स्वास्थ्य

    Showing 1,881-1,890 of 2,048 items.
  • कैलालीमा थप ६ संक्रमितको मृत्यु

    धनगढी / कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार रातिदेखि बुधबार विहानसम्म सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना संक्रमितको मृत्यु भएको जानकारी दिए । मृत्यु भएकामध्ये कैलालीका तीन र डडेल्धुराका एक जना रहेका छन् ।कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ६७ वर्षीय पुरुष, लम्कीचुुहा नगरपालिका–१ क ३७ वर्षीय पुरुष र डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 70 पटक पढिएको
  • कोरोनाको नाममा ब्रम्हलुट : जनतालाई मृत्युको मुखमा धकेलेर कमिशन असुल्न खोज्दैछन् उद्योगि

    बिर्तामोड / देशकै ठुला उद्योगि सुरज वैद्य र विजय दुगडले कोरोनाको महामारीले मुलुक थलिएको वेला संक्रमणबाट जोगिन आवस्यक भ्याक्सीनमा कमिशन नपाउँदा समयमा नै मुलुकमा भ्याक्सिन आउन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले खुलासा गरेका छन् ।मन्त्री त्रिपाठीले हिमाल खबर पत्रकासँगको  अन्तर्वार्तामा खोप आयातमा बिचौलिया बनेर आएका उद्योगि सुरज वैद्य वैद्य र विजय दुगडले १० प्रतिशत कमिसन मागेपछि समयमा नै खोप आयात हुन नसकेको बताएका हुन् । भारतको खोप उत्पादक कम्पनी सिरमसँग सरकारले ५० लाख डोज खोप किन्ने प्रस्ताव गरेपनि खोप उत्पादक कम्पनीको नेपाल एजेन्ट बनेका उध्योगिद्धयले कमिशन खोजेपछि आयातमा

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 4,089 पटक पढिएको
  • कोरोनाको नाममा ‘ब्रम्हलुट’ : अस्पताल बनाइए तारे होटल

    बिर्तामोड / सरकारलाई आवस्यक परे आफ्ना दुई अस्पताल दिने घोषणा गरेका कांग्रेस नेता समेत रहेका सुनिल शर्मा संचालक रहेको काठमाण्डौको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले कोरोना संक्रमित बिरामीसँग चर्को शुल्क असुली गर्न थालेको छ । राजनिति अस्थिर र मुलुक कोरोनाले थलिएको बेला विराटनगर स्थित नोवेल मेडिकल कलेज र काठमाण्डौ मेडिकल कलेज कोरोना संक्रमित बिरामीको उपचारका लागि दिने घोषणा गरेर सर्वत्र वाहीवाही बटुलेका सुनिल शर्माले आफ्नो काठमाण्डौ स्थित अस्पतालमा कोरोना संक्रमित विरामीसँग अकुत असुलिरहेको सार्वजनिक भएको छ । कोरोना संक्रमित विरामीलाई क्याविन भर्ना गर्न लगाएर विरामीको ढाड सेक्ने गरी शुल्क असुल्

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 1,059 पटक पढिएको
  • एक सातामै चार गुणा बढे सङ्क्रमित

    बिर्तामोड / झापामा कोरोना सङ्क्रमितको दर ज्यादै बढेको छ । एक सातामा चार गुणा सङ्क्रमित बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार सात दिनअघि वैशाख १४ गते जिल्लामा सङ्क्रमितको सङ्ख्या १९५ रहेको थियो । तर मङ्गलबार यो सङ्ख्या बढेर ७४१ पुगिसकेको छ । यो साता ५४६ जना सङ्क्रमित बढेका हुन् ।करीब एक महिनाअघि झापामा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित सङ्क्रमितहरु देखा पर्न थालेका थिए । त्यसयता लगातार गुणात्मक रुपमा सङ्क्रमण फैलिइरहेको छ । एक महिनाअघि जिल्ला स्वास्थ्य कार्यालयले झापामा सङ्क्रमितको सङ्ख्या मात्र १३ रहेको जनाएको थियो ।विगत सात दिनम

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 83 पटक पढिएको
  • बाँकेमा थप दुई सङ्क्रमितको अस्पतालमै मृत्यु

