स्वास्थ्य

    Showing 1,861-1,870 of 2,450 items.
  • प्रदेश १ मा कोरोना संक्रमणदर ४४ प्रतिशतले वृद्धि

    बिर्तामोड / प्रदेश नम्बर १ मा पछिल्लो केही दिनदेखि कोरोना संक्रमणदर ४४ प्रतिशतले वृद्धि भएको छ । दोस्रो लहरको सुरुवाती दिनमा कम देखिएको संक्रमण अहिले बढेको हो ।बिहीबारको तथ्याङ्कअनुसार प्रदेश नम्बर १ का जिल्लामा १४७२ को परीक्षण गर्दा ६ सय ४८ जनामा संक्रमण पुष्टि छ । अर्थात् संक्रमणदर ४४.०२ प्रतिशतमा उक्लेको छ । प्रदेश १ मा यो अहिलेसम्मकै उच्च हो । खासगरी झापा, मोरङ र सुनसरीमा संक्रमण बढेको छ । बागमती प्रदेशमा भन्दा धेरै नयाँ सङ्क्रमितको संख्या प्रदेश नम्बर १ मा थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार झापामा २४८, मोरङमा १७६ तथा सुनसरीमा १२९ जनामा संक्रमण भएको छ ।संक्रमण दर उच्च हुँ

    • प्रकाशित मितिः असार १८, २०७८
    • 210 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज ५ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ ।प्रदेश १ मा आज ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६–६, ते¥हथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १–१  र  प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।झापाको विर्तामोडमा ५४, कनकाईमा २१, दमकमा १६, भद्रपुरमा १५, मेचीनगरमा ११, अर्जुनधारामा १०, शिवसताक्षीमा ८, झापा गाउँपालिक

    • प्रकाशित मितिः असार १७, २०७८
    • 256 पटक पढिएको
  • कोरोना अपडेट : देशभर २ हजार ७ सय ६० जना संक्रमित थपिए, ३३ को मृत्यु

    बिर्तामोड / देशभर आज थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा सक्रिय सङ्क्रमितको संख्या  ३१ हजार ३६८  पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।आज देशभर ४ हजार १७३ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा ३३ जना सङ्क्रमितको मृत्यु भएको छ।

    • प्रकाशित मितिः असार १७, २०७८
    • 169 पटक पढिएको
  • भ्रष्टाचार : उपकुलपति गिरीकै लगानी रहेका अस्पतालमा ब्रम्हलुट

    धरान / बेथिति र भ्रष्टाचारमा संलग्न भएको भनेर बीपी प्रतिष्ठान धरानमा आन्दोलन जारी रहेकै समयमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीको समेत लगानीमा विराटनगरमा सञ्चालनमा रहेका अस्पतालले ठगी गरेको सार्वजनिक भएको छ ।उपकुलपति गिरी सहितको समुहको लगानीमा सञ्चालित विराटनगर अस्पताल र विराट टिचिङ अस्पतालले कोरोना सङ्क्रमितको झुटो विवरण पेश गरी सरकारबाट समेत दोहोरो रकम असुल्न खोजेको तथ्य सार्वजनिक भएको हो । बीपी प्रतिष्ठानमा आन्दोलन चलिरहँदा बेथिति र भ्रष्टाचार हुन नदिने बताईरहेका गिरीले आफुँ समेतको लगानी रहेको अस्पतालले भने सर्वसाधारण र सरकार दुवैबाट दोहोरो रकम असुल गरिरहेको खुलेको हो ।सरकारसँग कोरोना सङ्क

    • प्रकाशित मितिः असार १७, २०७८
    • 1,397 पटक पढिएको
  • आन्दोलनकारीलाई वार्तामा आउन अनुरोध

    धरान / वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्तामा आउन अनुरोध गरेका छन् । डा. गिरीले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका हुन् । गिरीले आन्दोलनरत पक्षको प्रतिष्ठान शुद्धिकरण अभियानलाई खुलाहृदयले स्वागत गर्ने पनि जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । साथै, आन्दोलनरत पक्षमा राष्ट्रप्रतिको कर्तव्य, नयाँ युगको सपना, स्वास्थ्य क्षेत्रको संवेदनशिलता प्रति अटल निष्ठा देखेको समेत खुलाएका छन् ।  प्रतिष्ठानमा विभिन्न समस्या रहेको स्वीकार गर्दै गिरीले अहिले चलिरहेको आन्दोलनले त्यसलाई

    • प्रकाशित मितिः असार १७, २०७८
    • 190 पटक पढिएको
  • देशभर थप २ हजार ८सय ९२ जनामा संक्रमण पुष्टि, ४१को मृत्यु

