बिर्तामोड / एभोकाडो न्यानो हावापानीमा फल्ने एक प्रकारको फल हो। पछिल्लो समय नेपालमा पनि यो फलको  उपभोग बढेको छ। यो फल पाचनप्रणालीदेखि लिएर डिप्रेसन र क्यान्सरका रोगीलाई समेत फाइदाजनक मानिन्छ।

यसमा भिटामिन र खनिज तत्त्व पर्याप्त मात्रामा पाइन्छ। एभोकाडोको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ। एउटा एभोकाडोमा ६४ क्यालोरी हुन्छ। जसमा ६ ग्राम चिल्लो, ३.४ ग्राम कार्बोहाइड्रेट, एक ग्रामभन्दा कम चिनी र ३ ग्राम फाइबर हुन्छ। एभोकाडोमा भिटामिन ‘सी, ई, के, बी’ पाइन्छ।

OM Sai Pathibhara Hospital

राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ। बिटाक्यारोटिनओमेगा –३ चिल्लो एसिड पनि यसमा पाइन्छ। एभोकार्डो पूर्णरूपमा स्वास्थ्यवर्धक मानिन्छ। यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्छ।

एभोकार्डोका फाइदाहरू :

1. मुटु स्वस्थ राख्न सहयोगी

एउटा एभोकार्डोमा २५ मिलिग्राम चिल्लो हुन्छ। यसलाई बेटा–सिस्टेरोल भनिन्छ। यसमा रहेको चिल्लो पदार्थ स्वस्थवर्धक मानिन्छ। एभोकार्डो नियमित खाए रगतमा भएको कोलस्ट्रोललाई सन्तुलन राख्न सहयोग पुग्छ।

2. दृष्टि क्षमता बढाउँछ

एभोकार्डोमा लुटिन र जियाक्जाथिन गरी दुई रसायन पाइन्छ। यी रसायनले आँखाको कोषमा एन्टिअक्सिडेन्टविरुद्ध सुरक्षा प्रदान गर्छन। यी रसायनले आँखाका कोषिकालाई नष्ट हुनबाट बचाउँछन् र अल्टाभाइलेट प्रकाश प्रदान गर्छन्।

 गर्छन्।

3. शरीरबाट विकार हटाउँछ

एभोकार्डो नियमित सेवन गर्दा प्राकृतिक रूपमै शरीरमा भएको विकार निर्मूलीकरण गर्छ। यसको सेवनले शरीरमा रहेको दूषित रसायन दिसा या पिसाबको माध्यमबाट बाहिर निस्किन्छ।

4. पाचन प्रक्रियामा सहयोगी

एभोकार्डोमा पर्याप्त मात्रामा फाइबर, क्रिमजस्ता तत्त्व पाइन्छन्। फाइवर युक्त खानाले कब्जियत हुन दिँदैन र पाचनप्रणाली चुस्त बनाउँछ। पाचन प्रणाली राम्रो हुँदा आन्द्राको क्यान्सर हुने जोखिम कम हुन्छ।

5. क्यान्सर प्रतिरोधक

पर्याप्त मात्रामा यो फलको सेवनले आन्द्रा, पेट, प्याङ्क्रियाज र पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने दाबी गरिएको छ। अनुसनधानकर्ताका अनुसार यसमा रहेको ‘फोलेट’ तत्त्वले अनावश्यक सेल बढ्न दिँदैन।

क्यान्सर लाग्न नदिन र क्यान्सर लागिसकेपछि पनि उपचारमा यो फल सहयोगी मानिन्छ। केही अनुसन्धानकर्ताका अनुसार यसमा रहेको फिटोकेमिकलले बढ्न लागेका क्यान्सरका कोषलाई रोक्छ।

6. डिप्रेसनको सम्भावना कम

यसमा उच्च मात्रामा रहेको फोलेट तत्त्वले डिप्रेसन हुनबाट बचाउन सक्छ। किनकी फोलेटले होमोसिस्टाइन उत्पादन गरी मस्तिष्कमा पठाउँछ। यसले मस्तिष्कमा हुने सेरोटोनिनी, डोपामिन र नोरेनिफाइन प्रभावित गर्छ। यसले थकान, निद्रा भगाउन मद्दत गर्छ।