काठमाडौँ / सरकारले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट १ अर्ब ४९ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ। 

कोष स्थापना भएपश्चात दुई वर्षको अवधिमा सरकारले एक अर्ब ४९ करोड १३ लाख रुपैयाँ खर्च गरेको हो।

OM Sai Pathibhara Hospital

कोरोना संक्रमण बढेपछि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले कोष खडा गरेका थिए। सरकारी बाहेक कुनैपनि संस्थाले कोरोनाको नाममा रकम उठाउन नपाउने भन्दै संघीय कोष बनाइएको थियो। 

उक्त कोषमा स्वेच्छिक रुपमा जुनसुकै व्यक्ति तथा संस्थाले रकम जम्मा गर्न सक्ने व्यवस्था थियो। कोषमा सरकारले व्यावसायिक संस्थाले सामाजिक उत्तरदायित्वमा खर्च गर्ने नाफाको १ प्रतिशत पनि जम्मा गर्न पाउने व्यवस्था मिलाइएको थियो। 

यो कोषको रकम हालसम्म ६ वटा निर्णयबाट खर्च गरिएको महालेखा नियन्त्रक कार्यलयले जनाएको छ। जसअनुसार पछिल्लो पटक चैत ९ गते २४ लाख खर्च गर्ने निर्णय भएको छ। अब कोषमा २१ करोड ५८ लाख बाँकी रहेको छ।