बिर्तामोड  / देशभर आज थप २ हजार  ८सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ६८ परीक्षणबाट उक्त संख्यामा संक्रमण फेला परेको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ७१८७ वटा पिसीआर परीक्षणबाट १८८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४३८१ वटा एन्टिजेन परीक्षणबाट १००३ जनामा पुष्टि भएको छ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५९७ जना संक्रमणमुक्त भएका छन्।  यस्तै ४१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९११२ जनाको मृत्यु भइसकेको छ।

हाल ७७ जिल्लामध्ये १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ। मुलुकभरमा ३३ हजार ५ सय ६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।