समाज

    Showing 9,111-9,120 of 11,162 items.
  • नेपाली पौरखी हातले तयार ‘जुजु धौै’ : विदेशी समेत झुम्मिन्छन्

    काठमाडौं -  आज ‘असार १५’ अर्थात ‘राष्ट्रिय धान दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ । नेपाली कृषिमा महत्वपूर्ण मानिने यस दिनलाई धान दिवसको रूपमा मनाइन्छ भने सांस्कृतिक रूपमा दही–चिउरा खाएर उत्सव मनाउने परम्परा पनि रहेको छ ।असार १५ लाई परम्परागत रूपमा रोपाइँको चरम समयको संकेतको रूपमा लिइन्छ । यही अवसरमा किसानहरू धान रोप्दै, एकआपसमा हिलो छ्यापाछ्याप गर्दै, लोकगीत गाउँदै रमाइलो गर्ने गर्दछन् । यस दिनको विशेषता स्वरूप नेपालीहरू दही र चिउरा, केरा, आँप आदि फलफूल मिसाएर खाने गर्छन् । यो चलनलाई शुभकामनाका रूपमा लिइन्छ – खेती सप्रोस्, वर्षा राम्रो होस् भन्ने विश्वास रहेको छ ।तर आज मनाइने धान दिवस र

    • प्रकाशित मितिः असार १५, २०८२
    • 466 पटक पढिएको
  • बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— प्रहरीले ललितपुरको एकान्तकुनाबाट बलात्कार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका २३ वर्षीय अमृत गैरे भन्ने अमृत सार्कीलाई पक्राउ गरेको छ । गैरे बलात्कार मुद्दामा फरार प्रतिवादी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए । गैरेलाई आइतबार पक्राउ गरेर अनुसन्धान थालिएको एसपी बोहराको भनाइ छ ।

    • प्रकाशित मितिः असार १५, २०८२
    • 553 पटक पढिएको
  • आजदेखि महासंघले तोक्न छाड्यो सुनचाँदीको कारोबार मूल्य, कारण यस्तो

    काठमाडौं— नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न बन्द गरेको छ ।सरकारले लगाएको करको विरोधमा सुनचाँदी व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएपछि महासंघले बजाउ भाउ तोक्न बन्द गरेको हो । महासंघले आइतबारदेखि सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न छाडेको छ।आर्थिक वर्ष २०८२/८२ को बजेटमार्फत सरकारले सुनमा २ प्रतिशत विलासिता कर लगाएको छ भने हिरा र बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ। सो भ्याट खारेज गर्नुपर्ने मागसहित शुक्रबारदेखि व्यवसायीहरुले पसल बन्द गरी आन्दोलन गरिरहेका छन्।देशभरकै पसल बन्द भएपछि सुनचाँदीको कारोबार मूल्य निर्धारण नगर्ने निर्णय भएको ने

    • प्रकाशित मितिः असार १५, २०८२
    • 669 पटक पढिएको
  • लागुऔषध प्रयोगकर्ताको नयाँ उपायः भुस प्रयोग गरेर २ क्विन्टलभन्दा बढी गाँजा लुकाएर लैजाँदै गरेका ४ जना पक्राउ

    बारा— बारा प्रहरीले विशेष सुराकीका आधारमा भुसले छोपेर लुकाइएको ठुलो परिमाणको गाँजासहित चार जनालाई पक्राउ गरेको छ। शनिवार बिहान वीरगञ्ज र बाराको सिमानास्थित गण्डक चोकबाट प्रहरीले सो लागुऔषध गाँजा बरामद गरेको हो।प्रहरीका अनुसार बागमती प्रदेश–३–०१–२४ च ४६३० नम्बरको पिकअप भ्यानमा लुकाएर लैजाँदै गरिएको २ क्विन्टल १२ किलो गाँजा बरामद गरिएको छ। साथमा गाँजा तस्करीमा प्रयोग भएको बागमती प्रदेश–२–०२७ प २७०० नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नं ४ का रवि कार्की, वडा नं १२ का वीरबहादुर मोक्तान, हेटौंडा–१४ का साजन मोक्तान र धादिङको खाक्रे गाउँपालिका निवा

    • प्रकाशित मितिः असार १५, २०८२
    • 711 पटक पढिएको
  • डिजे बजाई नाच्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

    मोरङ— बिवाहमा डिजे बजाई नाच्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर महानरपालिका–१८ का १७ बर्षीय बालक अमित यादव रहेका छन् ।शनिबार बिहानको राती साढे १ बजे बिवाहमा डिजे बजाई नाच्ने क्रममा अचानक डिजेको तारबाट करेन्ट प्रवाह भई अमित घाईते भएका थिए ।  घाइते यादवलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असार १५, २०८२
    • 628 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

