समाज

    Showing 6,561-6,570 of 10,156 items.
  • जेन-जी आन्दोलनपछि हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता, परिवार चिन्तित

    हुम्ला—  जेन-जी आन्दोलनमा सहभागिता जनाएपछि हुम्लाका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन्। उनी काठमाडौंको तीनचुलीमा बसोबास गर्दै आएका २४ वर्षीय तामाङ भदौ २४ गतेको प्रदर्शनमा सहभागी भइसकेपछि सम्पर्कविहीन भएका हुन्।स्थायी घर हुम्ला जिल्ला, नाम्खा गाउँपालिका–३, खगालगाउँका तामाङ तीनचुलीमा भतिजासँग डेरामा बस्दै आएका थिए। उनी भदौ २३ गते पनि आन्दोलनमा सहभागी भएका उनका बुबा टसी छिरिङले जानकारी दिए । भदौ २४ गते पुनः जेन-जी आन्दोलनमा सहभागी हुन निस्केका तामाङ त्यसपछि कोठा नफर्किएको परिवारको भनाइ छ।बुबा टसी छिरिङले भने, “छोरा बिहान काम सकेर दिउँसो दुई बजे घर आयो। त्यसपछि आन्दोलनमा जान्छु

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 460 पटक पढिएको
  • नेपालमा यात्रा गर्दा सतर्क रहन भारतद्वारा आफ्ना नागरिकलाई आग्रह

    काठमाडौं—  नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपाल भ्रमण गर्ने भारतीय नागरिकका लागि यात्रा परामर्श जारी गरेको छ । दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था निकै सुधार भए पनि यात्रुहरूले सतर्क रहन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशनहरू पालना गर्नुपर्ने आग्रह गरेको छ ।दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको अवस्था पछिल्लो हप्तामा निकै सुधार भएको छ । सडक यातायात र हवाई सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् ।” साथै, यात्रुहरूले सतर्कता अपनाउन र दूतावास वा स्थानीय प्राधिकरणले जारी गर्ने सल्लाहअनुसार चल्नुपर्ने उल्लेख गरिएको छ ।दूतावासले नेपाली भूमिमा रहेका भारतीय न

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 552 पटक पढिएको
  • बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल अलपत्र

    मुगु— कर्णाली प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोटस्थित रुपान्तरण कम्युनिटी अस्पताल थप बजेट नहुँदा अलपत्र परेको छ । अस्पतालको भवन बनेर चार वर्ष बितिसक्दा पनि उपचार सेवा सुरु हुन नसक्दा स्थानीयवासी निराश बनेका छन् ।स्थानीयका अनुसार सामान्य सिटामोलदेखि एक्सरे जस्तो सेवा लिन समेत जिल्लाबाहिर धाउनुपर्ने बाध्यता छ । आर्थिक वर्ष २०७९/८० सालको बजेटमा दुई वटा भवन, हल, कोठा, शौचालय, सोलार बत्ती र ल्याब उपकरण खरिद गरिए पनि हालसम्म डाक्टर, स्वास्थ्यकर्मी र थप औषधिको व्यवस्था नहुँदा सेवा दिनै नसकिएको अस्पताल व्यवस्थापक गंगराज शाहीले बताए ।

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 627 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकमा पहिरो हटाउने काम सुरु, कम्तीमा ४ घण्टामा आवागमन खुल्ने अनुमान

    काठमाडौं— नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै तुइनखोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ ।शनिबार बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको सड्क विभागका प्रवक्ता प्रभात कुमार झाले बताएका छन् ।उनका अनुसार निरन्तर काम जारी रहेमा कम्तीमा ४ घण्टाभित्र सडक सुचारु हुने अनुमान गरिएको छ । पहिरोका कारण गत रातिदेखि सयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । सुरक्षालाई ध्यानमा राख्दै यथाशीघ्र सडक सञ्चालन गर्ने तयारी भइरहेको उनले बताएका छन् ।

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 603 पटक पढिएको
  • संविधान दिवसको अवसरमा पत्रकार महासंघ बाजुराले गर्याे दिप प्रज्वलन