    बिर्तामोड  / देशभर आज थप २ हजार  ८सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ६८ परीक्षणबाट उक्त संख्यामा संक्रमण फेला परेको हो।मन्त्रालयका अनुसार मुलुकभरमा ७१८७ वटा पिसीआर परीक्षणबाट १८८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४३८१ वटा एन्टिजेन परीक्षणबाट १००३ जनामा पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५९७ जना संक्रमणमुक्त भएका छन्।  यस्तै ४१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९११२ जनाको मृत्यु भइसकेको छ।हाल ७७ जिल्लामध्ये १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा

    • प्रकाशित मितिः असार १६, २०७८
    • 159 पटक पढिएको
  • टिप्पणी : आफैँले सल्काएको आगोमा जल्दैछन् बीपी प्रतिष्ठानका पदाधिकारी ( भिडियो सहित )

    धरान / बेथिति र भ्रष्टाचारको विषयलाई मुख्य माग बनाएर धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन निर्णायक मोडमा पुगेको छ । जारी आन्दोलनका क्रममा बुधवार आन्दोलनरत चिकित्सक तथा कर्मचारीले प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।  फरक उद्देश्य र आफ्ना स्वार्थलाई प्रधान बनाएर विगत एक दशक यता हुँदै आएका आन्दोलन निरर्थक बनेका बेला यो पटकको आन्दोलन भने उपकुलपति डा. ज्ञानेन्द्र गिरीको आत्मघाती कदमकै कारण निर्णायक मोडमा पुगेको हो । नागरिक समाजको एक दशक लामो बेथिति र भ्रष्टाचार अन्त्यको माग बल्ल सम्ब

    • प्रकाशित मितिः असार १६, २०७८
    • 448 पटक पढिएको
  • बीएण्डसी सम्बन्धन प्रकृया : अनुगमन समितिमा नै लफडा

    बिर्तामोड / झापाको बिर्तामोड स्थित प्रस्तावित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिन बनाइएको अनुगमन समितिमा नै विवाद सुरु भएको छ ।सम्वन्धनका लागि चिकित्सा शिक्षा आयोगले बनाएको अनुगमन समितिमा उपाध्यक्ष डा. कृष्ण गिरी पक्षधर राखिएको विषयलाई लिएर विवाद भएको हो । बीएण्डसीका संचालक दुर्गा प्रसाईं विरुद्ध अदालतमा गिरीले दायर गरेको मुद्दामा साक्षी बसेका डा. भोजराज अधिकारीलाई सदस्य बनाएको विषयलाई लिएर विवाद भएको हो ।अनुगमन समितिका संयोजक डा. प्रकाशराज पाण्डेले आफूलाई विवादमा फसाउने गरी डा. अधिकारीलाई समितिमा राखिएको भन्दै प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेपनि विवाद सतहमा आएको हो । सम्

    • प्रकाशित मितिः असार १६, २०७८
    • 471 पटक पढिएको
  • बिपीका उपकुलपति सहित पदाधिकारी कार्यकक्षमै थुनिए

    धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. ज्ञानेन्द्र गिरी सहित प्रतिष्ठानका पदाधिकारीहरूलाई आन्दोलनरत चिकित्सक र कर्मचारीहरूले उपकुलपतिको कार्यकक्षमा थुनेका छन् ।उपकुलपतिले एक औपचारिक पत्र मार्फत आन्दोलनरत संयुक्त संघर्ष समितिलाई वार्ताका लागि  बोलाएका थिए । वार्ताका क्रममा गिरीले मादक पदार्थ सेवन गरेको पाईएको र अस्वभाविक व्यवहार देखाएपछि गिरी सहित प्रतिष्ठानका पदाधिकारीहरूलाई उपकुलपतिको कार्यकक्षमै बन्धक बनाएको समितिका सह संयोजक डा.विष्णु पोखरेलले जानकारी दिएका छन् ।उपकुलपति डा. गिरीसँगै रेक्टर प्रा. डा.गुरुप्रसाद खनाल, रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, अस

    • प्रकाशित मितिः असार १५, २०७८
    • 235 पटक पढिएको
  • देशभर थप २ हजार ६सय ३६ जनामा संक्रमण पुष्टि, २०को मृत्यु

    बिर्तामोड / देशभर आज थप २ हजार ६सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो।मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा आरटी पीसीआर र ४ हजार ४८९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ७२८ र एन्टिजेनबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो।सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

    • प्रकाशित मितिः असार १५, २०७८
    • 141 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.