विराटनगर / मोरङको विराटनगरस्थित कोसी अस्पतालले कान्ति बाल अस्पतालसँगको सहकार्यमा बच्चाको क्यान्सरको उपचार सेवा सुरु गरेको छ ।

कान्ति बाल अस्पतालबाट बच्चाका क्यान्सर रोग विशेषज्ञ डा. विश्व गिरीसहितको टिम आएपछि अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु गरेको हो ।

OM Sai Pathibhara Hospital

क्यान्सरको उपचारको लागि कोसी अस्पतालका बालरोग विशेषज्ञ डा. रामनारायण चौधरीको नेतृत्वमा टिम रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए । 

क्यान्सर लागेका बिरामी बच्चालाई काठमाडौं लानुपर्ने भएकोमा अव त्यो झन्झटबाट मुक्त भएको मेडिकल सुपरिटेन्डेन्ट खरेलको भनाइ छ । 

खरेलका अनुसार अस्पतालमा मानव अङ्ग प्रत्यारोपण केन्द्रसँग सहकार्य गरेर मिर्गौला प्रत्यारोपणको पनि तयारी भइरहेको छ । 

कोशी अस्पतालमा बिरामीको चाप बढेको भन्दै आईसीयुका शैय्या पनि वृद्धि गरिएको छ । १२ बेडको रहेको आईसीयु कक्ष ५० शैय्यामा पुर्‍याएको बताइएको छ ।