    बाजुरा— नेपाल पत्रकार महासंघ बाजुराले दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको छ । एक कार्यक्रमका बिच शुक्रबार महासंघ बाजुराले आफ्नै भवनमा नेपालको नक्सामा संविधान लेखेर दिप प्रज्वलन गरि दिवस मनाएको हो । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत निर्माण गरेको संविधानको स्मरणमा महासंघ  बाजुराले दिप प्रज्वलन गरेर दिवस मनाएको नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेले बताए ।उनका अनुसार, लोकतन्त्र, समानता र समावेशीताको आधारशीला संविधानको संरक्षण र रक्षाको निमित्त संविधान दिवस २०८२ को अवसरमा बाजुरा शाखाको आयोजनामा दीप प्रज्वलन गरिएको बताए ।देशको मुहार हेर्ने ऐना संविधान सम्पु

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 598 पटक पढिएको
  • असोज २६ सम्म पुरा हुनु पर्ने खानेपानी योजनाको जम्मा ५० प्रतिशत काम

    रामेछाप— रामेछाप जिल्लाकै गौरवको खानेपानी योजना मध्येको एक रामेछाप वृहत् पम्पिङ खानेपानी आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरबाहीले अलपत्र परेको छ । २०७८ असारबाट तीन वर्ष भित्र काम सक्ने गरी सम्झौता भएको सो खानेपानी योजनाको काम अहिले पनि ५० प्रतिशत मात्र पुरा भएको छ । सम्झौता अनुसार २०८१ सालको असार महिनामा नै सो खानेपानी योजना सम्पन्न हुनु पर्ने हो । तर समयमा काम नसकिएपछि आउने असोज २६ गतेसम्म काम सक्नुपर्ने गरी म्याद थपिएको भए पनि निर्माण कम्पनीले काममा चासो देखाएको छैन । मन्थली नगरपालिकाकोको वडा नं ५ सुनारपानी, वडा नं ४ सालु तथा रामेछाप नगरपालिका २ को देरालीसम्मका २ हजार ७ सय घ

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 578 पटक पढिएको
  • जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ, नगदसहित कौडा बरामद

    मोरङ— जुवा खेलिरहेका तीन जना मोरङको जहदा गाउँपालिका–४ स्थित रामचोकबाट प्रहरीले पक्राउ गरेको छ।बिहीबार राति इलाका प्रहरी कार्यालय रङ्गेली र पोखरिया प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले लोहन्द्रा खोला किनारको बाँसघारीमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ परेका व्यक्तिहरूमध्ये एक धनपालथान गाउँपालिका–३ निवासी २७ वर्षीय सुचित कुमार सिंह रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले ४८ हजार ६१५ रुपैयाँ नगद र १४ थान कौडा बरामद गरेको छ।प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 670 पटक पढिएको
  • जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं—  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ रहेको छन् । हिराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई विहीबार पक्राउ गरेको हो ।घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 503 पटक पढिएको
  • उदयपुरमा ट्याक्टर चोरी प्रकरणमा तीन जना पक्राउ

    उदयपुर— प्रहरीले ट्याक्टर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–१३ स्थित बहेडवाका देवनारायण चौधरीको घरबाट बिहीबार दिउँसो हराएको ट्याक्टर चोरीमा संलग्नलाई १४ घण्टाभित्रै पक्राउ गरिएको हो।चोरी भएको ट्याक्टर स १ त २८२३ नम्बरको हो, जुन चौधरीको घर अगाडि पार्किङमा राखिएको थियो। चोरीको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले खोजतलास गरेको थियो। शुक्रबार विहान ३ बजे त्रियुगा–१३ फुलजोरबाट चोरीमा संलग्न तीनै जनालाई ट्याक्टरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका–७ का २४ वर्षीय सुदिप चौधरी, चौदण्डीगढी–५ का २५ वर्षीय रोहितकुमार च

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 773 पटक पढिएको
  • मोरङमा ५३८ किलो गाँजा बरामद

    मोरङ— विराटनगर महानगरपालिका–८ मा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।प्रदेश १–०२–००१ च १६६६ नम्बरको कारलाई शंकास्पद ठानेर गएराति चेकजाँच गर्दा कारभित्र ५३८ किलो गाँजा फेला परेको मोरङ जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।मोरङ प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले उक्त कार नियन्त्रणमा लिएको थियो। बरामद गाँजासँगै कार चालक र सम्बन्धित अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताइएको छ।प्रहरीका अनुसार पक्राउ प्रक्रिया र अन्य अनुसन्धानहरू अहिले भइरहेको छ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 707 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.