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान  सहयोग गर्छन् ।यसका लागि चार वटा टेम्पो जिल्ला टाफिक प्रहरी कार्यालय विर्तामोडमा तयारी अवस्थामा राखिएको छ । नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुरयाउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए ।  नगरपालिका क्षेत्रमा बीएन्डसी, विर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजंघा र अञ्जलि हस्पिटल सञ्चालित छन् ।

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 132 पटक पढिएको
  • क्लोथ बैङ्कद्वारा घरमै बिरामीको परीक्षण

    जनकपुरधाम / जनकपुरधाममा ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएपछि क्लोथ बैङ्क जनकपुरधामले घर—घरमै परीक्षण कार्य शुरू गरेको छ । सोका लागि बैङ्कद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि  एक जना सहायक चिकित्सक परिचालन गरिएको जनाइएको छ । बैङ्कका अध्यक्ष राजीव झाका अनुसार सहायक चिकित्सकले घरमै गई अक्सिजन लेवल , ज्वरो जाँच्नुका साथै आवश्यक परे अक्सिजन जडानसमेत गर्नेछन् । सो बैङ्कद्वारा सञ्चालित होम आइसोलेसन तथा अक्सिजन बैङ्कको अभियानमा कोरोनाबाट सङ्क्रमण भएकाको सङ्ख्या ५० पुगेको छ भने बैङ्कले २७ जना बिरामीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको बताइएको छ । 

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 119 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.