स्वास्थ्य

    Showing 1,861-1,870 of 2,140 items.
  • कोरोना सङ्क्रमणबाट एकै घरका तीनको मृत्यु

    बलेवा / बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।एक हप्ताअघि

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 92 पटक पढिएको
  • आजदेखि संसद्मा दोस्रो चरणको खोप

    काठमाडौं  / दोस्रो चरणको कोरोनाविरुद्धको खोप संघीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आज (शुक्रबार)देखि लगाइने भएको छ । संघीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरिएको हो ।पदाधिकारी, सदस्यहरू, स्वकीय सचिवालयका कर्मचारी, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई फरक फरक बार तोकिएको छ । पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको अवधि पूरा गरेका, खोप लगाएपछिको अवधिमा कोरोना सङ्क्रमित भए पनि २८ दिनको समयावधि पूरा गरेका व्यक्तिले दोस्रो डोज खोप लगाउन पाउनेछन् ।शुक्रबार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 93 पटक पढिएको
  • अग्रवालद्धारा आवस्यक अक्सिजन आपुर्तिको जिम्मा लिने घोषणा

    बिर्तामोड / देशभर अक्सिजनको चरम अभाव भईरहेको र अक्सिजन नपाउँदा कोरोना संक्रमितले मृत्युवरण गर्नु परिरहेका बेला शंकर ग्याँस उध्योगका संचालक शंकर अग्रवालले सरकारले आफुलाई ५ वटा ट्याङकर उपलब्ध गराए देशभर आवस्यक अक्सिजनको आपुर्तिको जिम्मा आफुले लिने घोषणा गरेका छन् । उनले अक्सिजन अभाव सुरु भएपछि आफुले थप ट्याङकर ल्याउन कोशिस गरिरहेको भएपनि ल्याउन नसकेको जानकारी गराउँदै थप ५ वटा ट्याङकर सरकार ल्याईदिए ट्याङकरको पैसा पनि आफुले तिर्ने र देशभरको आवस्यक अक्सिजन पुर्ति गर्ने जिम्मा पनि आफुले लिने घोषणा गरेका हुन् । उनले राजधानीबाट संचालित एक अनलाईन पत्रिकासँगको कुराकानीको क्रममा त्यस्तो घोषणा

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 302 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : १ हजार ३९ संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, ते¥हथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा १३० महिला र १६६ पुरुष सहित २९६, सुन्दरहरैचामा ३०, बेलबारीमा २९, उर्लाबारीमा १३, रतुवामाईमा ९, कटहरीमा ७, सुनबर्षीमा ४, केराबारी र जहदामा ३–३, पथरीशनिश्चरे, कानेपोखरी, रंगेली र धनपालथानमा २–२, ग्रामथान, बुढीगंगा

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 366 पटक पढिएको
  • कोरोना अपडेट : आज थप ८ हज्जार ९ सय ६० जनामा संक्रमण पुष्टि, दुई सय १४ को मृत्यु

    बिर्तामोड / नेपालमा देशभर पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६०  जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४ सय ७४ जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्। २४ घण्टामा २ सय १४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ। नयाँ संक्रमित थप भएसँगै  एक लाख पाँच हजार २०७ जना सक्रिय संक्रमित रहेका छन्। ४९७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।आज देशभर पाँच  हजार ५५ जना व्यक्ति निको भएका छन्। 

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 311 पटक पढिएको
  • होम आइसोलेशनका सङ्क्रमित बढी ‘हवाई लिफ्ट’

    काठमाडौँ / कोभिड सङ्क्रमित भएर होमआइसोलेशनमा बस्नेहरुले स्वास्थ्यावस्थामा  गम्भीर ध्यानदिन आवश्यक छ । विशेष गरी समय समयमा अक्सिमिटरको सहायताले अक्सिजनका अवस्था जाँच गरिरहनुका साथै चिकित्सकका सम्पर्कमा रही आवश्यक परामर्श लिनु पर्दछ ।  पछिल्लो समय ‘हवाई बेड लिफ्ट’ भई थप उपचारार्थ झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा  पु¥याइएका अधिकाशं बिरामी होइआइसोलेशनमा नै बसेका  छन् । काठमाडौँँ लगायत प्रमुख शहरका सरकारी तथा निजी अस्पतालमा  भेन्टिलेटर सहित सघन उपचार कक्ष (आइसियू) तथा अक्सिजनको चरम अभाव भएपछि जटिल  सङ्क्रमित धमाधम बिएण्डसीमा ‘हवाई लिफ्ट’ भैराखेका हुन् । 

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 362 पटक पढिएको
  • रिपोर्ट आइसक्दा वृद्धको मृत्यु

    बलेवा / आजै कोरोना सङ्क्रमण पुष्टि भएका एक पुरुषको धवलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको आज बिहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी धवलागिरि अस्पतालमा वैशाख २८ गते भर्ना भएका थिए । बिरामी परेपछि समेत लामो समय अस्पताल आएका थिएनन् । श्वास फेर्न कठिन भएपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको बुधबार स्वाब सङ्कलन गरेर परीक्षण गरिएको थियो । आज बिहान रिपोर्ट आउने समयमा उनको उपचारका क्रममा मृत्यु भएको फोकलपर्सन घिमिर

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 112 पटक पढिएको
  • क्यान्सर अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याउने

    चितवन / विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० शय्याको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी थप १२० शय्या सञ्चालनमा ल्याउन लागेको हो ।अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शुक्रबारबाट कोभिड वार्ड सञ्चालन गर्ने तयारी गरिएको छ । अस्पतालको रेडिएशन, बच्चा, नाक, कान, घाँटी र मूत्रथैली विभागका बिरामीलाई अन्यत्र सारिँदै छ । ती विभागहरुमा बारेर मनिटरलगायतका सामान जडा

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 98 पटक पढिएको
  • अव कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्न परिवारले पाउने

    काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित भई मृत्यु भएकाको शव व्यवस्थापन गर्न परिवारलाई अधिकार दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै २५ जनाभन्दा बढी मलामी नहुने गरी मृतकको परिवारले धर्म परम्परा र संस्कृति अनुसार अन्तेष्टि गर्न पाइने व्यवस्था गरेको हो ।मन्त्रालय अन्तरगत गठन गरिएको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख डा। समिर कुमार अधिकारीका अनुसार शव व्यवस्थापन गर्न नपाएको भन्ने गुनासोपछि यस्तो व्यवस्था गरिएको बताए । हाल नयाँ भेरिएन्टसहितको कोभिड– १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ को २१ (छ) अनुसार इच्छुक मृतक

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 693 पटक पढिएको
  • ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु

    काठमाडौँ / हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको सो अनलाइनले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले बुधबारदेखि निःशुल्क परामर्श सेवा शुरु गरेको हो । एप्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उद्धवराज भेटुवालले गुगल र एप्पल स्टोरमा उपलब्ध मोबाइल एप्लिकेशनको परामर्श सेक्सनमा गएपछि आउने कोरोना कन्सल्टेशनमा प्रयोगकर्ताले बिनाशुल्क चिकित्सकसँग परामर्श गर्नसक्ने बताए । “एकपटक शुरु गरेपछि एक हप्तासम्म प्रयोगकर्ताले चिकित्सकसँग परामर्श लिन, आफ्ना रिपोर्ट पठाउन र नि

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 344 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा