बिर्तामोड / नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १० हजार ९०४  जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९७ जनामा कोराना पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार ६ हजार ५८३ जनाको पिसिआर र ४ हजार ३२१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार  जना र एन्टीजेटमार्फत ७१३ जना संक्रमित पुष्टि भएका हुन्।

देशभर आज ३ हजार १३० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ७७२ जना संक्रमितको मृत्यु भएको छ।