समाज

    Showing 7,721-7,730 of 10,188 items.
  • बेपत्ता बालक पोखरीमा मृत भेटिए

    जनकपुरधाम— धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा भेटिएका छन् । धनुषाको सबैला नगरपालिका–१० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर मृत भेटिएका हुन्।बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा डुबेर तैरिहेको अवस्थामा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।बालक सचिन बुधबार बिहानै ११ बजे घरबाट खेल्दै निस्केका डीएसपी सिंहको भनाइ छ । खोजतलास गर्ने क्रममा बिहीबार बिहान उनको शव पोखरीमा फेला परेको हो । गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।घटनबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी क

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 545 पटक पढिएको
  • सप्तरीमा दुई शव शंकास्पद अवस्थामा फेला परे

    सप्तरी— सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा दुई पुरुषको शव शंकास्पद अवस्थामा फेला परेका छन्। राजगढ–३ र राजगढ–५ मा दुई फरक स्थानमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलको धानखेतमा करिब ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको र घटनाको प्रकृति शंकास्पद देखिएको प्रहरीले जनाएको छ।त्यस्तै, राजगढ गाउँपालिका–३ मा २१ वर्षीय युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मृतक सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका जितेन्द्र यादव रहेको पुष्टि भएको छ। यादवको शव उनको ससुराली घरमै झुन्डिएको अवस्थामा फेला परेक

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 604 पटक पढिएको
  • लालझाडी गाउँपालिकाको वडा कार्यालयमा चोरी

    कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित वडा कार्यालयमा बुधवार राति चोरी भएको छ। अज्ञात समूहले कार्यालयको ढोका तोडेर विभिन्न महत्वपूर्ण सामग्री चोरी गरेको वडा अध्यक्ष पहलबहादुर थापाले जानकारी दिए।उनका अनुसार चोरहरूले कार्यालयको पछाडिपट्टिको ढोका र वडा सचिवको कार्यकक्षको ताला फोडेर प्रवेश गरेका थिए। चोरी भएका सामानहरूमा एक थान कम्प्युटर, सीपीयू, ल्यापटप र भित्ते पंखा रहेका छन्।वडा कार्यालय हाल एक भाडाको घरमा सञ्चालनमा रहेको थियो। केही महिनामै नयाँ भवनमा सर्ने तयारी भइरहेकाले कार्यालयमा सीसीटीभी जडान गरिएको थिएन। नजिकैको स्वास्थ्य चौकीमा जडित क्यामेरामा पनि चोरहरू देखिएको छैनन्।चोरीपछि व

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 673 पटक पढिएको
  • ‘नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत  प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताए । उनले आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको बताउँदै गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको बताए । उनले लेखेका छन्,‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 611 पटक पढिएको
  • बीमा प्राधिकरणकी सञ्चालक पोखरेलले दिइन् राजीनामा, आखिर किन दिइन त राजीनामा ? कारण यस्तो

    काठमाडौं— नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले आफ्नो पदबाट राजीनामा दिएकी छन्। सोमबार उनले व्यक्तिगत कारण देखाउँदै औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्। पोखरेलले पद सम्हालेको झण्डै चार महिनामै राजीनामा दिएकी हुन्।प्राधिकरणका एक उच्च अधिकारीका अनुसार पोखरेलले आफ्नो राजीनामा पत्रमा 'व्यक्तिगत कारणले पदमा निरन्तरता दिन नसक्ने' उल्लेख गरेकी छन्। यद्यपि उनको राजीनामाको पछाडिको वास्तविक कारण भने खुलेको छैन।राधा पोखरेलको नियुक्ति भएदेखि नै विवादास्पद रहँदै आएको थियो। बीमा क्षेत्रसँग विशेष अनुभव नभएका व्यक्तिलाई सञ्चालक पदमा नियुक्त गरिएको भन्दै चौतर्फी आलोचना भएको थियो। केही आलोचकहरूले उक्त नि

