समाज

    Showing 721-730 of 11,160 items.
  • संखुवासभामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    काठमाडौं— संखुवासभामा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–७ घर भई मादी नगरपालिका–४, डाँडागाउँमा बस्दै आएका ५६ वर्षीय अमरबहादुर सार्की छन् ।आफ्नी श्रीमती ४३ वर्षीया फूलमाया मुदेलको हत्या गरेको उनीमाथि आरोप छ । घरायसी विवादका क्रममा उनले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।घटनामा प्रयोग गरिएको खुकुरीसहित उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान कानुनी प्रक्रिया अघि बढाएको छ ।

    • प्रकाशित मितिः साउन २, २०८३
    • 683 पटक पढिएको
  • वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित

    काठमाडौं—  लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक हिलाम्मे भएका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।नेपाल प्रहरीले केही सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरेको छ भने केही स्थानमा रातिको समयमा मात्रै सवारी सञ्चालनमा रोक लगाइएको छ ।काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सञ्चालन हुने वि.पि. राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।प्रहरीका अनुसार बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका

    • प्रकाशित मितिः साउन २, २०८३
    • 679 पटक पढिएको
  • काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ सवारी साधन कारवाहीमा

    काठमाडौं— काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ५२१ सवारी साधनलाई कारवाही गरेको जनाएको छ ।कार्यालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको दैनिक ट्राफिक कारवाही विवरणअनुसार विभिन्न प्रकारका ट्राफिक नियम उल्लंघन गर्ने सवारी तथा चालकलाई कारवाही गरिएको हो । तथ्याङ्कअनुसार सबैभन्दा धेरै ‘अन्य’ शीर्षकअन्तर्गत ३२३ वटा सवारी साधन कारबाहीमा परेका छन् । त्यसपछि तीव्र गतिमा सवारी चलाउने ६६, हर्नको दुरुपयोग गर्ने ३२, मादक पदार्थ सेवन (मा.प.से.) गरेर सवारी चलाउने ३०, रातो बत्ती (रेड लाइट) उल्लंघन गर्ने २६ र सडक तथा फुटपाथमा पार्किङ गर्ने १९ सवारी साधनमा

    • प्रकाशित मितिः साउन २, २०८३
    • 488 पटक पढिएको
  • नेपाली उत्पादनका लागि ब्रिटेनमा भन्साररहित पहुँचको सम्भावनाबारे छलफल

    काठमाडौं— ब्रिटिश व्यापार तथा व्यवसाय विभाग, ब्रिटिश दूतावास काठमाडौं, बेलायत–नेपाल ‘नेपाल व्यवसायमा–वृद्धि सल्लाहकार’, र नेपाल ब्रिटेन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ‘बेलायतमा भन्साररहित पहुँचको सम्भावनाः बेलायती विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली निर्यातकर्ताहरूका लागि अवसरहरू’शीर्षकको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रमले सरकारी अधिकारीहरू, व्यापार विशेषज्ञहरू, निर्यातकर्ताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याई बेलायतको विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली व्यवसायहरूका लागि उपलब्ध अवसरहरूको खोजी गरेको थियो । छलफलहरू भन्साररहि

    • प्रकाशित मितिः साउन २, २०८३
    • 522 पटक पढिएको
  • डा.पाण्डेको निधनप्रति कांग्रेसद्वारा श्रद्धाञ्जली व्यक्त

    काठमाडौं—  नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा डा।देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शनिबार श्रद्धाञ्जली तथा समवेदना सन्देश जारी गर्दै नेता आङदेम्बेले डा।पाण्डेको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका हुन् । आङदेम्बेले नेपालमा लोकतन्त्रको सुदृढीकरण, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन, पारदर्शिता तथा उत्तरदायी शासन व्यवस्थाको पक्षमा डा।पाण्डेले पु¥याएको योगदान इतिहासमा सधैं सम्मानका साथ स्मरण गरिने उल्लेख गरेका छन् । उनले २०६२/०६३ सालको जनआन्दोलनका क्र

    • प्रकाशित मितिः साउन २, २०८३
    • 496 पटक पढिएको
  • डा. देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले लोकतन्त्रका सजग पहरेदार गुमायोः गगन थापा

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापाले वरिष्ठ नागरिक अगुवा तथा पूर्व अर्थमन्त्री डा। देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।सभापति थापाले डा. पाण्डेको निधनसँगै राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदार गुमाएको बताएका छन् । उनले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा डा. पाण्डेले जीवनभर निर्भीक रूपमा आवाज उठाएको स्मरण गरेका छन् ।सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक चरणहरूमा डा। पाण्डेले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध

    • प्रकाशित मितिः साउन २, २०८३
    • 494 पटक पढिएको
  • तेस्रो स्थानको खेल खेल्न चाहँदैनौँ, तर कांस्य पदक जित्नु हाम्रो दायित्व होः फ्रान्सेली प्रशिक्षक डेसचाम्प्स

    काठमाडौं— फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध हुने खेल खेल्न आफूहरूको इच्छा नभए पनि कांस्य पदक जित्नु राष्ट्रिय टोलीको दायित्व भएको बताएका छन् ।स्पेनसँग सेमिफाइनलमा २–० ले पराजित भएपछि लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको थियो । अब फ्रान्सले शनिबार अमेरिकाको मियामीमा इंग्ल्यान्डसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।खेलअघिको पत्रकार सम्मेलनमा डेसचाम्प्सले तेस्रो स्थानको खेल मैत्रीपूर्ण नभई आधिकारिक प्रतिस्पर्धा भएकाले टोलीले पूर्ण जिम्मेवारीका साथ खेल्नुपर्ने बताए । उनले इंग्ल्यान्ड र फ्र

    • प्रकाशित मितिः साउन २, २०८३
    • 667 पटक पढिएको
  • माथिल्लो तामाकोशीमा आज जलाशय फ्लसिङ, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं— ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले आज (शनिबार) बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जलाशयको आकस्मिक फ्लसिङ (सफा गर्ने कार्य) गर्ने भएको छ । फ्लसिङका क्रममा जलाशयको गेट पटक–पटक खोल्ने र बन्द गर्ने भएकाले तामाकोशी नदीको जलसतहमा निरन्तर उतारचढाव हुने केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार यसबाट तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रअन्तर्गत लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीसँगको दोभानसम्मको क्षेत्रमा प्रभाव पर्न सक्नेछ ।सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त अवधिभर नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने

    • प्रकाशित मितिः साउन २, २०८३
    • 406 पटक पढिएको
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ ।बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका—१४ बस्ने २७ वर्षीय सुरेन्द्र पटेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।उक्त मुद्दामा ३ दिन कैद र ४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका—१२ श्रीपुरबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सा पेश गरिएको छ ।

    • प्रकाशित मितिः साउन २, २०८३
    • 486 पटक पढिएको
  • नक्कली नोट छाप्ने एक भारतीयसहित ६ जना पक्राउ

    रुपन्देही— नक्कली नेपाली नोट उत्पादन तथा कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका नक्कली नोट, नोट छाप्ने उपकरण तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलमा छापा मार्ने क्रममा गिरोहका सदस्यहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नोट बरामद गरिएको छ, जसको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ बराबर रहेको छ।पक्राउ पर्नेमा बुटवल–११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ का किरणकृष्ण तिवारी ९कृष्ण०, कपि

    • प्रकाशित मितिः साउन १, २०८३
    • 515 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.