पनौती— राष्ट्रप्रेम र शिवभक्तिको प्रतीक बनेको कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा मंगलबार ६.५ केजी शुद्ध चाँदीको “निशानी” भव्य रूपमा अनावरण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र श्री १००८ स्वामी रमणानन्द जी महाराजको संयुक्त हस्तबाट अनावरण गरिएको यो निशानी धार्मिक मात्र नभई राष्ट्रिय गौरवको परिचायकका रूपमा प्रस्तुत गरिएको छ।यसअघि विश्वकै अग्लो त्रिशूल निर्माण, ७७ जिल्लामा रथयात्रा र राष्ट्रिय कोटिहोम जस्ता ऐतिहासिक कार्यहरू सम्पन्न गरिसकेको लड्केश्वर धामले यो अनावरणमार्फत आफ्ना गतिविधिहरूमा थप ऐतिहासिक अध्याय थपेको हो।उक्त कार्यक्रममा प्रा.डा. भवानी खतिवडा, भारतका ना
विराटनगर— सुनसरीको दुहबी नगरपालिका–४, शिव मन्दिर चोकस्थित एक निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान करिब १० बजे उनीहरू मृत फेला परेका हुन्।मृतकहरूमा दुहबी नगरपालिका–२ का ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन्। तामाङ सो घर निर्माणका पेटी ठेकेदार हुन् भने राई कामदारका रूपमा कार्यरत थिए, मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।घटना स्थलमा प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार घटनाको स्पष्ट कारण नखुलेको बताइएको छ।घटनाको थप अनुसन्धा
उदयपुर— उदयपुरमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका आठजना बिरामी परेका छन्। चौदण्डीगढी नगरपालिका–९ अजगरामा विषालु जंगली च्याउको तरकारी खाँदा आठ जना बिरामी परेका हुन्।बिरामी हुनेहरूमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र वर्ष ५५ का लल्कु सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।सदा परिवारले मङ्गलबार बिहान घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारीसँग खाना खाएका थिए। त्यसपछि उनीहरूलाई बान्ता हुने, टाउको दुख्ने जस्ता समस्या देखिएको थियो।बिरामी मध्ये गवनी सदा, गीता सदा
विराटनगर— सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री गएराति कारागारबाट भागेका हुन् ।जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् ।सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी २०८१ साउन २१ गतेदेखि कारागारमा थिए ।घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन सम
काठमाण्डौं— न्याय परिषद्को सिफारिसमा नियुक्त भएका उच्च अदालतका २७ जना नयाँ न्यायाधीशहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालत परिसरमा आयोजित विशेष समारोहमा प्रधान न्यायाधीश विष्वम्भर प्रसाद श्रेष्ठले उनीहरूलाई शपथ गराएका हुन्।शपथपछि न्यायाधीशहरू न्याय सेवा प्रशिक्षण केन्द्र, हरिसिद्धिमा आयोजना हुने एक महिनाको आधारभूत तालिममा सहभागी हुनेछन्। तालिमको उद्देश्य न्याय सम्पादनमा आवश्यक कानुनी ज्ञान, आचरण र व्यावहारिक सीप अभिवृद्धि गर्नु रहेको बताइएको छ।नवनियुक्त न्यायाधीशहरूलाई संविधान, मानव अधिकार, न्यायिक आचारसंहिता, सूचना प्रविधिको प्रयोग, र कानुनी भाषाको शुद्ध प्रयोगजस्ता विषयमा व
उदयपुर— बालयौन दुव्र्यवहार र जबर्जस्ती करणीका दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।त्रियुगा नगरपालिका–११ बरुवाटारमा डेरा गरी बस्ने ७ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बरुवाटारका ४५ वर्षीय शुुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारमान दोङले जानकारी दिए ।केही दिनअघि राति १० बजेतिर घरनजिकै बालिकालाई जबर्जस्ती करणी गरेको जानकारी आएपछि प्रहरीले खोजतलासका क्रममा राईलाई घरबाटै नियन्त्रणमा लिई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुर
चितवन – नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख इन्जिनियर शालिकराम लम्साललाई मोसो दलेर दुर्व्यवहार गर्ने जिल्ला सेक्रेटरी ‘दिपक’ भन्ने भीमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार घटनामा संलग्न अन्य दुई व्यक्तिको खोजी भइरहेको छ । पक्राउ परेका खड्काबाट ९ थान पर्चा बरामद भएको छ । उक्त पर्चामा ‘शालिकराम लम्साललाई कारबाही किन नगर्ने ?’ जस्ता शब्द लेखिएका छन् ।एसपी पुरीका अनुसार पक्राउ परेका खड्काविरुद्ध अभद्र व्यवहार मुद्दामा आज म्याद थप गरिँदैछ । मंगलबार मोसो दल्नुअघि धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले लम्सालसँग चन्दा मागेको थिय
अर्घाखाँची— अर्घाखाँची जिल्लामा भैंसीलाई क्रूरतापूर्वक सानो गाडीमा अटाएर ओसारपसार गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।धारापानीबाट सन्धिखर्क हुँदै बुटवलतर्फ जाँदै गरेको बोलेरो सिङ्गल क्याब गाडीमा चारवटा भैंसीहरूलाई अत्यन्तै अमानवीय तरिकाले कोचेर लैजाने क्रममा सन्धिखर्क नगरपालिका–२ स्थित घोचेखोलामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका–६ का २३ वर्षीय सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका–२ निवासी १८ वर्षीय क्रिस बानिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार उनीह
कञ्चनपुर — कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ।गत असार महिनामा कृष्णपुर नगरपालिका निवासी कमला दमाइको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पको डसाइबाट मृत्यु भएपछि प्रशासनले कडा कदम चालेको थियो। सो घटनापछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउगोठ हटाउन निर्देशन दिएको थियो।त्यसअनुसार विभिन्न पालिकाले अभियान चलाउँदै हालसम्म ३९ छाउगोठ हटाइसकेको स्थानीय प्रशासनले जानकारी दिएको छ।
काठमाडौँ —गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् ।प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो ।१ साउन २०८१ देखि ३२ असार २०८२ सम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी बागमतीमा प्रदेशमा ३८ वटा घटना भएका छन् ।त्यसैगरी, मधेश प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देशबाहिर एक घटना भएका छन् । लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ ।समीक्षा अवधिमा बागमती
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.