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 2,105 पटक पढिएको
  • संविधानले नरोकेको व्यक्तिलाई एमालेले किन रोकेको? – टंक कार्कीको व्यंग्य

     काठमाडौं –  नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वराजदूत टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन संविधानले कुनै रोकावट नगर्ने बताएका छन्। संविधानले नरोक्ने विषयमा राजनीतिले पनि प्रतिबन्ध लगाउन नमिल्ने उनको तर्क छ।फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले लेखेका छन्, “पूर्वराष्ट्रपति भनेको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति होइन। त्यसैले संविधानले रोकेको छैन, राजनीतिले कसरी रोक्न मिल्छ?”कार्कीले अन्य व्यक्तिहरूको उदाहरण दिँदै भण्डारीलाई राजनीतिमा फर्किन नहुने भन्ने सोचप्रति व्यंग्य गरेक

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 1,805 पटक पढिएको
  • हिमाली गाउँपालिकामा जिप दुर्घटना : २ जनाको मृत्यु, १५ घाइते

    बाजुराको हिमाली गाउँपालिका–५ क्युडीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।वडाध्यक्ष प्रदीप बुढथापाका अनुसार जिपमा सवार २६ जनामध्ये दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन्।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र घाइतेहरूको उद्धार तथा उपचारको कार्य भइरहेको वडाध्यक्ष बुढथापाले जानकारी दिएका छन्।

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 300 पटक पढिएको
  • २ वर्षको ठेक्का लगेको पुल नौ महिनामै तयार,प्रधानमन्त्रीले दिए धन्यवाद

    काठमाडौं – कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल सुरु भएको नौ महिनामै सम्पन्न भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत आफूले विकासमा खोजेको यस्तै तीव्रता रहेको बताउँदै निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाइ धन्यवाद दिए । उनले लेखेका छन्,‘हामीले विकासमा खोजेको यस्तै तीव्रता हो । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद !’ नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा पुल निर्

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 323 पटक पढिएको
  • स्कुटर दुर्घटना हुँदा २५ वर्षीय युवतीको मृत्यु

    काठमाडौं— राजधानीको कमलादीमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भएर वनस्थली बस्ने २५ वर्षीय समीक्षा रिजालको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए।बिहीबार बिहान साढे २ बजेतिर प्रज्ञाभवन अगाडी सडकमा रिजालले चलाएको बागमती प्रदेश–०२–०३४ प ३४५८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हो ।स्कुटर विद्युतको पोलमा ठोक्किएपछि प्रहरीले रिजाललाई उपचारको लागी ट्रमा सेन्टरमा पठाएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 551 पटक पढिएको
  • आव २०८१/८२ मा कोशी प्रदेश प्रहरी लागूऔषध नियन्त्रणमा आक्रामकः १ हजार ९ सय ८५ जना पक्राउ

    विराटनगर— कोशी प्रदेश प्रहरीले लागूऔषधको ओसार–पसार र प्रयोग नियन्त्रणमा आक्रामक रणनीति अपनाउँदै यो आर्थिक वर्ष २०८१/८२ मा चरेश, अफिम, ब्राउनसुगर तथा विभिन्न मनोसामग्री औषधीसहित १ हजार ९ सय ८५ जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार समातिएका मध्ये १ हजार ८ सय ८८ जना पुरुष र ९७ जना महिला छन्। लागूऔषधका कारण समाजमा हत्या, लुटपाट, चोरी जस्ता अपराधको जोखिम उच्च हुने भएकाले यसलाई नियन्त्रण र निरुत्साहन गर्दै शान्ति सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यका साथ प्रहरी सक्रिय बनेको हो।कोशी प्रदेश प्रहरीद्वारा सार्वजनिक तथ्याङ्कअनुसार ब्राउन सुगरः ५ किलो ४८९ ग्राम, चरेशः ३ ग्राम ५८८ मिलिग्राम, अफिमः १५ ग्र

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 615 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.