    सुनसरी— सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध ब्राउन सुगरसहित ७ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले असार १३ गतेको चेकजाँच अभियानका क्रममा ब्राउन सुगरको कारोबारमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरूमा धरान—११ निवासी १९ वर्षीय सुअन तामाङ, २७ वर्षीय मिसन राई, धरान१५ निवासी ३२ वर्षीय रोमन शाही, २५ वर्षीय अरुण मण्डल, ३० वर्षीय सागर तामाङ, र ३१ वर्षीय प्रस्ताव राई रहेका छन्। उनीहरूको साथबाट २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र ओसारपसारमा प्

    • प्रकाशित मितिः असार १५, २०८२
    • 652 पटक पढिएको
  • पूर्व उपप्रधान तथा गृहमन्त्री सिटौलाद्वारा प्राविधिक शिक्षालयको शिलान्यास

    झापा— जिल्लाको बनियानीमा पूर्व उपप्रधान तथा गृहमन्त्री एवम्  संविधानसभा सदस्य कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक व्यवस्था बिश्वकै उत्कृष्ट व्यवस्था भएकोले नेपालले निरंकुशता विरूद्ध लामो संघर्षपछि हासिल गरेको बताएका छ । उनले यो व्यवस्थालाई बलियो नबनाई मुलुक र जनताको हित र संमृद्धि हासिल हुन नसक्ने बताएका छन् ।झापाको बानियाँनीमा कचनकवल प्राविधिक शिक्षालयको सिलान्यास गर्दै प्रमुख अतिथि सिटौलाले नयाँ व्यवस्थामा पुरानो सोचले काम गर्न नसक्ने दाबी गर्दै नयाँ चिन्तन र सोच अनिवार्य रहेको धारणा राखे। प्राविधिक  शिक्षाले दक्ष जनशक्ति उत्पादन गरी युवाहरुको कार्य क्षमता र आम्दानी समेत बढाउने 

    • प्रकाशित मितिः असार १५, २०८२
    • 459 पटक पढिएको
  • ७५ किलोग्राम गाँजा सहित तीन जना पक्राउ

    विराटनगर— लागू औषध गाँजा सहित तीन जना विभिन्न स्थानबाट पक्राउ परेका छन्। प्रहरीको सक्रियता तथा चेकजाँचका क्रममा विराटनगर, झापा र सुनसरीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित प्रहरी चौकी भरौलको टोलीले असार १२ गते चेकजाँचका क्रममा को. १ ह ९५१० नम्बरको अटोभित्र लुकाइछिपाइ राखिएको ७५ किलोग्राम गाँजा बरामद गरेको छ। उक्त अटो चालक, ईटहरी उपमहानगरपालिका–१० निवासी ४५ वर्षीय सुरतलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–६ की ५९ वर्षीया अमृत माया लिम्बु र इलाम नगरपालिका–१२ घर भई हाल अर्जुनधारा–१ मा निर्माणाधीन पुलमा काम गरिरह

    • प्रकाशित मितिः असार १५, २०८२
    • 611 पटक पढिएको
  • सुर्यविनायकमा टिप्पर अनुगमनका क्रममा तनाव, महिला पत्रकारमाथि दुर्व्यवहारको आरोप

    भक्तपुर— सुर्यविनायक नगरपालिका–५ स्थित कटुन्जे क्षेत्रमा स्थानीय नियम विपरीत गएराति ९ बजे अघि सञ्चालनमा आएको टिप्पर अनुगमन गर्ने क्रममा सुर्यविनायक–कटुन्जे प्रहरी चौकी र स्थानीयबीच अवस्था तनावपूर्ण बनेको छ। नियम कार्यान्वयन गर्न खोज्दा प्रहरीको कदम सराहनीय देखिए पनि त्यसपछि देखिएको व्यवहारले विवाद निम्त्याएको हो।प्राप्त जानकारी अनुसार, गएराति करिब ८ः३० बजे सवारी चालकले आवश्यक कागजात नदेखाएपछि प्रहरी र चालकबीच भनाभन भएको थियो। प्रहरी र चालकबीच भनाभन भएपछि स्थानीय बासिन्दाहरू सडकमा आएर घटनास्थल घेरेका थिए। घटनामा चर्को स्वर सुनिएपछि नजिकै बसोबास गर्ने दुई महिला पत्रकार घटनास्थलमा पुगेर घटना

    • प्रकाशित मितिः असार १५, २०८२
    • 895 पटक पढिएको
  • १२ जिल्लामा दुई दिन भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

    काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका पश्चिमी भागका १२ जिल्लामा आइतबार र सोमबार भारी वर्षाको सम्भावना रहेको बताएको छ। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा ती जिल्लाहरूमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जानकारी दिए ।जोखिममा परेका जिल्लाहरूमा सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ रहेका छन्। यस्तै, अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जना

    • प्रकाशित मितिः असार १५, २०८२
    • 540 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.