झापा / भारतमा  पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ सय ७५ जना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान दिएको जानकारी अनुसार कोरोना सङ्क्रमणको गति तीब्र रूपले बढिरहेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार भारतमा चार जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको थियो ।
योसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ करोड ३० लाख नाघेको छ । सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ ।