समाज

    Showing 6,861-6,870 of 11,162 items.
  • जेनजीको नाममा ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भयो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् । उनले आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको आरोप लगाएका छन्  ।बालकोट निवासमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको दाबी गरे । ‘देशभरि नै एमाले पार्टी कार्यालयहरू जलाइएका छन् । यसको तयारी पहिले देखिनै गरिएको थियो र खासगरी एमालेलाई टार्गेट गरिएको थियो,’ उनले भने ।ओलीले सरकारलाई घटनाका दोषीहरूलाई कारबाही गर्न नचाहेको आरोप लगाउँदै भने, ‘सबै प्रमाण हुँदा

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • 421 पटक पढिएको
  • निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुनुपर्ने धारणा राखेका छन् । उनले निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्ने बताएका छन् ।बुधबार विहान जनकपुर विमानस्थलमा सञ्चारकमीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले सरकारले हिजो संसदीय दलहरुसंग वार्ता गरेकोले सरकार विस्तारै निर्वाचनतीर गम्भिर हुँदै गएको आभास भएको बताए । तर अझैपनि निर्वाचनको वातावरण भने नबनेको महशुस भएको उनले बताए ।असाधारण परिस्थितीमा अन्तरिम सरकारले निर्वाचन हुनुपर्छ भनेदेखि नेकपा माओवादी पार्टीले सबैभन्दा पहिला केन्द्रिय समितिको बैठक बसेर निर्वाचनमा जाने निर्णय गरेको संयोजक प्रचण्डले जनाए ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • 412 पटक पढिएको
  • फुलासी जनप्रिय युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको उपाधि अखिल (क्रान्तिकारी) रामेछापलाई

    रामेछाप । मन्थली नगरपालिका–१३ फुलासीमा आयोजित श्री फुलासी जनप्रिय युवा क्लब (पीजेवाईसी) ले आयोजना गरेको तेस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि अखिल क्रान्तिकारीले जितेको छ ।  कात्तिक १ देखि आजसम्म सञ्चालन गरिएको प्रतियोगितामा सहभागी १२ टिमबिचको प्रतिस्पर्धाबाट अखिल (क्रान्तिकारी) रामेछाप प्रथम भएको हो । फाइनल खेलमा एबीसी मन्थलीलाई पराजित गर्दै अखिल (क्रान्तिकारी) रामेछाप विजेता बनेको हो। प्रतियोगितामा एबीसी मन्थली द्वितीय र आयोजक क्लब ‘पीजेवाईसी ए’ (फुलासी) तथा सृजना युवा क्लब (फर्पु)ले सान्त्वना स्थान हासिल गरेका छन्।विजेता टोलीलाई नगद ५० हजार रुपैयाँ, उपविजेतालाई ३० हजार रुप

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 343 पटक पढिएको
  • नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

    काठमाडौं । अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीको सन् २०२३ अक्टुबरमा हमासले गरेको आक्रमणका क्रममा मृत्यु भएकोमा नेपाली कांग्रेसले समावेदनासहित श्रद्धाञ्जली व्यक्त गरेको छ ।  मंगलबार विपिनको महाकाली नदीको भुजेलाघाटमा पार्थिव शरीरलाई राष्ट्रिय सम्मानसहित आज अत्येष्ठी गरिएको छ । यससँगै नोपली कांग्रेसले विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको हो । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विपिन जोशीको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै भने, ‘सन् २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाई हुने

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 416 पटक पढिएको
  • रामेछापमा मध्यपहाडी लोक मार्ग निर्माण सकिने बत्तिकै धसियो

