समाज

    Showing 6,531-6,540 of 11,162 items.
  • आज कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— हाल नेपालको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसका कारण आज कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 620 पटक पढिएको
  • एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको विदाइ

    काठमाडौं— नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार २४ औँ एसियन आर्चरी च्याम्पियन्सिपमा सहभागी हुने नेपाली खेलाडी तथा विश्व आर्चरी कङग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई विदाइ गरेका छन् ।विश्व आर्चरी कङग्रेस र विश्व आर्चरी च्याम्पियन्सिप बंगलादेशको ढाकामा हुदैछ । आर्चरी कङग्रेस नोभेम्बर ६ देखि ८ तारिख र एसियन आर्चरी च्याम्पियन्सिप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ ।राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले विश्व आर्चरी कङग्रेसमा सहभागिता जनाउनेछ । यसैगरी तिलक पुन मगर र ज्ञानु अवालेले एसिया आर्चरी च्याम्पियन्सिपमा नेपालको प्रतिनिधित्व

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 326 पटक पढिएको
  • कांग्रेसमा ३० वर्षमुनिका युवाको प्रतिनिधित्व गराउन शिवाकोटीको माग

    काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् ।कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले जेनजी लक्षित कार्यक्रम तत्काल ल्याउन आग्रह गरेका हुन् ।उनले भने, ‘हामीले नजरअन्दाज गरेको पुस्ता हाम्रै छोराछोरी हुन्, तर उनीहरू किन हाम्रो सट्टा अरूको कुरा पत्याइरहेका छन् भन्ने आत्ममन्थन गर्न जरुरी छ ।’शिवाकोटीले जेनजी पुस्ताको असन्तुष्टि पार्टीले गम्भीरतापूर्वक नलिएको भन्दै सचेत गराए । उनले नयाँ पुस्ताको आवाज सुन्ने, प्रतिनिधित्व सुनिश्चित गर्ने र व्यवहारिक कार्यक्रम ल्याउने कांग्रेसको अहिलेको उच्च प्राथम

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 664 पटक पढिएको
  • झलनाथ खनाल भन्छन प्रचण्डको विश्वासका आधारमा पार्टी एकता घोषणामा सहभागी भएको हुँ

    काठमाडौं— नेता झलनाथ खनालले पुष्पकमल दाहाल (प्रचण्ड) को विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सभा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमतिमा ढिका आउनुको कारण प्रष्ट पार्दै विमति भए पनि प्रचण्डको विश्वासका आधारमा एकतामा बल पुर्याउन आफू आएको बताए । उनले भने, ‘ढिला आउनुको केही कारण छन् । मैले कमरेड प्रचण्डलाई भनिसकेको छु । हामी त्यो कुराहरू मिलाउछौं भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यही विश्वासका आधारमा केही  विमति भए पनि एकताको कुनै विकल्प छैन अहिले । त्यसकारण एकतामा बल पु¥याउनका लागि म यहाँ आएको हुँ, सिंगो नेपालको

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 611 पटक पढिएको
  • वीरगन्जको दशगज्जा क्षेत्रबाट नलकटुवा पेस्तोल सहित दुई युवक पक्राउ

    वीरगन्ज— वीरगन्जको दशगज्जा क्षेत्रबाट बुधबार एक थान नलकटुवा पेस्तोल सहित सशस्त्र प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।वीरगन्ज महानगरपालिका–१९ इनर्वामा पर्ने दशगज्जा क्षेत्रबाट हतियार सहित पक्राउ परेका युवामध्ये बाराको जितपुर–सिमरा उपमहानगरपालिका–७ का २८ वर्षीय संजय साह कलवार र वीरगन्ज महानगरपालिका–५ कुम्हाल टोलका २२ वर्षीय सुमित कुमार मण्डल रहेका छन् ।सशस्त्र प्रहरी नेपाल प्रस्तावित सुरक्षा गुल्म र भारतीय सिमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती टोलीले नेपाल–भारत सीमाको पिलर नं. ३९०–२२ नजिकै नेपालतर्फ नसालु पदार्थ सेवन गरिरहेका कलवार र मण्डललाई हतियारसहित पक्राउ गरेको सुरक्षा गुल्मका प्रम

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 559 पटक पढिएको
  • खाना पकाउने ग्याँस र डिजेलको आयात घट्यो

    वीरगन्ज— देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज प्रयोग गरी नेपालमा हुने इन्धन आयातमा भारी कमी आएको छ ।  गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट खाना पकाउने एलपी ग्याँस, डिजेल र मट्टितेलको आयात घटेको हो ।आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असोजसम्मको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा खाना पकाउने एलपी ग्याँस र डिजेलको आयात ९–९ प्रतिशतले घटेको छ भने मट्टितेलको आयात ३९ प्रतिशतले कमी आएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा वीरगन्ज नाकाबाट १७ अर्ब १९ करोड मूल्यको १ लाख ९२ हजार ६६३ किलो लिटर (केएल) डिजेल, १३

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 577 पटक पढिएको
  • स्वास्थ्यमन्त्री डा.शर्माद्वारा महाशाखा प्रमुख हेरफेर

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिइसिडी) व्यवस्थापन महाशाखाका प्रमुखको जिम्मेवार हेरफेर भएको छ ।  मन्त्रिस्तरीय निर्णयबाट परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकु

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 610 पटक पढिएको
  • विद्यालय अध्यक्षद्वारा प्रधानाध्यापकमाथि कुटपिट, आँखामा चोट

    सिन्धुपाल्चोक— इन्द्रावती गाउँपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यकक्षमै कुटपिट गरेका छन्।स्थानीयका अनुसार सामान्य विवादका क्रममा समितिका अध्यक्षले प्रधानाध्यापक भण्डारीलाई चड्काएर आँखामा चोट पुर्‍याएका हुन्। घटनापछि भण्डारी उपचाररत छिन्।विद्यालयभित्रै भएको उक्त कुटपिटप्रति शिक्षक र स्थानीय समुदायले कडा आपत्ति जनाएका छन्। उनीहरूले शिक्षकमाथि भएको शारीरिक आक्रमणलाई गम्भीर आपराधिक कार्य भन्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।“कार्यकक्षमै प्रधानाध्यापकलाई कुटपिट गर्नु अत्यन्त निन्दनीय र असह्य कृत्य

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 737 पटक पढिएको
  • नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य

    काठमाडौं— आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिम यूएइलाई २४० रनको लक्ष्य दिएको छ ।बुधबार दुबईमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३९ रन बनाएको हो ।यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए ।ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७ रन थप्दा आरिफ सेखको नाममा ३० रन रह्यो । १० औँ नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानेले अविजित १५ रन जोडे ।कुशल मल्ल र सन्

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 645 पटक पढिएको
  • २६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं— लगातार दुई दिनसम्म गिरावट कायम राखेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढ्दै २६०७.४२ बिन्दुमा पुगेको छ । नेप्से १२.१७ अंकले उक्लिएको छ भने सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः १.१४, ०.९० र ०.४५ अंकले वृद्धि भएका छन् ।सूचक बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन ४२ हजार ८७९ पटकको ट्रेडमार्फत ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ। नवप्रवेशी माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर दोस्रो दिन पनि सकारात्मक सर्किटमा रहेर ३४ रुपैयाँ ९० पैसा बढ्दै ३८४ रुपैयाँ ३० पैसामा पुगेको छ ।उन्नती सहका

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 666 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.