बिर्तामोड /  पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९५६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४२ जनामा कोराना पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पिसिआर र ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ४२१ जना र एन्टीजेटमार्फत १ हजार २१ जना संक्रमित पुष्टि भएका हुन् ।

त्यस्तै आइतबार देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ।