समाज

    Showing 7,761-7,770 of 10,188 items.
  • कैलालीमा बलात्कार आरोपमा ५० वर्षीय व्यक्ति पक्राउ

    कैलाली— कैलालीमा बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–४, मौरनियाका ५० वर्षीय रामकृष्ण चौधरी छन् ।१३ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।उनले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 527 पटक पढिएको
  • २ केजी सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं— काठमाडौंको ठमेलस्थित एक होटलबाट प्रहरीले २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थानलाई नियन्त्रणमा लिएको हो। उनीहरू चीनको सियाचिन सहरका बासिन्दा भएको खुलेको छ।एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेकाहरूको साथबाट अवैध रूपमा ल्याइएको २ किलो सुन र नगद २४ लाख रुपैयाँ बरामद गरिएको हो। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि दुवै चिनियाँ नागरिक प्रेमी–प्रेमिका भएको जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 559 पटक पढिएको
  • देशभर डेंगी सङ्क्रमितको सङ्ख्या २ हजार नाघ्यो, एक सातामै १६१ नयाँ सङ्क्रमण

    काठमाडौं— देशभर डेंगी सङ्क्रमण तीव्ररूपमा फैलिन थालेको छ । पछिल्लो एक सातामा मात्रै १६१ जनामा डेंगी पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ८१ पुगेको छ ।स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्लो साता मात्रै ६ वटा प्रदेशमा डेंगीका नयाँ केसहरू देखिएका छन् ।प्रदेशगत रूपमा सबैभन्दा धेरै बागमती प्रदेशमा ९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । त्यस्तै कोशी प्रदेशमा ५, लुम्बिनीमा ३, मधेश र कर्णाली प्रदेशमा समान रूपमा १–१ जनामा डेंगी संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै २४ जना नयाँ सङ्क्रमित थपिएको ईडीसीडीले जनाएको छ ।स्वास्थ्य मन्त्र

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 767 पटक पढिएको
  • संखुवासभा र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु

    विराटनगर— संखुवासभा र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। निर्माणस्थलमा काम गर्ने क्रममा करेन्ट लाग्दा उनीहरूको ज्यान गएको हो।संखुवासभाको चिचिला गाउँपालिका–३ स्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनामा काम गर्दै गरेका कैलाली घोडाघोडी नगरपालिका–४ का ४० वर्षीय करण धर पौडेल सुरुङभित्र कार्यरत रहँदा अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभा, खाँदबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै, मोरङको केराबारी गाउँपालिका–८ स्थित महादेव क्रसरमा वेल्डिङको काम गर्दै गरेका गोरखा जिल्ला स्थायी घर भएका ३५ वर्षीय मंगल चेपाङ पनि करेन्ट लागेर घाइ

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 502 पटक पढिएको
  • प्रतिबन्धित लागू औषधसहित ६ जना पक्राउ

    विराटनगर— प्रदेश १ का विभिन्न जिल्लाबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापा, सुनसरी र धनकुटामा गरिएको छुट्टाछुट्टै अपरेशनमा उनीहरू पक्राउ परेका हुन्।झापाको गौरादह नगरपालिका–१ मा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय लुखीराम बास्की र १८ वर्षीय करण यादवलाई १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।त्यस्तै, सुनसरीको धरान–१३ मा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले ईटहरी–७ का २४ वर्षीय सुरेश खत्वे र ईटहरी–८ का २० वर्षीय तुलसी पासवानलाई ९ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।सुनसरीकै इटहरी–२ का २३ वर्षीय आकाश भण्डारीलाई सामुदायिक प्रहरी ब

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 484 पटक पढिएको
  • असार महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित

    विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले असार महिनाका लागि उत्कृष्ट कार्य सम्पादन गर्ने दुई प्रहरी अधिकृतलाई “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको छ।जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सीमा), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई विभागीय मूल्य, मान्यता, आदेश तथा निर्देशनको प्रभावकारी पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेकोमा सम्मानित गरिएको हो।प्रहरी निरीक्षक चौहानले भद्रपुर नगरपालिका–५ स्थित चेकजाँचका क्रममा ४७.६९ ग्राम ब्राउन सुगरसहित एक जना व्यक्तिलाई र एउटा कार नियन्त्रणमा लिएका थिए। त्

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 536 पटक पढिएको
  • कम्पनी रजिष्ट्रारको कार्यालयका ३१ कर्मचारीको एकैपटक सरुवा

    काठमाडौं— कम्पनी दर्ता तथा अद्यावधिक सेवाका लागि आउने नागरिकलाई दीर्घकालीन हैरानी र बिचौलियामार्फत मात्र काम हुने गुनासो व्यापक रूपमा उठेपछि सरकारले कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी गरी विभिन्न तहका कर्मचारीहरूलाई अन्यत्र सरुवा गरेको हो। मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सो निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको असार २७ गतेको निर्णयअनुसार गठित सहसचिवस्तरीय छानबिन समितिको सिफारिसमा आधारित छ।एक वर्षभन्दा लामो समयदेखि सेवा

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 480 पटक पढिएको
  • अपांगता भत्ता पाउनबाट वञ्चित भएपछि गाउँपालिकाले घरमै गएर दियो नागरिकताको प्रमाणपत्र

    तनहुँ— जन्मजात शारीरिक अपांगता भएकी २० वर्षीया नवीना खनालले नागरिकता प्राप्त गर्दाको क्षण उनका अभिभावमा खुसीको सीमा थिएन ।मातृबात्सल्य नपाइएकी नवीनालाई ७७ वर्षीया हजुरबुबा बासुदेव खनालले पालनपोषण गर्दै आएका छन् । म्याग्दे गाउँपालिका– १ गुणादीकी नवीनाको जन्म २०६२ साल माघ ११ गते भएको थियो । २०६८ सालमा उनले आमा गुमाएकी थिइन् ।बुबा पहिचान नभएकी नवीनालाई गाउँपालिकाले यसअघि नै अपांगता भएको रातो कार्ड उपलब्ध गराइसकेको थियो । तर उनको नागरिकताको प्रमाणपत्र नहुँदा अपांगता भत्ता भने पाउनबाट वञ्चित भएकी थिइन् ।प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सोमबार घरमै पुगेर शारीरिक अपांगता भएकी नवीनालाई नागरिकत

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 505 पटक पढिएको
  • वाइसीएलले सुरु गर्यो मनोहराको सुकुम्बासी बस्तीमा तटबन्ध निर्माण

    काठमाडौं – नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालले मनोहराको बाढी प्रभावित सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले अस्थायी तटबन्ध बनाउन सुरु गरेको छ । वाइसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा मंगलबार बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भएको हो । यस्तै, वाइसीएल नेपाललको अध्यक्ष पुष्प ओलीले यो बस्तीमा वर्षेनी बाढी छिर्ने हुनाले, स्रोत र साधनले सकेजति तटबन्ध बनाएर अस्थायी रुपमा जोगाउने प्रयास गरेको भन्दै सरकारसँग पहल गरेर स्थायी रुपमा पनि बचाउने बताए ।उनले भने, ‘श्रम तथा उत्पादनमा वाइसीएल भन्ने अ

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 350 पटक पढिएको
  • १८ सयले बढ्यो सुनको मूल्य, चाँदी अहिलेसम्मकै उच्च

    काठमाडौं— नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज एकैदिन प्रतितोला १८ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आज एकतोला सुनको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ कायम भएको छ । सोमबार सुन ४०० रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।मंगलबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी एकैदिन ३५ रूपैयाँले बढेर आज २३ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 556 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.