काठमाडौँ / पछिल्लो २४ घण्टामा देशभरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा र ९९३ जनाको एन्टीजेन परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १८ जना निको भएका छन् ।
हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।