म्याग्दी / कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषक मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्न व्यस्त भएका हुन् ।निषेधाज्ञामा शहरबजारसँगै ग्रामीण क्षेत्रसमेत सुनसान भइरहेको बेलामा मङ्गला गाउँपालिका–३ बरङ्जा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार मह
सोलुखुम्बु / सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहुँदा सोही स्थानमा छाडिएको थियो । वसन्त याममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी उक्त शव क्याम्प २ मा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको बताइएको छ ।राहदानी नं ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको प
सप्तरी / रुपनी गाउँपालिका –१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ । गाउँपालिकास्थित युनिक अस्पतालले रेफर गरेपछि रामदललाई उपचारका लागि बिहीबार विराटनगर लगिएको थियो । मादक पदार्थ र नशालु पदार्थ खाएका आरोपितले बुधबार राति धारिलो
सर्लाही / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिएपछि सर्लाहीका वनहरुमा तस्कर र शिकारीको बिगबिगी बढेको छ । जिल्लाको वनक्षेत्रमा वन तस्कर र शिकारीले निषेधाज्ञाको मौका छोपी तस्करी सिकारी बढाएका छन् । जिल्लाको लालबन्दी, इश्वरपुर, हरिपुर्वा र वरथवा नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २५ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ । निषेधाज्ञाको मौका छोपी वन क्षेत्रमा तस्कर र शिकारीले जङ्गली जनावर र वनजन्य पदा
बुधबारे / बुधबारे जेसीजले कोरोना संक्रमितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । बुद्धशान्ति गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेशन केन्द्रमा रहेको संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर बुधबारे जेसीजले सोमबार २५ हजार रुपैँया सहयोग गरेको हो ।सो रकम बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेललाई हस्तान्तरण गरिएको रकम हस्तान्तरण कार्यक्रमका संयोजक समेत रहेका बुधबारे जेसीजका उपाध्यक्ष विनोद रिजालले जानकारी दिए । रकम लिँदै गाउँपालिका अध्यक्ष भुजेलले कोरोना संकटका बेला बुधबारे जेसीजले खेलेको भूमिका र गरेको सहयोगको प्रशंसा गरेका छन् । रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले
मोरङ / मोरङको बिराटनगर –१६ दरैया स्थितबाट लागूऔषध सहित प्रहरीले १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४३ बर्षीय सजजु साही रहेका छन् । उनलाई आईतबार बेलुका ९ बजे दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले डाइलेक्स डिइ –२ बोतल, निट्रभिट –३० ट्याब्लेट, स्प्यास्मो प्रोक्स्योभन पलस –८ ट्याब्लेट सहित पक्राउ गरिएको छ । पक्राउ परेका साहीलाई माथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
बिर्तामोड / झापा अर्जुनधारा नगरपालिका –११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । आईतबार बेलुका साढे ४ बजे साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो । घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणीबाट प्रहरी टोली खटि गई तामाङसंग गएका साथीहरु सोही स्थानका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
किमाथाङ्का / सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए ।च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए । गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिकासमेत बिरामी भएको थियो ।
चितवन / चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका –२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट एउटा बोलेरो जीप, दुई स्कुटर, दुई क्विन्टल माछा र ४४ थान तियारी जाल बरामद गरिएको छ । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा लगाई कानूनी कारबाही गरिने निकुञ्जले जनाएको छ ।
हुम्ला / केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् ।वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेको भए पनि अत्यधिक हिमपात हुँदा घरमा ल्याउँदै गर्दा १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिए । बाँकी बाख्रासमेत झोक्राएर बस्ने गरेको उनको दुःखेसो छ । उपचारका लागि सम्बन्धित
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.