गण्डकी। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपाङ्गता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । जसमा अपाङ्गता भएकाका परिवार पाँच हजार ९४६, मिर्गौलापीडित बिरामीका परिवार ४३१ र द्वन्द्वपीडित ३८२ रहेका छन् । त्यसैगरी जनआन्दोलनका घाइते २८, सहिद तथा बेपत्ता परिवारका ६३ र कास्कीमा क्रियाशील २११ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयका संयोजक जीवलाल खरेलले जानकारी दिनुभयो । “प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आर्थिक वर्ष २०८१÷८२ मा सात हजार ६१ जनाको स्वास्थ्य बीमा भएको हो
भोजपुर। भौगोलिक रूपमा विकट मानिने यहाँको हतुवागढी गाउँपालिका–४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भई सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहजता भएको छ । वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहँदै आएका यहाँका बासिन्दाले अहिले गाउँमै प्राथमिक उपचार तथा स्वास्थ्य सेवा पाउन थालेपछि राहत महसुस गरेका हुन् । दुर्गम भूगोल, कठिन पैदलमार्ग र यातायातको अभावका कारण सामान्य बिरामी हुँदा घण्टौँ हिँडेर अन्य स्थान पुग्नुपर्ने बाध्यता रहेको लुङ्थुङमा स्वास्थ्य एकाइ स्थापना भएपछि सेवा पहुँचमै आएको छ । यसअघि सानो–सामान्य रोगको उपचारका लागिसमेत जोखिम मोलेर टाढा जानुपर्ने अवस्था रहेक
काठमाडौँ। अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको विश्वव्यापी सम्मेलन ‘विमेन डेलिभर २०२६’ सम्पन्न भएको छ । अप्रिल २७ देखि ३० सम्म आयोजित उक्त सम्मेलनको अन्तिम दिन नेपाल केन्द्रित विशेषसत्र आयोजना गरिएको थियो, जहाँ नेपालको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (एसआरएचआर)को अवस्था, उपलब्धि र चुनौतीबारे छलफल गरिएको महिला, कानुन र विकास मञ्चले जनाएको छ ।नेपालसम्बन्धी उक्त विशेषसत्र मञ्च, ओरेक नेपाल र वन हर्ट वल्र्ड वाइडको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । सत्रमा नेपालमा प्रजनन स्वास्थ्य अधिकारको कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था, सामाजिक चुनौती र सुधारका सम्भावनाबारे बहुआयामिक दृष्टिक
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौँ। नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । टोखा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाभित्रका ११ वडामा वैशाख २० गतेदेखि निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।नगरप्रमुख प्रकाश अधिकारीले यसअघि अस्पताल र स्वास्थ्य केन्द्रमा मात्र सीमित रहेको यो कार्यक्रमलाई यस वर्षदेखि अझ प्रभावकारी बनाउन वडावडामा विस्तार गर्न लागिएको जानकारी दिनुभयो । उहाँले वैशाख २० गते वडा नं ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यस वर्षको कार्यक्रम शुभारम्भ गरिने बताउनुभयो । त्यसपछि प्रत्येक वडामा तीनतीन दिनको तालिका बनाएर स्वास
सिरहा। लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उहाँकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार विस्तारै धमिलिँदै गएको थियो । झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलिएको थियो । मनमा अस्पताल जाने रहर नभएको होइन, तर आर्थिक अभावले पाइला रोकिदिन्थ्यो ।“आँखा नदेख्दा आफ्नै आँगनमा हिँड्डुल गर्न पनि मुस्किल थियो”, सुकुमरियाले भन्नुभयो, “डाक्टरलाई देखाउन र अप्रेसन गर्न पैसा कहाँबाट ल्याउने ? त्यही पीरले बसिरह्यौँ ।”यस्तै समस्या थियो सोही वडाका ७० वर्षीय हिरा चौधरी र उहाँकी श्रीमती ७० वर्षीया निमानी चौधरीको पनि । बुढ्यौलीले छोपेको शरीर, त्यसमाथि गुम्दै गरेको दृष्टिल
