बिर्तामोड / प्रदेश नम्बर १ मा पछिल्लो केही दिनदेखि कोरोना संक्रमणदर ४४ प्रतिशतले वृद्धि भएको छ । दोस्रो लहरको सुरुवाती दिनमा कम देखिएको संक्रमण अहिले बढेको हो ।

बिहीबारको तथ्याङ्कअनुसार प्रदेश नम्बर १ का जिल्लामा १४७२ को परीक्षण गर्दा ६ सय ४८ जनामा संक्रमण पुष्टि छ । अर्थात् संक्रमणदर ४४.०२ प्रतिशतमा उक्लेको छ । प्रदेश १ मा यो अहिलेसम्मकै उच्च हो । खासगरी झापा, मोरङ र सुनसरीमा संक्रमण बढेको छ । 

OM Sai Pathibhara Hospital

बागमती प्रदेशमा भन्दा धेरै नयाँ सङ्क्रमितको संख्या प्रदेश नम्बर १ मा थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार झापामा २४८, मोरङमा १७६ तथा सुनसरीमा १२९ जनामा संक्रमण भएको छ ।

संक्रमण दर उच्च हुँदा पनि स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम बढेको चिकित्सकहरू बताउँछन् ।