स्वास्थ्य

    Showing 1,121-1,130 of 2,504 items.
  • २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ / पछिल्लो २४ घण्टामा देशभरमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ५०८ जनाको पीसीआर र ७१४ जनाको एन्टीजेन परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको र आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् । 

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 182 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा देशभरमा थप १५ जनामा कोरोना संक्रमण

    काठमाडौँ / पछिल्लो २४ घण्टामा देशभरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा र ९९३ जनाको एन्टीजेन परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १८ जना निको भएका छन् ।हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 213 पटक पढिएको
  • कोरोना कोषबाट २ वर्षमा सरकारले गर्‍यो साढे १ अर्ब खर्च

    काठमाडौँ / सरकारले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट १ अर्ब ४९ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ। कोष स्थापना भएपश्चात दुई वर्षको अवधिमा सरकारले एक अर्ब ४९ करोड १३ लाख रुपैयाँ खर्च गरेको हो।कोरोना संक्रमण बढेपछि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले कोष खडा गरेका थिए। सरकारी बाहेक कुनैपनि संस्थाले कोरोनाको नाममा रकम उठाउन नपाउने भन्दै संघीय कोष बनाइएको थियो। उक्त कोषमा स्वेच्छिक रुपमा जुनसुकै व्यक्ति तथा संस्थाले रकम जम्मा गर्न सक्ने व्यवस्था थियो। कोषमा सरकारले व्यावसायिक संस्थाले सामाजिक उत्तरदायित्वमा खर्च गर्ने नाफाको १ प्रतिशत पनि जम्मा गर्न पाउने व्यवस्था मिलाइएको

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 234 पटक पढिएको
  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति निलम्बित

    मकवानपुर / बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ । डा. जोशीले प्रतिष्ठानबाट अस्पताललाई अलग गर्ने निर्णय गरेपछि बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उनलाई निलम्बन गरेका हुन् । उनीमाथि छानविन गर्न समिति गठन गरिएसँगै जोशी निलम्बित भएको बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भुसालले जानकारी दिए । जोशीलाई केही समय अघिबाटै पदबाट हट्न दबाब आइरहेको थियो ।उपकुलपति प्रा. डा. जोशीले पदीय जिम्मेवारी पूरा नगरेको लगायतका आधार उल्लेख गरी प्रतिष्ठानको सभाका एकचौथाइ सदस्यले लि

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 288 पटक पढिएको
  • अवैध रुपमा क्लिनिक सञ्चालन गर्दै आएका दुई नक्कली चिकित्सक मोरङबाट पक्राउ

    मोरङ / मोरङका दुई छुट्टाछुट्टै स्थानबाट अवैध रुपमा क्लिनिक सञ्चालन गर्दे आएका दुई जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक २७ वर्षीय पर्सनजित बर्मन र २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको हो । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजत पत्र प्राप्त नगरेका ब्यक्तिहरूले क्लिनिक सञ्चालन गरी चेकजाँच समेत गर्ने गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बर्मनले पथरी शनिश्चरे नगरपालिका –१ मा श्र

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 208 पटक पढिएको
  • डब्लूएचओका महानिर्देशकको प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता

    काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा गेहब्रेयसले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै डब्लूएचओले नेपाललाई खोप वितरण गरी महत्त्वपूर्ण सहयोग गरेको बताए । प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि महानिर्देशक डा टेड्रोसलाई आग्रह गरेका छन् । महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइ

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 176 पटक पढिएको
  • अब प्रत्येक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज

    झापा / सरकारले हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज स्थापनाको काम अघि बढाएको छ । चिकित्सा क्षेत्रमा जनशक्ति अभाव हुन नदिन र ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्ने योजना अनुसार मेडिकल कलेज स्थापनाको काम अघि बढाएको हो । २०८० सालसम्ममा हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने व्यवस्था चिकित्सा शिक्षा ऐन मै छ । शिक्षा मन्त्रालयले भने हरेक प्रदेशमा मेडिकल कलेज र प्रतिष्ठान गरि दुई–दुई वटा स्थापना गर्न लागेको हो । त्रिभुवन र काठमाडौं विश्वविद्यालयका २१ वटा मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको पढाइ हुन्छ । त्यसमध्ये महाराजगन्ज र सेनाको मेडिक

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 215 पटक पढिएको
  • अब कोसी अस्पतालमै बच्चाको क्यान्सरको उपचार

    विराटनगर / मोरङको विराटनगरस्थित कोसी अस्पतालले कान्ति बाल अस्पतालसँगको सहकार्यमा बच्चाको क्यान्सरको उपचार सेवा सुरु गरेको छ ।कान्ति बाल अस्पतालबाट बच्चाका क्यान्सर रोग विशेषज्ञ डा. विश्व गिरीसहितको टिम आएपछि अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु गरेको हो ।क्यान्सरको उपचारको लागि कोसी अस्पतालका बालरोग विशेषज्ञ डा. रामनारायण चौधरीको नेतृत्वमा टिम रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए । क्यान्सर लागेका बिरामी बच्चालाई काठमाडौं लानुपर्ने भएकोमा अव त्यो झन्झटबाट मुक्त भएको मेडिकल सुपरिटेन्डेन्ट खरेलको भनाइ छ । खरेलका अनुसार अस्पतालमा मानव अङ्ग प्रत्यारोपण केन्द्रसँग सह

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 183 पटक पढिएको
  • बीपी नेल बिक्री प्रकरण : छानबिन समितिका संयोजक डा. वस्तीद्धारा राजिनामा

    धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नेल बिक्री प्रकरणको छानबिन समितिका संयोजक तथा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. हरिहर वस्तीले पदबाट राजिनामा दिएका छन् । बीपी प्रतिष्ठानको छानबिनपश्चात् असन्तुष्टि जनाउँदै आएका डा. वस्तीले काउन्सिलको निर्णयप्रति असन्तुष्ट जनाउँदै पदबाट राजिनामा दिएका हुन् । शुक्रबार काउन्सिलका अध्यक्षमार्फत नेपाल सरकारलाई राजीनामा पत्र बुझाएको डा. वस्तीले जानकारी दिए । गत पुष २७ गते सिरहा कल्याणपुर नगरपालिका –११ का ललितकुमार साहको खुट्टाको शल्यक्रियामा कुन रड लगाउने भन्ने विषयमा डा. कलवारको समूहमा विवाद उत्पन्न भएको थियो । उक्त घटनाको

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 207 पटक पढिएको
  • भारतमा तीब्र रूपले बढ्दै कोरोना संक्रमण

    झापा / भारतमा  पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ सय ७५ जना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान दिएको जानकारी अनुसार कोरोना सङ्क्रमणको गति तीब्र रूपले बढिरहेको छ ।मन्त्रालयका अनुसार शुक्रबार भारतमा चार जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको थियो ।योसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ करोड ३० लाख नाघेको छ । सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.