सिरहा— आर्थिक अभावका कारण उपचार गराउन नसकेर दृष्टि गुमाइरहेका विपन्न नागरिकहरूका लागि सिरहाको लहान नगरपालिकाले निःशुल्क आँखा उपचार महाअभियान सञ्चालन गरेको छ । सगरमाथा चौधरी आँखा अस्पतालसँगको प्राविधिक सहकार्यमा सञ्चालित यस अभियानले वर्षौँदेखि अन्धकारमा बाँचिरहेका सयौँ नगरवासीको जीवनमा उज्यालो फर्काएको छ ।वैशाख १२ गते लहान नगरपालिका–१७ मा सञ्चालित निःशुल्क आँखा जाँच शिविरबाट मोतियाविन्दु पहिचान भएका ४७ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । प्रतिव्यक्ति करिब ९ हजार रुपैयाँ लाग्ने शल्यक्रिया र औषधिको सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोरेको छ ।निःशुल्क उपचार पाउनेहरूमा सोही वडाका ६० वर्षीय हरि सदा
काठमाडौं— दन्त उपचार क्षेत्रमा नेपालमै नयाँ आयाम थप्दै वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले अत्याधुनिक डिजिटल प्रविधि सञ्चालनमा ल्याएको छ। नयाँ हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिनको प्रयोगसँगै अब क्राउन, ब्रिज, इम्प्लान्ट र एबटमेन्ट जस्ता सेवा एउटै स्थानबाट छिटो, सटीक र प्रभावकारी रूपमा उपलब्ध हुने भएको छ।दन्त अर्थात दाँतका बिरामीले लामो समय कुर्नु पर्ने झन्झट अन्त्य हुँदै केही घण्टामै उपचार सम्पन्न गर्न सक्ने अस्पतालले बताएको छ । विशेषगरी, लिथियम डिसिलिकेट क्राउन करिब ९० मिनेटमै र जिर्कोनिया क्राउन तीन घण्टाभित्र तयार गर्न सकिने बताइएको छ।यसअघि प्रयोग
काठमाडौं— प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर हाल ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत छिन् । अस्पताल प्रशासनका अनुसार उनलाई चिकित्सकहरूको निरन्तर निगरानीमा राखेर उपचार भइरहेको छ।अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकका अनुसार बुधबार बिहान करिब १० बजे ठाकुरलाई अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउँदा उनी अचेत अवस्थामा थिइन् र शरीरमा चिनीको मात्रा कम भएको पाइएको थियो।उनलाई तत्काल सलाइनसहित आवश्यक उपचार प्रदान गरिएपछि अवस्था सुधार हुँदै होसमा फर्किनुभएको पाठकले जानकारी दिए। हाल थप उपचारका लागि उनलाई अस्पतालको क्याबिनमा राखिएको छ र चिकित्सकहरूको निगरानी जारी रहेको जनाइएको छ।
काठमाडौं— आधुनिक गर्भनिरोधका साधनहरुको प्रयोग दर बढ्नको सट्टामा कमी हुँंदै गएको एक तथ्याङकले देखाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले बुधबार काठमाडौंमा आयोजना गरेको ‘परिवार योजना र रणनीतिक मार्ग’ कार्यक्रममा प्रजनन स्वास्थ्य अधिकार समूह (आरएचआरडब्लुजी) का संयोजक तथा अधिवक्ता नविनकुमार श्रेष्ठले सर्वसुलभ तथा निशुल्क साधनको उपलब्ध नहुदाँ यसको प्रयोगमा कमी आएको बताए ।उनका अनुसार ‘पिछडिएका र सिमान्तकृत जस्तै अपाङ्गता, यौनिक तथा लैङ्गिक अल्पसंख्यक वर्गमा यसको पहुँच ज्याँदै न्यून रहेको छ । त्यसैगरी, दुर्गम र बसाई गरेर शहरी क्षेत्रमा आएकाहरुमा पनि प्रयोग गर्नुपर्ने चेतनाको अभाव छ । गैरसर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.