समाज

    Showing 6,761-6,770 of 11,162 items.
  • सोलुखुम्बुमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना

     सोलुखुम्बु— सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्।हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। पाइलट भने सकुशल रहेको उनले बताए।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 539 पटक पढिएको
  • प्रहरीमाथि कुटपिट र तोडफोडमा संलग्न दुई जना पक्राउ

    काठमाडौं— गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण र कार्यालय तोडफोडमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीका अनुसार, पक्राउ पर्नेहरूमा सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ का २७ वर्षीय सौरभ तामाङ रहेका छन्। उनीहरू हाल क्रमशः काठमाडौंको सुकेधारा र मनोमैजुमा बसोबास गर्दै आएका थिए।प्रहरीका अनुसार, उनीहरूले भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापामाथि कुटपिट गरेका थिए। त्यस क्रममा आन्दोलनकारी समूहले प्रहर

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 604 पटक पढिएको
  • अभिनेता ऋषभ टण्डनको आज बिहान हृदयघातका कारण निधन

    काठमाडौं— अभिनेता, गायक र संगीतकार ऋषभ टण्डनको आज बिहान हृदयघातका कारण निधन भएको छ। उनको परिवारले यो खबरको पुष्टि गरेको छ र यस दुःखद घडीमा गोपनीयता (प्राइभेसी)को आग्रह गरेको छ।रिपोर्ट अनुसार, ऋषभ टण्डन आफ्नी पत्नी ओलेस्या (जो उज्बेकिस्तानकी हुन्) सँग मुम्बईमा बस्दै आएका थिए। दिपावलीको अवसरमा उनी आफ्नो परिवारसँग उत्सव मनाउन दिल्ली गएका थिए, जहाँ आज बिहान उनलाई हृदयघात भयो। उनको अन्त्येष्टि आजै दिल्लीमा सम्पन्न हुनेछ।ऋषभले गत अक्टोबर १० मा पत्नी ओलेस्यासँग आफ्नो जन्मदिन मनाएका थिए। ओलेस्याले त्यसको अवसरमा एउटा पोस्ट पनि शेयर गरेकी थिइन्। त्यसको भोलिपल्ट, अक्टोबर ११ मा, ऋषभले करवाचौथका तस्वीरहरू

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 641 पटक पढिएको
  • बालेन भन्छन्- आन्दोलन जेनजीको थियो, विध्वंस एमाले-कांग्रेसले मच्चायो

    काठमाडौं—  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत आलोचकप्रति टिप्पणी गरेका छन् ।‘जेनजी’को प्रदर्शनका क्रममा कांग्रेस, एमालेकै कार्यकर्ताबाट आगजनी गरिएको उनको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् ।उनले फेसबुकमा लेखेका छन्, “‘चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?”'मेयर बालेनको फेसबुक स्टाटस'तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्,यो देश विदेशीले बिगार्‍यो,भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ,अरूलाई एजेन्ट भन्छौ !!!आन्दोलनमा

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 624 पटक पढिएको
  • एनआईसी एशिया बैंकका ग्राहकका लागि स्काइवाक टावरमा २५ प्रतिशत छुट

    काठमाडौं— एनआईसी एशिया बैंकका ग्राहकले अब वन्डर नेपालद्वारा सञ्चालित कमलादीस्थित स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट पाउने भएका छन्।यस उद्देश्यका लागि बैंक र वन्डर नेपालबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको हो। सम्झौता अनुसार, ग्राहकहरूले स्काइवाक टावरमा विभिन्न सेवा उपयोग गर्दा डिजिटल भुक्तानी माध्यम प्रयोग गरेमा छुट प्राप्त गर्न सक्नेछन्।ग्राहकले यो सुविधा लिनका लागि बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन्, अथवा मोबैंक एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।बैंकका अनुसार, यो सहकार्यले ग्राहकलाई थप आकर्षक सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रयोग र नगद

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 631 पटक पढिएको
  • आउँदो पुसमा बाघ गणना गरिने, एकसिङ्गे गैँडा गणना चैतमा गर्ने तयारी

    चितवन— आउँदो पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर यसका लागि एक करोड ५० लाख रुपैयाँभन्दा धेरै खर्च हुने गर्छ । हरेक चार–चार वर्षमा बाघको गणना गरिँदै आएको छ ।विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो ।एकसिङ्गे गैँडा गणना चैत महिनामा गर्ने तयारी छ । बितेको आर्थिक वर्षमै गर्ने भनिएको गैँडा गणना अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने ज

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 713 पटक पढिएको
  • ६२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

    काठमाडौं— साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ ।मंगलबार ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४७ हजार ९४ पटकको कारोबारमार्फत ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँबराबरको किनबेच भएको छ । यसअघि आईतबार कुल २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर कारोबार भएको थियो ।त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९७ अंक, फ्लोट इन्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३४ अंकले बढेका छन् । आइतबार सामान्य अंक मात्र बढेको नेप्से यस दिन भने उच्च अंकले वृद्धि भएको हो । आज न्यादि हाइड्रो पवार, बुटवल पावर

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 586 पटक पढिएको
  • कुस्ती खेललाई संरक्षण र प्रवद्र्धन गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहित गर्नुपर्छः पूर्वमन्त्री यादव

    वीरगञ्ज— जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत खेलकुद, विशेषगरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रबर्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।उनले भने, ‘कुस्ती हाम्रो इतिहास, संस्कार र शारीरिक क्षमताको प्रतीक हो । यसले युवामा अनुशासन, साहस, आत्

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 546 पटक पढिएको
  • विप्लव नेतृत्वको ‘कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन

    काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आज दिउँसो आयोगमा पुगेर उनी नेतृत्वको पार्टिले दल दर्ताका लागि निवेदन दिएको हो ।प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव गरेका छन् । सोही क्रममा प्रकाण्डले निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया जसरी सुरु भयो यसले आगामी दिनमा देशको अगाडि भएका विद्यमान समस्या समाधान र परिवर्तनमा विशेष स्थान राख्ने बताए ।उनले भने, ‘आज हामीले जसरी निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया सुरु

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 740 पटक पढिएको
  • कांग्रेसले ओली सरकारमा गएर ठुलो गल्ती ग¥योः हितबहादुर तामाङ

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारमा गएर गल्ती गरेको बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संसद् पुनस्र्थापना कि निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि २३ गते कांग्रेसले समर्थन फिर्ता लिएको भए सबैभन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना हुनेमा केपी ओलीको ब्ल्याकमेलिङमा परेर शेरबहादुर देउवाले प्रधानमन्त्री हुने मौका गुमाएको बताए ।उनले भने,‘यदि प्रचण्ड नेतृत्वको सरकारलाई यथावत राख्ने हो भने आरजु देउवा पनि थुनिने डर भयो र अरु–अरु नेताहरु पनि थुनिने डर भयो । त्यसकारण

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 677 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.