काठमाडौँ / पछिल्लो २४ घण्टामा देशभरमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

२ हजार ५०८ जनाको पीसीआर र ७१४ जनाको एन्टीजेन परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको र आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् ।