काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकै दिन व्यापक कारबाही चलाएको छ। पछिल्लो २४ घण्टामा २ हजार ६६ जना सवारी चालक ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्।
कारबाहीबाट १८ लाख ६० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
सबैभन्दा बढी कारबाही अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २ सय ३७ चालकलाई गरिएको छ। त्यसपछि लेन मिच्ने, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने, ट्राफिक बत्ती नमान्ने, तीव्र गतिमा सवारी चलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक पनि कारबाहीको सूचीमा परेका छन्।






































