कञ्चनपुर / कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा दलित समुदायमाथि परम्परागत पेशा अपनाएकै आधारमा छुवाछूत हुने गरेको छ । धर्म संस्कृति, पेशा र रीतिरिवाजका नाममा दलित समुदायले छुवाछूत खेप्दै आएका छन् । संविधानसभा सदस्य हरि श्रीपाइले देशमा लोकतान्त्रिक गणतन्त्र आइसक्दासमेत सार्वजनिक स्थानमै हुने छुवाछूत हट्न नसकेकोमा चिन्ता व्यक्त गर्छन् । “विद्यालय, धार्मिकस्थल, पानीको धारा, चिया पसलमा दलित समुदाय जातीय आधारमै अपमानित हँुदै आएको छ”, उनले भने, “दलित समुदायमाथि हुने थिचोमिचो र जातीय छुवाछूत राज्यको मुद्दा बन्नुपर्दछ । छुवाछूत मुक्त राष्ट्र घोषणाले मात्रै जातीय विभेद अन्त्य हुँदैन त्यसलाई बलिय
काठमाडौँ / आजबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागको नेतृत्वमा गैँडा गणना गर्न शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुभारम्भ गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गणना शुरु गरिएको हो ।सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागका महानिर्देशक दीपक खराल, वन विभागका महानिर्देशक मनबहादुर खड्का, वन मन्त्रालयका महाशाखा प्रमुख, विभिन्न दातृ निकायका प्रमुखको सहभाग
टीकापुर / कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ । आज बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिएका छन् ।
बिर्तामोड / ठुलो परिमाण्मा लागुऔषध सहित झापाको बिर्तामोडबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले आइतबार बिर्तामोड ३ को भद्रपुर सडक क्षेत्रबाट चार जनालाई ब्राउन सुगर र अन्य लागुऔषध सहित पक्राउ गरिएको जनाएको छ ।झापा प्रहरीले लागुऔषध विरुद्द चलाएको अप्रेशनका क्रममा लगातार केहि दिन यता लागुऔषध ओसारपसारमा संलग्नलाई पक्राउ गरिरहेको छ । लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा झापाको का बस्ने ३५ वर्षीय पञ्चानन्द राजवंशी, कचनकवल ६ कै ५० वर्षीय हेमनारायण राजवंशी, उर्लाबारी
कैलाली / कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिएका हुन्।प्रहरी निरीक्षक थापाका अनुसार २०५९÷११÷३० गते स्वारले चलाएको से१त ११४१ नंको ट्र्याक्टरबाट सोही ठाउँका धनिराम डगौराको च्यापिन गई मृत्यु भएको र निज चालक भागी फरार रहेका थिए । खोज तलास गर्ने क्रममा निज चालकलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्
बिर्तामोड / भद्रपुर नगरपालिकाको फोहोरमैला व्यावस्थापनको माग गरेको स्थानियले एक दशक भयो । तर फोहोरमैला व्यवस्थापनकार्य भने जिउँकातिउँ छ ।तत्कालिन समयमा फोहोरमैलाको उचित व्यवस्थापनको माग गर्दै आएका हाल भद्रपुरनगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठ र ल्यान्डफिलड साइडको जग्गा खरिद गर्ने समितिमा रहेकी चन्द्रकला श्रेष्ठ अहिले नगरपालिकाकी उपप्रमुख रहेकी छिन् ।गुप्तचर खबरले यो बिषयमा तयार पारेको हेरौँ विशेष रिर्पोट
कञ्चनपुर / कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका किसानलाई खेत जोत्न प्रयोग हुने पावर टिलर हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री आधुनिकिकरण परियोजनाअन्र्तगत सञ्चालित गहुँ ब्लकमा आवद्ध किसानलाई कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएको हो ।
दुल्लू / आठविस नगरपालिकाले कर्णाली नदीमा साना माछा मार्न रोक लगाए पनि साना माछा मारेर बिक्रीका लागि सुकुटी बनाइँदै । कर्णालीमा साना माछा मार्दा माछा नै लोप हुने अवस्था आएपछि विसं २०७६ चैत १ गतेदेखि कालिकोटसँग सिमाना जोडिएको दही खोलादेखि रामाघाटसम्म साना माछा मार्न नगरपालिकाले रोक लगाएको थियो । वेला वेलामा सम्बन्धी निकायको ध्यान नपुग्दा यहाँ साना माछा मार्ने कार्य जारी रहेको छ ।
बिर्तामोड / झापामा ब्राउनसुगर सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३ का २६ बर्षीय सुवास लिम्बु रहेका छन् । उनलाई शनिवार दिउँसो, ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
जनकपुरधाम / प्रदेश नं २ का उपसभामुख उपमा देवले समाजमा महिलालाई कमजोर बुझ्ने पुरानो मानसिकतामा क्रमिकरूपले परिवर्तन हुँदै गएको बताएका छन् । सखी बहिना मैथिलानी समूहद्वारा जनकपुरधाममा आयोजित संस्था दर्ता शुभकामना एवं होली उत्सवमा उपसभामुख देवले परिवारमा छोरीको जन्मसँगै वियोगको वातावरण र दुःखको संसार सम्झिने मनोविज्ञानको अन्त्यको प्रयास हरेक क्षेत्राट हुनु जरूरी रहेको जनाएका छन् । महिलालाई मान, सम्मानले अवसरमा सहभागितासँगै प्रतिभाले कमजोर नभएको प्रमाणित गरेको प्रसङ्ग पनि उनले उल्लेख गरे । प्रदेशसभा सदस्य रामअशीष यादवले सखी बहिना सुरभि भएको चर्चा गर्दै भाषा, संस्कार, सभ्यताको संरक्षणमा सं
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.