    राँझा / बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार यही वैशाख १० गते भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका ६० वर्षीय पुरुषको गए राति ११।४५ बजे मृत्यु भएको थियो भने वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका २७ वर्षीय पुरुषको आज बिहान ४ः४० बजे मृत्यु भएको हो ।बिरामीको रोगको प्रकृतिअनुसार उपचार गर्दागर्दै पनि स्वास्थ्य अवस्

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 75 पटक पढिएको
  • मोरङमा कोरोना सङ्क्रमणबाट पाँचको मृत्यु

    मोरङ / कोरोना सङ्क्रमणबाट मोरङमा आज पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरूमा दुई महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेहरूमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चार र मोरङको बेलबारी नगरपालिकामा होम आइसोलेशनमा एक जना रहेका छन् । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । निजलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको सोही अस्पतालमा उपचारका क्रममा आज  मृत्यु भएको छ । मृतकल

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 77 पटक पढिएको
  • कोरोना संक्रमणबाट शिवसताक्षीमा एकको मृत्यु

    बिर्तामोड / झापाको शिवसताक्षीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  विएन्डसी अस्पतालमा कोरोनाको उपचार गराइएरेका शिवसताक्षी ८ का नरप्रसाद उप्रेतीको मृत्यु भएको हो ।उनलाई काठमाण्डौंको हेम्स अस्पतालबाट एकसाताअघि विर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।काठमाडौंमा रहँदा उनलाई कोराना संक्रमण भएको थियो । अस्पताल स्रोतका अनुसार उप्रेती स्वासप्रस्वास, सुगर र प्रेसर रोगबाटपनि पीडित थिए ।नेपाली सेनाको शव व्यवस्थापन टोलीले अस्पतालबाट सब ल्याएर कन्काई नदीमा दाहसंस्कार गरिएको बताइएको छ । हाल शिवसताक्षीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 75 पटक पढिएको
  • महामारीका जोखिममा एचआइभी संक्रमित

    बलेवा / बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका एक पुरुष केही वर्षदेखि एचआइभी एड्सविरुद्धको औषधि प्रयोग गरिरहेका छन् । आफूमा संक्रमण रहेको पुष्टि भएपछि उनले धौलागिरि अस्पतालको एआरटी सेन्टरमार्फत औषधि खान शुरु गरेका हुन् । औषधिको प्रयोगले उनको स्वास्थ्य त सुधार भएको छ  तर आफू संक्रमित भएको समाजले थाहा पाउला कि भन्ने त्रासले भने उनलाई पिरोलिरहन्छ । सामान्य समयमा विभिन्न बहानामा बागलुङ बजार आउने र गोप्य रुपमा एआरटी सेन्टर पुगेर औषधि लिने उनलाई अघिल्लो वर्षको बन्दाबन्दी समयमा सबैभन्दा धेरै समस्या भयो । एक दिन पनि छुटाउन नहुने औषधि बन्दाबन्दीका कारण लिन पाइएन भने समस्या बल्झेला भन्ने त्रासम

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 89 पटक पढिएको
  • भेरीमा अक्सिजन अभाव हुन नदिन ट्याङ्क जडान

    राँझा / पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ । कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो  समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए । ८२ लाख रुपैयाँको लागतमा अक्सिजन लिक्युड ट्याङ्क जडान गरिएको हो । उक्त ट्याङ्कमा ३१ हजार लिटर अक्सिजन ग्यास भर्न सकिन्छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएकाले ट्याङ्कमा अक्सिजन भण्डार गरिनेछ ।अक्सिजन आवश्यक पर्ने बिरामी थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दी

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 70 पटक पढिएको
  • अस्पतालमा अक्सिजन र एन्टिजेन किटको अभाव

    सल्यान / सल्यान अस्पतालमा अक्सिजन अभाव भएको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिलखालका कोरोना सङ्क्रमितहरु प्रभावित हुन थालेका छन् । अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि सङ्क्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ । अस्पतालमा भएका तीन वटा सिलिण्डरहरु बिग्रेको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमितहरुलाई उच्च क्षमतामा अक्सिजन दिनुपर्ने भएकाले एकै दिनमा १० वटा सिलिन्डर सकिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । “हरेक २४ घण्टामा १० वटा सिलिन्डर सकिन्छन्, बाँकीले आठदेखि १० घण्टा धान्नुपर्छ । यतिबेला बिर

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 68 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा