समाज

    Showing 7,551-7,560 of 11,162 items.
  • माओवादीको पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं— नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बैठक आह्वान भएको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले जानकारी दिए । 

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 632 पटक पढिएको
  • भालुको आक्रमणबाट दुई जना घाइते

    मुग— जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिमा गाउँपालिका –५ बाझगाडको भित्र बन भन्ने ठाउँमा गाईबस्तु चराउने क्रममा भालुको आक्रमण बाट दुई जना घाइते भएका हुन् ।भालुको आक्रमणमा परि हिमा –५ का ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका छन् भने उक्त गाउँकै ३५ वर्षीया गणेश रोकाया सामान्य घाइते भएको स्थानिय बासी दलबिर रोकायाले बताए । उनका अनुसार, अहिले रोकायालाई प्राथमिक उपचार पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको बताए ।अहिले गणेश रोकायाको भने स्थानीय स्तरमै उपचार भइरहेको रोकायाको भनाइ छ । स्थानीयवासीका अनुसार बुधबार बिहान गाईबस्तु चराउँदै गर्दा

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 652 पटक पढिएको
  • आज विश्व शान्ति दिवस, विभिन्न कार्यक्रमको आयोजनागरी विश्वभरी मनाईँदै

    काठमाडौं— आज विश्व शान्ति दिवस,विभिन्न कार्यक्रमको आयोजनागरी विश्वभरी मनाईँदै छ । सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो।१५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । विश्व शान्ति दिवस २०२५ को नारा Actions for Peace: Our Ambition for the #Global Goals  रहेको छ । शान्ति केवल युद्धको अभाव मात्र नभएको देखाउँछ। यसले हाम्रा व्यक्तिगत र सामूहिक प्रयासहरू, चाहे साना हुन् वा ठूला, संयुक्त राष्ट्रको सस्टेनेबल डेभलपमेन्ट गोल्स (क्म्न्क) हासिल गर्न सहयोग

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 635 पटक पढिएको
  • आज सोह्र श्राद्ध समापन हुँदै

    काठमाडौं— आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न हिन्दु परम्परा अनुसार छोरा तथा नातिले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्ने चलन छ । पितृ पक्षको अन्तिम दिन भएकाले वर्षभरि कुनै कारणले श्राद्ध गर्न असम्भव भएको खण्डमा अमावस्या औँसीका दिन श्राद्ध गरिन्छ ।पितृहरूको उद्धारका लागि घर–घर र तीर्थस्थलहरूमा श्राद्ध गरी पितृहरूको सम्झना गर्ने धार्मिक प्रचलन छ । सर्व पितृ मोक्ष औँसीमा

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 550 पटक पढिएको
  • रौतहटबाट लागूऔषध गाँजा सहित ३ सय ३४ केजी बरामद

    रौतहट— रौतहट  इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ । नेपाल भारत सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहितको पिकअपलाई शनिवार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।ईशनाथ नगरपालिका–८ मनसरी हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी राजु कार्कीले जानकारी दिए । उनका अनुसार प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडीलाई रोक्न खोज्दा सडकमै रोकेर चालक फरार भएका हुन । उक्त पिकअपलाई प्रहरीले चेकजाँच गर्दा माथिबा

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 648 पटक पढिएको
  • आज सूर्यग्रहण लाग्दै, , नेपालबाट हेर्न नपाईने

    काठमाडौं –  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज सूर्यग्रहण लाग्दैछ । तर समितिका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट भने देखिने छैन।  समितिले सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको कुनै सुतक भने लाग्ने छैन् । आज लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने छ।चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक चन्द्रमालाई देख्न सक्छन्। तर, सूर्यग्रहणमा भने पृथ्वीका केही मानिसले मात्र ग्रहणको अनुभव गर्छन्। वैज्ञानिकहरूका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसला

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 410 पटक पढिएको
  • अझै खुलेन नारायणगढ–मुग्लिन सडक खण्ड, यात्रुहरू अलपत्र

    चितवन –  नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन् । आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ । तर अहिलेसम्मपनि पहिरो हटाएर सडक खुलाउन सकिएको छैन् । माथिबाट पुनः पहिरो खसिरहेको कारणले गर्दा पनि पहिरो पन्छाउन थप चुनौती भएको हो । शुक्रबार बेलुका साढे छ बजेदेखि पहिरोको कारण सडक खण्ड बन्द भएको थियो । बाटो बन्द हुँर्दा यात्रुहरू गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् । यस सडक खण्ड भएर गुड्ने सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 771 पटक पढिएको
  • दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ ।समितिका सभापति प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । समितिले टीका साइतका विषयमा विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै यो साइत सार्वजनिक गरेको हो । शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।नेपालमा टीका लगाउने उत्तम साइतःकाठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते  बिहान ११ः५३ ब

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 358 पटक पढिएको
  • भौगोलिक अखण्डताको अडानकै कारण ओली नेतृत्वको सरकार ढालियो : मुख्यमन्त्री कँडेल

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण सरकार ढालिएको बताएका छन् ।उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे ।शनिबार राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियुसँग सुर्खेतमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले ‘चुच्चे नक्सामा देखिएको भूमि नेपालको हो भन्ने सत्य दावी गर्दा जेनजी पुस्ताको नाम प्रयोग गरी आन्दोलन गराइयो र त्यसकै परिणामस्वरूप सरकार ढालियो,’ भने ।उनले राष्ट्रहितको पक्षमा उभ

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 243 पटक पढिएको
  • धरानले ल्यायो दुई अर्ब २० करोडको बजेट

    विराटनगर । चालु आर्थिक वर्षमा बजेटविहिन अबस्थामा रहेको सुनसरीको धरान उप–महानगरपालिकाले दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।शनिबार बसेको १७औं नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका हुन् ।उपमहानगरले आगामी वर्षका लागि आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँडमार्फत ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 224 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.