बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २३२  जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४७ जनामा कोराना पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार ७ हजार २३५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५७७  र ४ हजार ९९७ जनाको एन्टीजेन परीक्षण गर्दा ८९७ जना संक्रमित पुष्टि भएका हुन्।

आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९१८ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७० हजार ९५८ जना संक्रमित निको भइसकेका छन्।