बिर्तामोड / नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १२ हजार २०४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा  ४ हजार ५२२ जनामा कोराना पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ७०३ र एन्टिजेन परीक्षणका क्रममा ८१९ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर आज ४ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ४१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना भाइरस संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको छ।