समाज

    Showing 7,711-7,720 of 7,958 items.
  • गाउँले होटलका संचालक निरौला मृत फेला

    विर्तामोड / झापाको विर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौला चारआलीको जंगलमा मृत फेला परेका छन्।निरौला मोटरसाइकल सहित २ दिनअघि बेपत्ता भएका थिए। मे ९ प २२०९ नम्बरको साइन मोटरसाइकलसहित निरौला बेपत्ता भएपछि परिवारले सामाजिक सञ्जालमार्फत उनी हराएको सूचना सार्वजनिक गरेका थिए ।विर्तामोड–५ बस्ने निरौलाको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए।निरौलाको शव जंगलभित्र रहेको र हत्या भए र नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।डिएसपी थापाका अनुसार प्रहरीले थप अनुसान्धानका लागि प्

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 857 पटक पढिएको
  • कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती

    कञ्चनपुर / जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा दुई करोड रुपैयाँको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो ।“प्रतिबिघा प्रतिवर्ष ३५ हजार तिर्ने सम्झौता गरी १० वर्षका लागि जग्गा भाडामा लिएर ड्रागनखेती गरेका छौँ”, सञ्चार उद्यमी महताले भने, “विदेशबाट ड्रागनको बीउ ल्याएर खेती गरेका हौँ ।” छ बिघा जग्गामा ३० हजार बिरुवा रोपिएका छन् । ड्रागनका बिरुवा एक पोलमा चारवटाका दरले रोपिएको छ । बन्दाबन्दीका बेला के

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 92 पटक पढिएको
  • ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु

    मोरङ / बिराटनगर–१४ का २५ बर्षीय कामेश्वर कामतको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान साढे ८ बजे बिराटनगर १४ स्थितमा को २ त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सह चालक समेत रहेका कामतलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 100 पटक पढिएको
  • लागूऔषध सहित २ पक्राउ

    मोरङ / मोरङ र सुनसरीबाट शनिबार दिउसो लागूऔषध सहित २ जना पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १० दक्षिणगेटबाट बेलबारी –३ का ३३ बर्षीय बिक्रम गुरुङलाई नियन्त्रित औषधी एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल सहित पक्राउ गरेको हो । त्यसैगरी ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान –१५ ज्ञानचर्चमार्ग स्थितबाट खोटाङ दिप्रुङ –४ घर भई हाल धरान १५ मा डेरा गरी बस्ने २१ बर्षीय मिलन राईलाई ब्राउन सुगर ९०० मिलिग्राम सहित पक्राउ गरेको जनाइएको छ ।पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रदेश एक प्रहरी कार्यलय बिराटनगरले बताएक

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 86 पटक पढिएको
  • बाँकेको नरैनापुरमा आगोलागीबाट १२० घर जले

    काठमाडौँ /  बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा चार जना घाइते भएका छन् ।नरैनापुर गाउँपालिका वडा नं. –४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो । आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।आगलागीबाट अन्नबाली, काठ, लत्ताकपडा र नगद जलेर नष्ट भएका छन् । आगो निभाउन पाँचवटा दमकल प्रयोग गरिएको थियो ।स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभर फैलिएको थियो ।यसैगरी जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 95 पटक पढिएको
  • सेती नदीमा डुबेर युवकको मृत्यु

    डोटी / डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ । सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धाँमीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 87 पटक पढिएको
  • बसाइँसराइ रोक्न गाउँपालिकाको नयाँ रणनीति

    तनहुँ  / बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि बन्दीपुर गाउँपालिकाले नयाँ रणनीति अपनाएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ हुँदा रित्तिदै जान थालेपछि यसलाई रोक्न नयाँ योजना ल्याइएको हो । गाउँमा रहेको सम्भावनालाई बुझ्न नसकी शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्राथामिकता, घरबास सञ्चालन र सीपमूलक तालीमको व्यवस्था गर्दै आएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाअन्तर्गत रहेका छ वडामा १० वटा घरबास सञ्चालन हुँदै आएका छन् । वडा नं २ चण्डिनी पिपलथोकस्थित बन्दीपुर सामुदायिक होमस्टे २२ जना महिला मिलेर सञ्चालन गर्दै आएको सचिव माया सुनारले बताइन् ।&nbs

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 106 पटक पढिएको
  • वडाको सक्रियतामा वाग्मती सफाइ

    काठमाडैँ / हप्ताको दुई घण्टा ‘राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ शुरु भएको वाग्मती सफाइ महाअभियानमा वडा र टोल सुधार समितिको सक्रियता बढ्न थालेको छ । वाग्मती सफाइ महाअभियानको ४१२ औँ हप्तामा आज काठमाडौँ महानगरपालिका–११ स्थित रुद्रमती दोभानमा सफाइ गरिएको छ । वडा कार्यालयसमेतको सक्रियतामा विगत तीन हप्तादेखि वाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ भइरहेको छ । सफाइमा वडाका जनप्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र स्थानीयवासीकोसमेत सहभागिता थियो । यसअघि नै वडाध्यक्ष हीरालाल तण्डुकार र वाग्मती सफाइ महाअभियानबीच वडा नं ११ को नदी किनारको सफाइ नेतृत्व वडा कार्यालयले नै गर्ने

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 104 पटक पढिएको
  • हात्तीको आक्रमणबाट एकको मृत्यु

    टीकापुर / कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । पछिल्लो समय वन जङ्गलभित्र र आसपासका क्षेत्रमा जङ्गली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जङ्गल विनास हुँदा वन्यज

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 105 पटक पढिएको
  • लागूऔषध सहित २ जना पक्राउ

    बिर्तामोड / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट शुक्रबार दिउसो लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक नगरपालिका ४ का २३ बर्षीय सुमन धिमाल र सुनसरी ईटहरी २ का २५ बर्षीय अमृत मग्राती रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ०५ झिम्की चौक स्थितबाट धिमाललाई फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल सहित पक्राउ गरेको हो । त्यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितबाट मग्रातीलाई एभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, डाइजाल्याप ३ एम्

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 131 पटक पढिएको

गुप्तचर खबर — नेपालको विश्वसनीय अनलाइन समाचार पोर्टल। ताजा खबर, विश्लेषण र अपडेटका लागि हामीसँग जोडिनुहोस्।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.