बिर्तामोड / करूणा फाउन्डेसन र एनआरएनले प्रदेश १ का चार जिल्लाका लागि अक्सिजन कन्सन्ट्रेटर दिएको छ । 

प्रदेश १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई अक्सिजन कन्सन्ट्रेटर पठाइएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन् । 

OM Sai Pathibhara Hospital

चार जिल्लाका लागि प्राप्त भएका अक्सिजन कन्सन्ट्रेटर  आवस्यक्ताका आधारमा वितरण गर्न मेची अभियानलाई हस्तान्तरण गरिएको शर्माले वताएका छन् ।

उनले एनआरएनले २० र करूणा फाउन्डेसनले ५ अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको जानकारी समेत गराएका छन् ।