समाज

    Showing 8,051-8,060 of 11,162 items.
  • अवैध रुपमा गोरु लैजाँदै गरेको ट्रक बर्दघाटमा नियन्त्रणमा

    परासी— पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १८ ओटा गोरुसहित तस्करीमा प्रयोग गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ।बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ९१७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र १८ वटा गोरु फेला पारेको थियो। तीमध्ये एक गोरु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।गोरुलाई सुनवल नगरपालिका–३ कीर्तिपुरस्थित कामधेनु गौशालामा बुझाइएको छ।घटनामा संलग्न ट्रक चालक मकवानपुर, हेटौंडा–१९ बस्तिपुरका २८ वर्षीय तोयनाथ शिवाकोटीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 798 पटक पढिएको
  • २७ किलो गाँजासहित एक युवक जना पक्राउ

    सर्लाही— इलाका प्रहरी कार्यालय लालबन्दीले २७ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–१४ कामिटार २० वर्षीय सन्ते ब्लोनलाई गाँजासहित  प्रहरीले पक्राउ गरेको हो । बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको खानतलासीका क्रममा उक्त गाँजा बरामद भएको प्रहरी नरिीक्षक बिरेन्द्र जोहारीले जानकारी दिए । ब्लोन गाँजाका पाँच पोका राखिएका दुई वटा झोलासहित पक्राउ परे पनि उनीसँगै रहेका एक युवक भने फरार भएका बताइएको छ ।  प्रहरी निरीक्षक जोहारीले मोटरसाइकलसहित पक्राउ परेका ब्लोनमाथि अनुसन्धान अगाडि बढाइएको बताएका छन् ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 534 पटक पढिएको
  • धितोपत्र बोर्डले माग्यो वरिष्ठ निर्देशकसहितका कर्मचारी (सूचनासहित)

    काठमाडौं— नेपाल धितोपत्र बोर्डमा जागिर खुलेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बोर्डले ५ जना कर्मचारी माग गरेको छ । जसमा बोर्डले सहायक निर्देशक ३ जना र वरिष्ठ सहायक २ जना कर्मचारी मागेको छ । जागिर गर्ने चाहनेले शुक्रबार (भदौ १३ गते) देखि असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म आवेदन दिन मिल्ने छ । परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ छ । परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 534 पटक पढिएको
  • आज सुनको मूल्य प्रति तोला २ लाख भन्दा बढी पुग्यो

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्य तोलाकै २ लाख पुगेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य बढेर २ लाख नाघेको हो । यो मूल्य हालसम्मकै उच्च हो । सुनको मुल्य तोलामा १२ सयले बढेको छ भने चाँदी ५ ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६ सय निर्धारण भएको छ । चाँदी दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ ।हिजो एक तोला सुन एक लाख ९९ हजार ४००मा किनबेच भएको थियो भने चाँदी रु दुई हजार ३५० मा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 655 पटक पढिएको
  • घाँस काट्न गएकी महिलाको भिरबाट लडेर एक महिलाको मृत्यु

    दार्चुला— दार्चुलामा घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ । नौगाड गाउँपालिका–६ खालिडाडामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको हो।५० वर्षीया ऐति धामी घाँस काटेर घर फर्कने क्रममा घरनजिकैको जंगलमा सन्तुलन गुमाएर भीरबाट लडेकी हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी छत्र रावलले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 615 पटक पढिएको
  • राष्ट्रिय अनुसन्धान विभागमा जागिरको अवसर

    काठमाडौं— राष्ट्रिय अनुसन्धान विभागले ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।विभागले ४० जना अनुसन्धान अधिकृत र ५० जना अनुसन्धान सहायक गरी कुल ९० जना माग गरेको हो । विभागले शुक्रबार (भदौ १३ गते) देखि असोज १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १९ गतेसम्म आवेदनका लागि समय दिएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 659 पटक पढिएको
  • छाउगोठमा सुतिरहेका दुई जनाको ढुङ्गाले किचेर मृत्यु, एक घाइते

    अछाम— अछामको पञ्चदेवल विनायक नगरपालिका–८ स्थित छाउगोठमा सुतिरहेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ। एक जना घाइते भएकी छन्।३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की सात वर्षीया कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनीहरू छाउपडी प्रथाका कारण गोठमा सुतिरहेका बेला अचानक ढुङ्गा खसेको जनाइएको छ।कविताकी आमा भने घाइते भएकी छन्। उनलाई तत्कालै नजिकको स्वास्थ्यचौकीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।घटनाको जानकारीपछि प्रहरी निरीक्षक टेकबहादुर देउवाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी प्रमुख ओमप्रकाश खनाल

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 530 पटक पढिएको
  • बिमा सेवा नपाउँदा बाँसगढीका बिरामीहरु उपचार गर्न बाँके जान बाध्य

    बर्दिया— स्वास्थ्य बिमा गरेका बाँसगढी नगरपालिकाका बासिन्दालाई स्थानीय स्तरमै सेवा नपाउँदा उपचारका लागि बाँकेको अस्पताल धाउनु पर्ने बाध्यता कायम रहेको छ। नगरपालिकाका स्वास्थ्य संस्थामा बिमा कार्यक्रम लागु नभएकाले बिरामीहरूले सहज सेवा पाउन सकेका छैनन्।बाँसगढी नगरपालिकामा दक्ष चिकित्सक र सुविधासम्पन्न अस्पतालको अभाव छ। यही कारणले स्थानीयहरू सामान्य चेकजाँचदेखि विशेष उपचारका लागि पनि बाँकेको वैजनाथ स्वास्थ्य केन्द्र, कोहलपुर मेडिकल कलेज वा भेरी अस्पताल, नेपालगञ्ज जानुपर्ने अवस्था छ।हालसम्म बाँसगढीमा १९ हजार ७७८ जनाले स्वास्थ्य बिमा गरेका छन्। तीमध्ये तीन हजार ८२ जना ज्येष्ठ नागरिक छन्। स्वास्थ्य ब

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 767 पटक पढिएको
  • देशका सबै स्थानीय तहमा सरकारले खटायो प्रमुख प्रशासकीय अधिकृत

    काठमाडौं— निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित देशभरका सबै स्थानीय तहमा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले देशका कुनै पनि नगरपालिका र गाउँपालिका अब निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गरेकी छन्।निमित्तको भरमा सञ्चालित देशभरका दुईसय पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी मन्त्री न्यौपानले सामाजिक सञ्जालमार्फत दिएकी छन्। ‘सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ। यो काममा म निरन्तर लागिरहेकी छु,’ उनले फेसबुकमा लेखेकी छन्, ‘मैले कार्य

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 670 पटक पढिएको
  • जडिबुटीको सडक छेउमा रोकी राखेको बसमा स्कुटर ठोक्किदा दुई जनाको मृत्यु

    काठमाडौं— काठमाडौंको जडिबुटीमा शुक्रबार बिहानै स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक घर भएका २३ वर्षका नितेश नेपाल रहेका छन् ।   बिहान करिब ३ बजेतिर जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर उनीहरुको मत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुलाई राष्ट्रिय ट्रमा सेन्टर पर्याइएको थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 506 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.