बिर्तामोड / देशभर आज थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

योसँगै नेपालमा सक्रिय सङ्क्रमितको संख्या  ३१ हजार ३६८  पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभर ४ हजार १७३ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा ३३ जना सङ्क्रमितको मृत्यु भएको छ।