    रामेछाप । पूर्वलाई राजधानीसँग जोड्ने छोटो मार्ग बिपी राजमार्गको वैकल्पिक मार्गको रूपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत कोथवे–लुभु–डहु डोजरडाँडा ११ किलोमिटर सडक खण्ड काम सकिने बित्तिकै धसिएको छ । गएको असारमा निर्माण सम्पन्न भएको सो सडक ठाउँ ठाउँमा भासिएको सुनापति गाउँपालिका–४ का राज मैनालीले जानकारी दिए । सो सडकको करिब ५ किलोमिटरभन्दा बढी हिस्सा पैरो र भासले क्षति ग्रस्त भइसकेको मैनालीले जनकारी दिए । गुणस्तरहीन निर्माण र  कमजोर प्राविधिक स्टिमेटका कारण सो सडक बनाउने बित्तिकै भत्किएको मैनालीले बताए । यसबाट जनताको करको दुरुपयोग भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गर

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 424 पटक पढिएको
  • सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको ६ दिनपछि भेटियो शव

    सर्लाही । सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव ६ दिनपछि भेटिएको छ । जिल्लाको धनकौल गाउँपालिका – ३ मनुसमारा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी ११ वर्षीया सोनी कुमारी साहको शव घटना भएको ६ दिनपछि फेला परेको हो ।गत असोज ३० गते बिहान हरकठवा निवासी सोनी मनुसमारा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् । जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक शावन सिंह क्षेत्री भाटको कमाण्डमा पाँच जनाको टोली र सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा अर्को पाँच जनाको टोली खोजीका लागि खटाइएको थियो ।लगातार खोजी गर्दा पनि बालिका फेला नपरेपछि असोज ३१ गते इलाका प्रहर

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 427 पटक पढिएको
  • महाकालीको भुजेलाघाटमा विपिन जोशीको अन्त्येष्टि

    कञ्चनपुर । इजरायल–हमास युद्धका क्रममा मृत्य भएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा उनले अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी हुदैँ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पु¥याइएको थियो । शव हस्तान्तरण गर्न उनको घर पुगेका नेपालस्थित इजरायली दूतावासका  अधिकारीहरुसहित आज बिहान शवयात्रा निकाली महाकालीको भुजेलाघाटमा अन्त्येष्टि गरिएको छ ।  ।अन्त्येष्टिमा विपिनका परिवार, इष्टमित्र,

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 334 पटक पढिएको
  • सर्लाहीमा नेपाली सेनासहितको संयुक्त गस्ती

    सर्लाही ।  सर्लाहीमा तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाली सेनासहितको संयुक्त गस्ती परिचालन गरिएको छ । प्रमुख दुई पर्वमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना सम्मिलित संयुक्त टोलीले निगरानी बढाएको हो।सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सदरमुकाम मलङ्गवा बजारसहित जिल्लाका विभिन्न स्थानमा संयुक्त गस्ती सुरु भइसकेको छ।उनका अनुसार संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा नियमित निगरानीका साथै पैदल र सवारी गस्ती दुवै सञ्चालन गरिनेछ । प्रहरी, सशस्त्र र सेनाका तीनै सुरक्षा निकायका प्रमुखहरूको ने

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 389 पटक पढिएको
  • विद्युत् महसुल नबुझाएको हेटौंडाको शिवम् सिमेन्ट उद्योगको लाइन काटियो

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेको कारण शिवम सिमेन्ट उद्योगको लाइन काटेको हो ।शिवम सिमेन्ट उद्योगले ७७ करोड ८८ लाख रुपैयाँ महसुल बुझाउन बाँकी रहेकाले लाइन काटिएको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख शिवराज यादवले बताए । आज बिहान शिवमको लाइन काटिएको जानकारी दिए ।प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 332 पटक पढिएको
  • लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति

    सर्लाही । दीपावलीको रौनक मनाइरहेको बेला सर्लाहीका छुट्टाछुट्टै तीन स्थानमा आगलागी भएको छ । लक्ष्मीपूजाको रात परेका आगलागीमा करिब दुई करोड पचास लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।लालबन्दी नगरपालिका – ५ मेजरगन्जमा राति साढे ११ बजेतिर कैलाश साहको किराना गोदाममा आगलागी भएको हो । जस्ताले छाएको इँटाको एकतले गोदाममा लागेको आगो नियन्त्रणका लागि नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको टोली खटिएको थियो ।नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 352 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.