धरान / वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्तामा आउन अनुरोध गरेका छन् । डा. गिरीले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका हुन् । 

गिरीले आन्दोलनरत पक्षको प्रतिष्ठान शुद्धिकरण अभियानलाई खुलाहृदयले स्वागत गर्ने पनि जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । साथै, आन्दोलनरत पक्षमा राष्ट्रप्रतिको कर्तव्य, नयाँ युगको सपना, स्वास्थ्य क्षेत्रको संवेदनशिलता प्रति अटल निष्ठा देखेको समेत खुलाएका छन् ।  

OM Sai Pathibhara Hospital

प्रतिष्ठानमा विभिन्न समस्या रहेको स्वीकार गर्दै गिरीले अहिले चलिरहेको आन्दोलनले त्यसलाई निकास दिने जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । 

उनले जारी विज्ञाप्तिमा प्रतिष्ठानमा आएको १५ महिनाको दौरानमा प्रतिष्ठावान् भई कमगर्ने क्रममा आफ्नो तर्फबाट कुनै कमजोरी भएको भए त्यस्ता कार्यको संवैधानिक अख्तियारवाला निकायबाट अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने प्रतिबद्धता पनि व्याक्त गरेका छन् । 

उपकुलपति गिरि आफूले मादक पदार्थ सेवन गरी आएको भनिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् । मङ्गलवार प्रतिष्ठानमा संयुक्त सङ्घर्ष समितिको आन्दोलनको मागको बारेमा वार्ताको क्रममा उपकुलपतिले मादक पदार्थ सेवन गरी वार्ता स्थलमा उपस्थित भएको भन्दै समितिका वार्ता टोलीले वार्ता बहिष्कार गरेका थिए ।

उपकुलपतिसहित प्रतिष्ठानका चारै जना पदाधिकारीको बहिर्गमनलाई मुख्य मुद्दा बनाउँदै आन्दोलनकारी चिकित्सक तथा कर्मचारीले उनीहरुको कार्यकक्षमा तालाबन्दी गरेकै दिन आह्वान गरेका हुन् । 

उपकुलपति गिरीले अनियमितताविरुद्ध बोल्ने चिकित्सकलाई प्रष्टिकरण सोधिएपछि वी. पी मा पछिल्लो आन्दोलन सुरु भएको थियो । प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा विभिन्न आयोगले निर्धारण गरेका मापदण्ड पालना गरेर पारदर्शी रुपमा छनोट गर्नुपर्ने आन्दोलनकारीको माग छ । 

202623161_513364336654290_3992534553178605957_n (1)